२० पुस २०८२ आइतबार
image/svg+xml
अन्य

हतियार बनाउने कारखानामा प्रहरीको छापा, ६ थान हतियार बरामद

नेपालगन्ज– बाँकेको बैजापुरमा सञ्चालित अवैध रुपमा हात हतियार बनाउने कारखानामा प्रहरीले छापा मारेको छ। नेपाल प्रहरीको क्षेत्रीय अनुसन्धान टोलीले बैजापुर–४ स्थित गुन्जसबहादुर ल्वाहारको घरमा छापा मारी ५ थान कटुवा पेस्तोल, एक थान रिभल्वर लगायत हात हतियार आइतबार बेलुका बरामद गरेको हो।अवैध रुपमा हतियार बनाउने कार्यमा संलग्न रहेको आरोपमा अनुसन्धान टोलीले ल्वाहारलाई पक्राउ गरेको भेरी अञ्चल प्रहरी प्रमुख, वरिष्ठ प्रहरी उपरिक्षक धिरु बस्न्यातले नागरिकन्युजलाई जानकारी दिए। 'घटनाको अनुसन्धान भइरहेकाले सबै विवरण अहिले खुलाउन मिल्दैन,' उनले भने। स्थानीय बासिन्दाका अनुसार ल्वाहार लामो समयदेखि अवैध रुपमा हात हतियार बनाउने कार्यमा संलग्न रहदै आएका थिए।

ल्वाहारले भारतीय क्षेत्रबाट हतियारका सामाग्री ल्याएर बनाउने र बिक्री गर्ने कार्यमा संलग्न रहेको स्थानीयको भनाइ छ। प्रहरीको उच्च स्रोतका अनुसार ल्वाहारले बिक्री गरेको हतियार सहित एक व्यक्ति पक्राउ परेपछि उनकै बयानका आधारमा अनुसन्धान टोलीले छापा मारेको बुझिएको छ।

प्रकाशित: २६ पुस २०७२ २३:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App