८ चैत्र २०८२ आइतबार
image/svg+xml
अन्य

रानीवनको राग

भूमिराज बस्ताकोटी
प्राध्यापक कृष्ण गौतम वरिष्ठ समालोचक हुन् । करिब एक दर्जन समालोचना (सैद्धान्तिक तथा व्यावहारिक) का पुस्तक प्रकाशित भएका गौतमका कृतिमा निजात्मक विशेषताले युक्त कलात्मक भाषा तथा प्रौढ चिन्तन व्यक्त भएको पाइन्छ । त्यही भाषाको अझ कलात्मक रूप तथा समालोचनामा देखिने चिन्तनको सिर्जनात्मक प्रस्तुति बनेर हालसालै उनको रानीवन आख्यान-उपन्यास प्रकाशित भएको छ ।

रानीवन वर्तमानको आख्यान हो । वर्तमानको अभिप्राय अहिलेको पुस्ताका भोगाइ तथा लेखनमा विश्वव्यापी रूपमा देखिएका टेक्निकको सिर्जनात्मक उपयोग भन्ने सन्दर्भमा गरिएको हो ।
परम्परित उपन्यासमा जस्तो एउटा नायक वा नायिकाको केन्द्रीकृत आख्यानको आख्यानीकरण नभएर रानीवनले विविध पात्रका भोगाइमार्पmत वर्तमानको एउटा क्यानभास प्रस्तुत गरेको छ । वन आफैँमा केन्द्रहीनताको प्रतीक पनि हो तथा बहुलता स्वीकारोक्तिको प्राकृतिक विम्ब पनि हो ।

केन्द्रीकृत नै नभए पनि बढी भूमिका भएका तारा र उत्तम तथा तीस“ग जोडिन आएका विविध पात्रमार्पmत समसामयिक सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक, शैक्षिक, भाषिक आदि क्षेत्रमा देखिएका संगति-विसंगतिलाई उपन्यासले प्रस्तुत गरेको छ । माओवादी–सरकारको द्वन्द्व र त्यसले सिर्जना गरेको गहिरो सामाजिक पीडालाई उत्तमको परिवारका भोगाइमार्पmत व्यक्त गरिएको छ ।

सामाजिक मूल्य–मान्यताको भयले वा आर्थिक दारिद्रयका कारण बै“सालु रहरको परिणामलाई स्वीकार गर्न नसकेर शिशुलाई अलपत्र छाडिदिने गम्भीर मानवीय अपराधलाई ताराका सन्दर्भमा प्रस्तुत गरिएको छ । त्यस्तै, उपन्यासमा पुस्तान्तरको समस्या, शैक्षिक असफलता वा भावुक प्रेमको असफलतामा जीवन रर्याउने यथार्थता, विदेश मोह, परम्परित वैवाहिक संस्कृतिप्रति बढ्दै गएको युवायुवतीको अनाकर्षण, पर्यावरणीय चेतना, नारीवादी सोच, उपभोक्तावादी संस्कृति, स्वावलम्बी बन्न चाहने युवा सोच आदि जस्ता वर्तमानका यथार्थलाई बहुल पात्रका बहुल भोगाइमार्पmत प्रस्तुत गरिएको छ । यिनै वर्तमानका शब्दचित्रभित्र आदिम जीवनको आकांक्षा उपन्यासको स्वर बनेर प्रकट भएको छ ।

समाजशास्त्रीहरू पितृसत्ताभन्दा पहिला मातृसत्ताको अस्तित्व रहेको स्वीकार गर्छन्-व्याख्या गर्छन् । हाम्रा पौराणिक साहित्य तथा प्राकृतिक जीवनको नजिक रहेका आदिवासीमा त्यसको झलक-अवशेष विद्यमान पनि देखिन्छ । समाजशास्त्रीहरू र विशेषगरी एंगेल्सको ‘ओरिजिन्स अफ फेमिली, प्राइभेट प्रोपटी एन्ड दि स्टेट’ कृतिको नजिक रहेर उपन्यासले आदिम जीवनको वा मुक्त मातृसत्ताको आकांक्षा तारामार्पmत अभिव्यक्त गरेको छ । साथै, हाम्रो प्राचीन आरण्यक जीवनतर्फ झुकावको संकेत पनि उपन्यासका सूचकले प्रस्तुत गरेका छन् । आदम र इभको झल्को पनि उपन्यासले दिन्छ, साथै रुसोको ‘प्रकृतितर्पm फर्क’ को राम्रै आभास उपन्यासका घटना सन्दर्भबाट पाउन सकिन्छ ।

