अभियुक्त क्षेत्रीले शौचालय जान पाउँ भनेपछि हवल्दारले बाहिर पहरा दिएर उनलाई शौचालय पठाएका थिए। भित्र पसेका क्षेत्री निकै बेरसम्म बाहिर नआएपछि हवल्दारले उनको खोजी गरेका थिए। त्यसपछि सोधीखोजी गर्दा उनी भागिसकेको पाइएको थियो। शौचालयको पछाडिपट्टि ठूलो प्वाल रहेको पाइएको छ।
क्षेत्री फागुन ५ गते ६९ वर्षीय डोरे थापालाई हत्या गरेको अभियोगमा पक्राउ परेका थिए। उनका छोरा डम्बरले अभियुक्त भागेको घटना सामान्य नभएको बताए।
जिप्रकाबाट अदालत ल्याउँदा दुई सय मिटरसम्म एउटा हवल्दारको भरमा पठाउनु तथा ठूलो प्वाल भएको ट्वाइलेटमा पठाउनले शंका उब्जाएको उनको टिप्पणी छ।
अभियुक्त फरार भएपछि सुरक्षा कडा पारिएको बर्दिया प्रहरीले जनाएको छ।
प्रकाशित: ३० फाल्गुन २०७२ ०३:४३ आइतबार





