४ माघ २०८२ आइतबार
image/svg+xml
अन्य

विज्ञापन बोर्डको अध्यक्षमा पुन: हुमागाईं

विज्ञापन बोर्डको कार्यकारी अध्यक्षमा पुन: लक्ष्मण हुमागाईं नियुक्त भएका छन्। यसअघि नै एक कार्यकाल बोर्ड सम्हालिसकेका हुमागाईंलाई सरकारले पुन: नियुक्त गरेको हो।

व्यावसायिक कार्ययोजना, प्रस्तुतिकरण तथा अन्तर्वार्तामा उच्च अङ्क प्राप्त गरेको आधारमा सिफारिस भएका तीन जनामध्ये हुमागाईं नियुक्त भएको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। 

आम सञ्चारमाध्यमसहित बाह्य रूपमा हुने, सामाजिक सञ्जालमार्फत हुनेलगायतका विज्ञापन अनुगमन तथा नियमनका लागि सरकारले २०७८ सालमा विज्ञापन बोर्डको गठन गरेको थियो। जसमा पहिलो अध्यक्ष नै हुमागाईं हुन्।

प्रकाशित: १३ जेष्ठ २०८२ १६:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App