भोजपुरमा प्रहरीले एक थान भरुवा बन्दुक बरामद गरेको छ ।
प्रहरीले जिल्लाको आमचोक गाउँपालिका ८ मगरमुखास्थित लिम्बुनी जंगलको गोरेटो बाटो छेउबाट एक थान भरुवा बन्दुक बरामद गरेको हो ।
अस्थायी प्रहरी चौकी दुम्माबाट खटिएको प्रहरीले बाटोको छेउमा लुकाएर राखिएको भरुवा बन्दुक फेला बरामत गरेको हो ।
बरामद गरिएको बन्दुकबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित: ५ पुस २०८१ २०:५२ शुक्रबार





