नवलपरासीमा दुर्घटनामा परी एक भारतीय नागरिकको मृत्यु भएको छ।
नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका १ दुम्कीबासमा रहेको डिभिजन वन कार्यालय नजिकै बस र विद्युतीय माइक्रोबस आपसमा ठोक्किँदा ती भारतीय नागरिकको मृत्यु भएको हो।
मृत्यु हुनेमा भारतको पश्चिमबंगाल राज्यको मिधिनिपुरका ४० वर्षीय शंकर नाम गरेका यात्रु रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार काठमाडौंबाट दाङतर्फ जाँदै गरेको बस र बुटवलबाट काठमाडौं आउँदै गरेको माइक्रोबस ठोक्किएका हुन्। मृत्यु भएका यात्रु माइक्रोबसमा सावर थिए।
माइक्रोबसमा भारतीय नागरिक सवार थिए। उनीहरू सामान्य घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
बाँकी घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
प्रकाशित: १९ माघ २०८१ १८:४७ शनिबार