पुरुष सत्तालाई चुनौती दि“दै पुरुष÷उत्तमलाई स्कुटरको पछाडि राखेर अनिर्धारित÷अनिश्चित रानीवनको यात्रामा निस्केकी तारा विविध यथार्थस“ग ठोक्कि“दै रानीवन पुग्न नसक्ने बोध गरेपछि उत्तमलाई स्कुटर हा“क्ने जिम्मा दि“दै आपूm पछाडि बसेकी छ । सत्ता हा“क्ने जिम्मेवारी पाएको उत्तमले भने सहजै तारालाई इच्छित मल (उपभोक्तावादको प्रतीक) तर्पm लिएर जान्छ र वर्तमान जीवनका रंगीचंगी झा“कीको नृत्य त्यहा“ प्रस्तुत हुन्छ । आकांक्षा आदिम मुक्तिनृत्यको हो, रानीवन आदिम सपना हो : महत्वाकांक्षाको, मुक्त जीवनको, समतामूलक जीवनको, प्राकृतिक जीवनको, प्रेमिल जीवनको तर रानीवन समसामयिक समयमा सबै चाहनाबाट पर छ । महŒवाकांक्षाको सीमा छैन, जीवन विविध डिस्कोर्सले कसिएको छ, प्राकृतिकता खोसिएको छ, प्रेम बजारशास्त्र÷अर्थशास्त्रद्वारा व्याख्यायित हुन थालेको छ र यस्तै अवस्थाभित्र रानीवन केवल एउटा रहस्य बन्दै काल्पनिक मुक्तिनृत्यमा आनन्द लिनुपर्ने सपनाको विम्ब बनेर प्रस्तुत भएको छ ।

मातृसत्तालाई शीतलताको प्रतीक मानिएको छ र पुरुषसत्तालाई रापतापको । संसारमा मातृसत्ता कायम रहेको अवस्थामा चान्द्र पञ्चांग प्रचलनमा रहेको र पितृसत्ता आएपछि सौर पञ्चांगले त्यसलाई ओझेलमा पारेको वा विस्थापित गरेको कलात्मक कल्पना उपन्यासले प्रस्तुत गरेको छ ।

उपन्यास उत्तरआधुनिक झा“की वा मेला प्रस्तुत गर्ने बलियो आधार पनि बनेको छ । योअन्तरपाठीय-इन्टर डिसिपिलिनरी कृति हो । यसमा समाजशास्त्र छ, पर्यावरणीय चासो छ, बजारशास्त्रका केही नियम छन्, निबन्ध छ, समालोचना छ, पौराणिक मिथक छन्, कवितात्मक अनुप्रासीयता छ, लोककथा-लोकगीत छन् र यी सबको घुलनबाट एउटा बलियो अन्तरपाठीय आख्यानको रचना भएको छ ।

चिन्तनका तहमा विशेषगरी विनिर्माणिक मान्यताले बढी प्रभाव पारेको देखिन्छ । भाषाले निश्चित अर्थ दिन सक्दैन, अर्थहरू अनिश्चित छन्÷चिप्लिरहन्छन्, भाषाबाट सत्यलाई कहिल्यै समाउन सकि“दैन र दुस्तरता वा अपोरियाको स्थितिमा हामी पुग्छौ“ भन्ने विनिर्माणिक मान्यतालाई विभिन्न पात्रमार्पmत ठाउ“ठाउ“मा उपन्यासले प्रस्तुत गरेको छ ।

यसमा विरोधाभासको सचेत प्रस्तुति छ, उपेक्षित वा कुना परेका÷पारिएकाका नउधिनिएका कथा पनि छन्, सत्यहरू भाषिक डिस्कोर्सका निर्माण भएका कुराको आख्यानिक प्रस्तुति छ, परम्परित विभिन्न घटना सन्दर्भलाई हेर्ने नवीन दृष्टि छन् र यी सबले उपन्यासमा विनिर्माणिक प्रयोगको अवस्थालाई देखाउ“छन् । अझ उपन्यासैभरि ठाउ“ठाउ“मा अभिव्यक्त अनिश्चितताको धारणा र उपन्यासको अन्त्यमा पनि खास पात्रमध्येको एक उत्तमले बोध गरेको अनिश्चितता-शून्यताको अवस्थाले विनिर्माणिक चिन्तन तथा लेखन पद्धतिको गहिरो प्रभाव उपन्यासमा देखिन्छ ।

