वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार, सुदिप घिमिरे (३६ वर्ष) र भानु यजुवेन्द्र कण्ठ (३४ वर्ष) लाई पक्राउ गरिएको हो।
सुदिपले जर्जिया पठाइदिन्छु भन्दै १२ लाख १० हजार रूपैयाँ ठगेका थिए भने भानुले रोमानिया पठाइदिन्छु भन्दै २ लाख रूपैयाँ लिएका थिए। उक्त घटनाबारे पीडितहरूले उजुरी दिएपछि सुदिपलाई काठमाडौंको गल्कोपाखाबाट बुधबार र भानुलाई बौद्धबाट बिहीबार पक्राउ गरिएको हो।
उनिहरूलाई आवश्यक अनुसन्धान र कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको छ।
प्रकाशित: २८ मंसिर २०८१ १४:४९ शुक्रबार