१७ पुस २०८१ बुधबार
image/svg+xml
अन्य

पशु घरबाट ३५ सय पोथी मुसा र १५० भाले मुसा चोरी, चोरले १२ बोरा दाना पनि लगे

भारतको हरियाणास्थित जीन्दमा मुसा चोरी भएको अचम्मको घटना सार्वजनिक भएको छ। ढाठरथ गाउँमा एनिमल हाउसबाट ३५ सय पोथी मुसा र १५० भाले मुसा चोरी भएका छन्। साना पशुहरूमा हुने खोज, गैर अनुसन्धान र गैर वाणिज्यिक उद्देश्यका लागि ब्रीडिंग गराउन एनिमल हाउसमा राखिएका मुसाहरू चोरी भएका हुन्। चोरले मुसालाई खान दिइने १२ वटा दानाको बोरा पनि लगेका छन्। पिल्लूखेड़ा थाना पुलिसले यस मामलामा दुई व्यक्तिलाई नियन्त्रणमा लिएर जाँच सुरु गरेको इन्डिया टिभीले उल्लेख गरेको छ।

इन्डिया टिभीका अनुसार ढाठरथ गाउँका राजेशकुमारले प्रहरीलाई दिएको उजुरीमा आफूले गाउँमै पशु घर बनाएको बताएका छन्। जम्मुका सुनिल शर्मा विगत ४ वर्षदेखि यहाँ मेनेजरको रूपमा कार्यरत थिए। गत १७ डिसेम्बरमा उनले आफ्नो पशु घरमा मुसाको स्टक जाँच गर्दा मुसाको संख्या कम भएको थाहा पाएपछि उनलाई सुनिलमाथि शंका लागेको थियो। त्यसपछि उनले सीसीटीभी क्यामेराको सहायताले निगरानी गर्न सुरु गरे।

डिसेम्बर १९ को राति ९ बजे राजेशले आफ्नो फोनमा एनिमल हाउसको क्यामेरा खोले र आफ्नो पशु घरबाट १२ झोला दाना एउटा गाडीमा लोड गरी लैजाँदै गरेको पाए। सुनिल शर्मा र सुनिलका साथी सञ्जय कुमारविरुद्ध पिल्लुखेडा प्रहरी चौकीले चोरीको मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ।

ढाठरथ गाउँका एक व्यक्तिले आफ्नो फार्म हाउसबाट १२ थान दाना, ३५०० भन्दा बढी मुसा चोरी भएको उजुरी दिएका प्रहरी अधिकृत दिवान सिंहले बताए। उनले विगत ४ वर्षदेखि फार्म हाउसमा लगातार काम गरिरहेका आफ्ना मेनेजरमाथि चोरी गरेको आरोप लगाए। आरोपी जम्मू कश्मीरका बासिन्दा हुन्। पशु घरका मालिकले राति ९ बजे आफ्नो घरमा रहेको सीसीटीभी क्यामेरा मोबाइलबाट चेक गर्दा मेनेजर सुनिलले नै चोरी गरेको थाहा पाएको उनले बताए।

प्रहरीले मुद्दा दर्ता गरी अभियुक्त म्यानेजरलाई पक्राउ गरिसकेको छ। उनलाई दुई दिनका लागि न्यायिक हिरासतमा राखिएको र दोस्रो अभियुक्तलाई पक्राउ गर्ने प्रयास भइरहेको छ। एजेन्सी

प्रकाशित: १४ पुस २०८१ १३:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App