१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

'ग्रिन टी'का फाइदा–बेफाइदा

ग्रिन टीले क्यान्सरको जोखिमबाट बचाउँछ ः यसको क्रेडिट पोलिफिनोलसले ग्रिन टीको विषयमा भनेका छन्, नियमित ग्रिन टी प्रयोग गर्ने देशमा क्यान्सर कम भएको उल्लेख छ।

ग्रिन टीले तौल घटाउँछ ः ग्रिन टीमा पाइने  इपिग्यालेक्टाटेकिन ग्यालेट तŒवले शरीरमा हुने मेटामोलिजम छिटो बनाउँछ र यसले क्यालोरी घटाउन मद्दत गर्छ।

मधुमेहमा ग्रिन टी ः औषधि विज्ञानमा भएको अभ्यासले यो  प्रमाणित गरेको छ कि ग्रिन टीले शरीरमा भएको प्लास्मा ग्लुकोजको तह घटाई तौल वृद्धिको जोखिम घटाइदिन्छ। जुन मधुमेह भएकाहरूमा छिटो विकास हुन्छ।

ग्रिन टीले कोलस्ट्रोल घटाउँछ ः नियमित रूपमा ग्रिन टी पिउँदा मुटुजन्य रोग घटाउँछ नै। जुन शरीरमा हुने खराब कोलस्ट्रोलको कारणले हुन्छ।

ग्रिन टीले मस्तिष्कको गतिविधिमा पनि प्रभाव पार्छ ः ग्रिन टी नियमित सेवन गर्नाले मस्तिष्कको प्रक्रियामा अल्जाइमर र अल्जाइमरको रोकथाम गर्छ।  

ग्रिन टीलाई प्रतिरक्षा क्षमता विकास गर्छ ः ग्रिन टीमा हुने क्विर्सिटिन र एन्टिअक्सिडेन्ट तŒवले संक्रमणको सम्भावनालाई हटाउँछ।

ग्रिन टीले छाला सुन्दर राख्न सहयोग गर्छ ः नियति ग्रिन टी सेवन गरे छालामा फाइदा पुग्छ। घामले जलेको तथा सुन्निएको भागजस्ता दागलाई ग्रिन टीको प्रयोगले फाइदा पुग्छ। जस्तो कि ग्रिन टीको ब्याग दागमा राख्नाले कालो दाग हट्न सक्छ।

ग्रिन टीका बेफाइदा
ग्रिन टीले वाकवाकी लाग्न सक्छ। कोही पहिल्यै अनिन्द्राबाट पीडित भए ग्रिन टीको असर हुन सक्छ। यस्तो भए राति ग्रिन टी प्रयोग गर्नहुन्न र समयमै सुत्नुपर्छ।

ग्रिन टीले एन्जाइटीको समस्या हुन सक्छ ः ग्रिन टीले डर तथा चिन्ता बढाउन सक्छ। कसैले दैनिक चार कप ग्रिन टी पिउँछ र  र क्याफिनको संवेदनशीलता छ भने अनिन्द्रा, एन्जाइटी र पेटको अप्ठ्यारो अनुभव भएको हुनुपर्छ।
औषधि सेवन गरिरहेका मानिसलाई ग्रिन टीले असर गर्न सक्छ। औषधि सेवन गर्नुअघि चिकित्सकसँग सुझाव लिनुपर्छ।

 

प्रकाशित: १८ आश्विन २०७६ ०४:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App