९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्य

अन्तवार्तामा हेमिङ्ग्वे

अमेरिकी फ्लोरिडा राज्यको मायामी सहरबाट क्युवा ९० माइल टाढा पर्छ। क्युवा कुनै समय अमेरिकी कुलीन वर्गको ऐयासी गर्ने ठाउ“ थियो। तर, सन् १९५९ मा फिडेल क्यास्ट्रोको नेतृत्वमा भएको विद्रोहले सत्ता कब्जा गरेपछि क्युवा र अमेरिकाबीच सम्बन्ध चिसियो। अमेरिकी लगानीकर्ताहरूको नियन्त्रणमा रहेका सबै उत्पादनका साधनलाई क्युवा सरकारले राष्ट्रियकरण ग¥यो। त्यसपछि क्युवाप्रति अमेरिकी कुलीनहरूको छवि बदलियो। क्युवा अमेरिकाको नाकैमुनिको कट्टर अमेरिकी साम्राज्यविरोधी देश बन्यो। अमेरिकी र क्युवाबीचको तिक्ततापूर्ण राजनीतिक सम्बन्ध मिठो बनिसकेको छैन।

दुई देशका सरकारबीचको सम्बन्धमा आरोह–अवरोह आइरहँदा अमेरिकी साहित्यकार अर्नेस्ट हेमिङ्ग्वेले भने क्युवालाई सधैं माया गरिरहे। क्युवाको राजधानी हवानाबाट १० माइल पर सान फ्रान्सिस्को डी पाउला नामको एउटा गाउ“ छ। त्यहाँ उनले झण्डै दुई दशक बिताए। हेमिङ्ग्वे बसेको घरको नाम छ– फिन्का भिजिया। यसको अर्थ हो– खेतीबारी हेरचाह गर्ने घर।

हेमिङ्ग्वेलाई धेरै मानिस ‘ओल्ड म्यान एन्ड सी’ उपन्यासका लेखकका रूपमा चिन्छन्। उनको अर्को विख्यात उपन्यास हो– फर हुम द बेल टोल्स। स्पेनी गृहयुद्धमा पत्रकारका रूपमा सहभागी बनेका हेमिङ्ग्वेले आफ्नो भोगाइमा आधारित भएर लेखेको यो उपन्यास पनि त्यही घरमा लेखेका थिए। फिन्का भिजियाको दक्षिणपश्चिम कुनामा एउटा वर्गाकार टावर छ। त्यो टावर विशेषतः हेमिङग्वेले लेख्न÷बस्न बनाउन लगाएका थिए। तर, हेमिङ्ग्वे ‘पात्रले डो¥याए’ मात्र त्यहा“ बसेर लेख्थे। नत्र उनी सुत्ने कोठाको पूर्वतिर राखिएको टेबुलमा उभिएरै लेख्ने गर्थे।  

फिन्का भिजियामा लेखनमा तल्लीन रह“दा उनी सकेसम्म कोही पनि आफूलाई भेट्न नआऊन् भन्थे। त्यसकारण उनीस“ग अन्तर्वार्ताका लागि अनुरोध गरेका धेरै पत्रकारहरूलाई उनले भेट्न मानेनन्। उनले भनेका थिए, ‘टेलिफोन र पाहुनाले काम सत्यानाश गर्छ।’ हेमिङ्ग्वेले जो पनि पत्रकारलाई अन्तर्वार्ता दिए, उनले आफ्ना कुरा मन खोलेर पोखे।  

बेलायतको मेलभिल्ले प्रकाशन गृहले विख्यात लेखकहरूले जीवनमा दिएका अन्तिम अन्तर्वार्ताहरूको संकलन गरी पुस्तकहरूको शृंखला प्रकाशन गरेको छ। तीमध्ये एक जना लेखक हुन्–अर्नेस्ट हेमिङ्ग्वे। हेमिङ्ग्वेको निधन सन् १९६१ मा भयो। उनले जीवनकै सबभन्दा अन्तिम अन्तर्वार्ता सन् १९५८ मेमा दिए। ‘इक्वायर’ पत्रिकाका लागि रोबर्ट इमेट जिन्नाले अन्तर्वार्ता लिएका थिए। इक्वायरस“गको अन्तर्वार्ताका अतिरिक्त पुस्तकमा हेमिङ्ग्वेका अन्य तीन अन्तर्वार्ता समावेश छन्– सन् १९५४ को मेमा ‘द पेरिस रिभ्यु’ साहित्यिक पत्रिकाका लागि जर्ज प्लिम्पटनस“गको अन्तर्वार्ता,  त्यही सालको डिसेम्बरमा ‘द एटलान्टा’ मासिकका लागि रोबर्ट म्यानिङ र सन् १९५८ को अप्रिलमा ‘द स्टार विक्ली’ पत्रिकाका लागि ल्योड लकहर्टस“गको अन्तर्वार्ता।

