आत्माको रुपमा आफू अखण्डित रहीकन ।
चिनिन्छ मन संज्ञाले यताउति हिडीकन ।।
नाना प्रकारका इष्ट अनिष्ट अनि शोच्दछ ।
संकल्पहरू ताकेर यत्रतत्र उ दौड्दछ ।।
उत्पन्न हुन गो स्पष्ट परेमश्वरबाट नै ।
संसार रचना शक्ति पानीबाट तरङ्ग झैं ।।
विश्व हो परमात्मानै शंका छैन यहाँ कुनै ।।
संकल्पैबाट पाइन्छ संकल्पैबाट गुम्दछ ।
वायुबाट अग्निज्वाला जसरी बल्छ निभ्दछ ।।
विचार नगरे राम्रो मन संकल्पबाट नै ।
बन्नेछ दुःखको हेतु सप्नामा आत्ममृत्यु झै ।।
जागेमा दुःख क्यै छैन विचार्दा न भई कतै ।।
क्रमशः
(ज्ञवालीद्वारा संस्कृतबाट अनुवादित योगवाशिष्ठसारको नेपाली पद्य हरेक शनिबार नियमित प्रकाशित भइरहेको छ।)
प्रकाशित: १३ माघ २०७४ ०३:३५ शनिबार