आलंकारिकता तथा बहुविध प्रतीक र विम्बको स्वाभाविक प्रयोग उपन्यासको आकर्षण बनेको छ । तिनमा पनि प्रकृतिको मानवीकरणमा देखिने जीवन्त कलाले जोकोही पाठकलाई पनि छुन्छ । त्यस्तै यसमा यौनप्रतीक तथा विम्बहरू छन्, मिथकीय प्रतीकहरूले समसामयिक अर्थमा नया“ सान्दर्भिकता खोजेका छन्, अधिकांश विम्बहरू प्रकृतिबाट टिपिएका छन् र प्राकृतिकै वा पर्यावरणकै रक्षातर्पm ती बढी अभिलक्षित पनि भएका छन् ।

उपन्यासमा अधिआख्यान-मेटाफिक्सनको प्रयोग छ, मायिक÷जादुमय यथार्थको जादुमय प्रयोग छ, स्वैरकल्पनाको स्वाभाविक प्रयोग छ, गम्भीरताभित्र परिहासको उपयोग पनि देखिन्छ र यिनले नवीन टेक्निकको कलापूर्ण उपयोग उपन्यासमा भएको छ भन्ने सत्य देखाएका छन् ।

उपन्यासका केही सीमा पनि छन् । प्रस्तुतिको ढा“चाले केही अलमलको स्थिति सिर्जना गरेको छ । पात्रका संवाद तथा भनाइलाई उद्धरणभित्र नराखी वा अलग्गै अनुच्छेदमा नराखी छ्यासमिस पारि“दा कुन पात्रको भनाइ हो वा आख्याताको भनाइ हो भन्ने थाहा पाउन फेरि अघिल्ला पृष्ठ पल्टाउनुपर्ने अवस्था देखिएको छ । अर्को किसिमले हेर्दा उद्धरण चिह्नहरूले र मिसमासले पनि विनिर्माणको वरण गरेको आभास मिल्छ । १६ खण्डमा विभक्त उपन्यासका सन्दर्भले खण्डहरू अभैm बढी हुनुपथ्र्याे भन्ने सूचना पनि गरेका छन् ।

उत्तरआधुनिक-उत्तरसंरचनावादी वा विनिर्माणिक सोच पात्रका टड्कारा उक्तिकै रूपमा बढी प्रयोग भएका छन्, ती चिन्तन आख्यानभित्र नजानिँदो गरी घुलेर आएका भए (केही ठाउ“मा आएका पनि छन्), त्यसको कलापूर्ण स्वाद हुन्थ्यो तर त्यो भएको देखि“दैन । त्यस्तै, लगभग हरेक पात्रका संवादमा उत्तर सोच प्रकट हुनु अझ उत्तर सोचका दार्शनिकभै“ बनेर पात्रहरू बोल्नुले उनीहरूको जीवन्ततामा समस्या देखिएको छ र तिनमा लेखकको प्रौढ चिन्तन हाबी भएको वा पात्रमा थाहा हुने गरी लेखक घुसेको देखिएको छ ।
समग्रमा गौतमको रानीवन पाको स्रष्टाको पाको कृति देखिएको छ । वर्तमानको क्यानभास प्रस्तुत गर्दै आदिम स्वतन्त्रताको राग उपन्यासले प्रस्तुत गरेको छ । समयले सम्भव नदेखाए पनि हरेक मान्छेको भित्री चाहना स्वतन्त्रतापूर्ण आदिम÷प्राकृतिक मुक्तिनृत्य नाच्नु हो भन्ने सारलाई उपन्यासले कलापूर्ण आख्यानीकरणमार्पmत प्रस्तुत गरेको देख्न सकिन्छ ।

लेखक : कृष्ण गौतम
विधा : उपन्यास
प्रकाशक : सांग्रिला बुक्स ।
 

प्रकाशित: २७ माघ २०७४ ०२:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App