coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

जिउने कला सिकाउँदै

डिजिटल कुलतमा फस्नेको संख्या बढ्दो छ। त्यसैले एउटै ओछ्यानमा भएका श्रीमान्श्रीमती पनि आआफ्नै धुनमा हुन्छन्। हरिहर पोखरेलको पुस्तक ‘विशद चिन्तन’ले प्रविधिको प्रभावले लट्ठिएको समाजलाई बिउँझाउने प्रयत्न गरेको छ। पुस्तकले वास्तविक मानिस हुन आध्यात्मिक चिन्तन आवश्यक छ भन्छ। यसमा आत्मचिन्तन, सदाचार, सकारात्मक सोच र शास्त्रीय निर्देशन समावेश छन्। पुस्तकले पाठकको सोच र विचारमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पु¥याउँछ। लेखकले भौतिक सुखभन्दा आत्मिक सुखलाई जोड दिएका छन्।

‘विशद चिन्तन’ले दिव्य शक्तिलाई जगाउन मद्दत पु-याउँछ। पुस्तकमा ‘आत्म कल्याणको मार्ग’देखि ‘विगतदेखि वर्तमानसम्म’ गरी जम्मा ४३ शीर्षकमा उपयोगी कुराहरू समावेश छन्। ‘आत्म कल्याणको मार्ग’मा  सहनशीलता, सन्तोष, त्याग, नम्रता र मधुरता उल्लेख छ। ‘सहनशीलता’ले जीवन मार्गमा आइपर्ने कष्ट, बिस्मात, आँधीतुफान, आलोचना आदिलाई पार गर्दै लक्ष्यसम्म पुग्न सफल हुन्छ भन्ने देखाएको छ। ‘सन्तोष’मा सांसारिक वस्तुको प्राप्तिका लागि हैरान भएर भांैतारिने व्यक्तिलाई दिव्य सुख प्राप्त हुँदैन। त्यसैले दिव्य सुख प्राप्तिका लागि त्याग आवश्यक छ। 

हरिहर पोखरेलले आत्मिक सुखलाई जोड दिएका छन्।

‘व्यक्तित्व विकासका आधारहरू’ योग, स्वाध्याय, समाज सेवा, सत्संग, सत्यवादिता, स्वस्थप्रद आहारविहार, सद्भाव, मधु वचन, इच्छा ज्ञान, कर्म शक्ति र विवेक व्यक्तित्व विकासका आधारहरू हुन्। ‘प्रकृतिमा विश्वास सुखी जीवनको आधार’ मा विश्वास सुखी जीवनको आधार हो भनिएको छ।    

‘जस्तो आहार उस्तै जीवन’ मा आहारअनुसार जीवन हुने कुरा देखाइएको छ। लेखकले स्वस्थ हुन तामसी र राजसी भोजनभन्दा सात्विक भोजन लिन सुझाएका छन्। सात्विक भोजनबाट मन प्रसन्न, विनयी, शान्त र सद्भावनायुक्त बन्न पुग्छ। आहार शुद्ध नभई मन शुद्ध हुँदैन। ‘मानिसका लागि शत्रु वा मित्र आफैं हो’ मा आफू भलो कि जगत भलो भन्ने उखान झल्काइएको छ। जीवन शैली सहज बनाउन सहयोग पु-याउने महत्वपूर्ण पुस्तक हो ‘विशद चिन्तन’। यसले अप्ठेरो परिस्थितिमा कसरी संयम भई अगाडि बढ्न सकिन्छ भन्ने कुरा देखाइएको छ। निर्मला पोखरेलले छापेको पुस्तकको मूल्य दुई सय रुपैयाँ छ।  
 

प्रकाशित: ४ जेष्ठ २०७६ ०३:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App