नेपालगञ्नदेखि सल्यानको सल्लीबजार हुँदै रुकुमको चौरजहारी जाँदै गरेको यात्रुवाहक बस रोकेर हतियार देखाउँदै बसका यात्रुहरुलाई लुट्ने लुटेराहरुको खोजी कार्य तीव्र बनाउने क्रममा प्रहरी चौकी जागतिपुर कुदुबाट गएको प्रहरीले खलंगा ८ रिम्नाका सन्तोष रानालाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक पर्सुराम मल्लले जानकारी दिए ।
उनले कुदु प्रहरी चौकीवाट प्रहरी सहायक निरीक्षक दलबहादुर बाेहराको कमान्डमा गएको टोलीले स्थानीय वासीको सहयोगमा रानालाइ जाजरकोटकै भुर गाविसको विराले भन्ने ठाउँमा भेटाएको वताए । मल्लका अनुसार रानाको साथवाट एउटा मोवाइल, नगद एक लाख सात हजार नौ सय सत्र रुपैयाँ बरामत गरिएको छ । पक्राउ परेका रानालाइ सल्यान प्रहरीको जिम्मा लगाइएको मल्लले वताए ।
यसअघि सल्यान र जाजरकोटको प्रहरीले सल्यानको सुइकोटको थाला भन्ने जंगलवाट पक्राउ गरेको थियो । वस लुट्न ८ जनाको सहभागिता रहेको प्रहरीले जनाएको छ । जस मध्ये ६ जना जाजरकोटका र अन्य बाहिरका भएको वुझिएको छ । लुटेराहरुको प्रहरीले तिव्र गतिमा खोजी कार्य गरिरहेको छ । बसका यात्रुलाइ लुट्ने क्रममा लुटेराहरुले थ्रिनट थ्रि राइफल, भालालगायतका हतियारहरु प्रयोग गरेका थिए। अहिले सम्म दुइ जना लुटेरालाइ प्रहरीले पक्राउ गरेको छ ।
प्रकाशित: २३ आश्विन २०७२ ०४:४२ शनिबार





