उत्तरी भेनेजुएलामा महाभूकम्पमा परी मृत्यु हुनेको संख्या ५८९ पुगेको छ।
भेनेजुएलाकी डेल्सी रोड्रिगेजले भूकम्पमा ५८९ जनाको मृत्यु भएको जानकारी दिइन्। यस्तै, घाइतेको संख्या २,९८० पुगेको छ।
संयुक्त राज्य अमेरिकाको भूगर्भीय सर्वेक्षणका अनुसार ७.२ र ७.५ म्याग्निच्युडका दुई भूकम्पले उत्तरी भेनेजुएलाका भवनहरू भत्किएका, चर्किएका र ढलेका छन्।
शुक्रबारसम्म पनि शक्तिशाली परकम्पहरू महसुस भइरहेका छन्। भग्नावशेषमुनि अझै पनि धेरै मानिस फसेको आशङ्का गरिएकाले उद्धार कार्य तीव्र पारिएको छ।
घाइतेहरूको सङ्ख्या निरन्तर बढिरहेको र केहीको अवस्था गम्भीर रहेको बताइएको छ।
प्रकाशित: १२ असार २०८३ १९:०३ शुक्रबार




