३२ असार २०८२ बुधबार
image/svg+xml
अन्य

देशभर मनसुनको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका केही ठाउँमा र बाँकी भागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र सुदूरपश्चिम प्रदेशका एक-दुई ठाउँमा भारीदेखि धेरै भारी वर्षा हुने महाशाखाले जनाएको छ। सबै प्रदेशका उच्चपहाडी र हिमाली भागका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ।

महाशाखाका अनुसार आज राति कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भागमा सामान्य बदली र बाँकी भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी केही ठाउँमा र बाँकी भागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई ठाउँमा भारी वर्षा हुनेछ। सबै प्रदेशका उच्चपहाडी र हिमाली भागका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ।

प्रकाशित: ११ असार २०८२ ०६:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App