जल तथा मौसम विज्ञान विभागका अनुसार, हाल देशभर पश्चिमी वायुको प्रभाव रहेको छ। सोमवार बिहान, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ, जसले गर्दा यी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका धेरै भूभागमा हुस्सु र कुहिरो छ भने देशका अन्य भागहरूमा मौसम मुख्यतया सफा छ।
प्रकाशित: ७ माघ २०८१ ०८:४८ सोमबार