पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङमा हाइस दुर्घटनामा परेको छ। त्यहाँको राप्ती गाउँपालिका–२ स्थित कटेशखोला नजिक गएराति लु २ ख ४२०४ नम्बरको हाइसबस दुर्घटनामा परेको हो।
कपिलवस्तुको चन्द्रौटाबाट लमहीतर्फ जाँदै गरेको हाइसबस अनियन्त्रित भएर दुर्घटनामा परेको ट्राफिक प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार कुनैपनि मानवीय क्षति भएको छैन्। रासस
प्रकाशित: २४ मंसिर २०८१ ०९:४० सोमबार