पेरिस रिभ्युलाई दिएको अन्तर्वार्ता संवादको शैलीमा छ। बा“की अन्तर्वार्ता हेमिङ्ग्वेस“गको भेटघाटमा आधारित भएर लेखिएका लेखशैलीका छन्। चारै अन्तर्वार्ता दिँदा हेमिङ्ग्वे जीवनको निवृत्त समय बा“चिरहेका थिए। उमेरले मात्र होइन, दुई पटकको विमान दुर्घटनाका कारण पनि उनी शिथिल बनिसकेका थिए। कसैस“ग संवाद गर्नुभन्दा उनी एक्लै बस्न रमाउने भएका थिए। जीवनमा सधैं लेखक बन्ने चाहना भएका उनको कलम भने शिथिल बनेको थिएन। उनले भनेका छन्, ‘लेखन मेरो प्रमुख कमजोरी र ठूलो सन्तुष्टिको विषय हो। मृत्युले मात्र मलाई लेख्न रोक्न सक्नेछ। आर्थिक सुरक्षाले लेखनमा ठूलो सहायता गर्छ किनभने तपाईंले आर्थिक विपत्तिको चिन्ता गरिरहनु पर्दैन। चिन्ताले लेखनलाई क्षति पु¥याउने गर्छ।’

न्युयोर्क बस्ने उनका मिल्ने सबै साथीहरूको निधन भइसकेकाले त्यहा“ जाने उनको रहर मरिसकेको थियो। उनी ‘खाली खुट्टा हाफ पाइन्ट लगाएरै’ फिन्का भिजियामा बस्न रमाइरहेका थिए। उनले अन्तर्वार्तामा भनेका छन्, ‘तपाई जतिजति लेख्दै जानुहुन्छ, त्यत्ति नै एक्लिँदै जानुहुनेछ।’ चार वटै अन्तर्वार्तामा हेमिङ्ग्वेले लेखन शैली, लेखक स्वभावदेखि समकालीन लेखकका लेखनप्रति टिप्पणी गरेका छन्। उनले नवोदित लेखकहरूलाई लेखनसम्बन्धी केही टिप्स दिएका छन्। पत्रकारिताबाट लेखनमा उक्लिएका हेमिङ्ग्वे नवोदित लेखकका लागि पत्रिकामा लेख्नु राम्रो हुने, तर एउटा विन्दुमा असल लेखकले पत्रपत्रिकामा लेखिरहनु गम्भीर सिर्जनात्मक लेखनको अपव्यय हुने बताएका छन्।

सबै लेखकका लागि समाज नै पात्रहरूको स्रोत हो। तर, लेखक कुन पृष्ठभूमिमा हुर्कियो, उसको परिवारको इतिहासस“ग पनि लेखन प्रभावित हुने उनले अनुभव गरेका छन्। लेखक न्यायाधीश हो वा होइन ? लेखकले न्याय र अन्याय छुट्याउने हैसियत राख्छ वा राख्दैन ? लेखकले न्याय–अन्याय छुट्याउने हो भने न्यायाधीशको के काम भन्ने तर्क पनि होलान्। तर, हेमिङ्ग्वे न्याय र अन्यायबारे सु“घ्ने क्षमता नहुने लेखकले उपन्यास लेख्नुभन्दा कुनै विद्यालयको वार्षिक पुस्तिका सम्पादनमा समय दिनु उपयुक्त हुने विचार राख्छन्। अर्थात् लेखक न्याय–अन्यायको गहिरो चेतना बोकेको मानिस हुनुपर्छ।

अन्तर्वार्तामा हेमिङ्ग्वे विभिन्न प्रसंगमा दिएका केही रोचक अभिव्यक्ति पढौं–
रातमा आउने विचार सामान्यतः बेकामको हुन्छ। राति गरेको काम तपाईंले फेरि दिउ“सो दोहो¥याउनुपर्ने हुन्छ।

–    मेरो विचारमा मोटो शरीरले दिमागलाई पनि मोटो बनाउ“छ। मलाई आत्माको बारेमा त केही थाहा छैन। तर, मलाई लाग्छ– मोटो दिमागले आत्मालाई पनि मोटो बनाउ“छ।
–    लेखन र समालोचनाबीच कुनै शत्रुता हुनुहुन्न भन्ने मलाई लागिरहन्छ। बरु एक आपसमा सहयोगको भावना हुनु जरुरी छ।
–    ज्ञानको आविष्कार गर्नु भनेको सत्यको आविस्कार गर्नु हो।  
–    म क्युवा मन पराउ“छु किनभने म क्युवालाई प्रेम गर्छु। त्यसको अर्थमा म अन्य ठाउ“ मन पराउ“दिन भनेको होइन। क्युवामा म लेख्न एकान्त पाउ“छु।

अन्तर्वार्ता र भेटघाटमा आधारित लेखहरू पढ्दा जीवनको उत्तर्राद्र्ध हेमिङ्ग्वेले एक जना लेखकका रूपमा भरपूर आरामदायी समय–व्यतित गरेका बुझ्न सकिन्छ। उनी ती दिनमा दैनिक ४ सयदेखि ७ सय शब्दसम्म लेख्थे। उनकी जहान उनलाई एक हजार शब्दसम्म लेख्न उत्साहित गर्थिन्।

हेमिङग्वेको लेखनशैलीको पृष्ठभूमि बुझ्न यो सानो पुस्तक उपयोगी छ। नेपाली भाषामा उनको ‘ओल्ड म्यान एन्ड सी’ अनुवाद भएको छ। तर, उनका अरु कृति नेपालीमा अनुवाद भएको देखिँदैन। जीवनका अन्तिम दिन उनले अमेरिकाकै इडाहोमा बिताए। डिप्रेसनको समस्याले सताउन थालेपछि उनले आफ्नो प्रियभूमि क्युवा छोडेका थिए। आजभोलि हेमिङ्ग्वेको निवास फिन्का भिजियालाई क्युवाको सरकारले संग्रहालयका रूपमा संरक्षण गरेको छ।

प्रकाशित: १८ जेष्ठ २०७६ ०३:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App