१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्य

डोल्मा !

यात्रामा ...
कहिलेकाहीँ
छायाँ भेटिन सक्छ
बाटोमा कोरिएको माया
कतै मेटिन सक्छ

तर, छायाँलाई टेक्दै अघि बढ्नु
पर्तिरपट्टि उज्यालो भेटिनेछ
म, त्यहीँ उज्यालोमा
बडरको रुखमुनि
फर्सीको फूलमा
दुई थोपा तेल बोकेर
तिमीलाई पर्खिरहन्छु
तिमी एकमुठी
छायाँ पनि लिएर आउनु
त्यसलाई तेलमा घोलेर
गाजल बनाउँला
र, मिलिमिली लगाउँला !

बाटोमा
छायाँले बार हाल्दैमा
यात्रा
कहाँ पो रोकिएको छ र ?
सँगसँगै मिलेर
रातो रुमालमा
पोको पारिएको माया
माटोमा
कहिले पो पोखिएको छ र ?

प्रकाशित: ८ मंसिर २०७५ ०५:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App