४ माघ २०८२ आइतबार
image/svg+xml
अन्य

भीम र आङ्दामी च्याम्पियन

सोलुखुम्बु- त्रिभुवन आर्मी क्लबका भीमबहादुर गुरुङले १३आंै तेन्जिङ–हिलारी एभरेस्ट म्याराथन जितेका छन्। उनले सोमबार ५३ प्रतिस्पर्धीलाई पछि पार्दै एक लाख पुरस्कारको एभरेस्ट म्याराथन जितेका हुन्।हिमालय एक्सपिडिसनको आयोजनामा सगरमाथा आधारसिविरदेखि नाम्चेसम्म ४२ दशमलब ९५ किलोमिटर दूरीमा भएको म्याराथनमा आर्मीकै सुरेन्द्र बस्नेत दोस्रा र फ्रेन्डसीप युथक्लब लुक्लाका पासाङ लामा तेस्रा भएका छन्।

नेपाली र विदेशी गरी ५४ प्रतिस्पर्धीले भाग लिएको म्याराथनमा भीमबहादुरले निर्धारित दुरी ४ घन्टा १ मिनेट ५४ सेकेन्डमा पूरा गरेका थिए। दोस्रो भएका सुरेन्द्रले ४ घन्टा ३ मिनेट १८ सेकेन्ड र तेस्रो भएका पासाङले ४ घन्टा ११ मिनेट २८ सेकेन्ड लगाएका थिए। सुरेन्द्रले ७५ हजार र पासाङले ५० हजार नगद पुरस्कार पाए।

महिलातर्फको उपाधि सोलुखुम्बु थामेकी आङ्दामी शेर्पाले जितिन्। उनले ६ घन्टा ५ मिनेट ४३ सेकेन्ड लगाएर पहिलो स्थान ओगटेकी हुन्। ६ घन्टा १७मिनेट ५५ सेकेन्डबाट सोलुखुम्बुकै दाबा डोमा शेर्पा दोस्रो र ६ घन्टा ३३ मिनेट६ सेकेन्डबाट सोलुखुम्बुकै नीरकला राई तेस्रो भएका थिए। महिलातर्फका शीर्ष तीन स्थानका विजेताले ५०, ३५ र २५ हजार नगद पुरस्कार जितेका थिए।

म्याराथनको विदेशीतर्फ पोल्यान्डका रोबर्ट सेलेन्स्की विजेता भए। उनले ४ घन्टा ३४ मिनेट २८ सेकेन्डमा दौड पूरा गरेका थिए। अस्ट्रेलियाका लिफ डेविड क्रिस्टेनसन र इजरायलका डानियल कारेन दोस्रा र तेस्रा भए। डेविडले ६ घन्टा १९ मिनेट ४१ सेकेन्ड र डानियलले ६ घन्टा ५५ मिनेट ४ सेकेन्डमा दूरी पार गरेका थिए।

अमेरिकी धावक एन्डे्रयु स्किडमोरले ४ घन्टा १५ मिनेट २० सेकेन्ड दूरी पार गर्दै हाफ म्याराथन (२१ किमि) को उपाधि जिते। इजरायलका धाविकाद्वय तल यागुर र डानियला वोल्फसन दोस्रा र तेस्रा भए। यागुरले ४ घन्टा २८ मिनेट ३२ सेकेन्ड र डानियलाले ४ घन्टा २८ मिनेट ३३ सेकेन्डको दुरी पार गरेका थिए।
म्याराथनको विदेशी विधा र हाफ म्याराथनका विजेताले सम्मान पुरस्कार पाए। विजेताले ५० हजार, दोस्रोले ३५ र तेस्रोले २५ हजार पुरस्कार पाएका थिए।

बिहान ७ बजे सुरु म्याराथनमा इजरायल, बेलायत, अमेरिका, अफ्रिका, इटाली, पोल्यान्ड, क्यानडा, हङकङ लगायत १५ देशका प्रतिस्पर्धी थिए।

विजेता युरोपियन राजदूत रिन्जी टेरेनिक र नेपाल चेम्बर अफ कमर्सका राजेशकाजी श्रेष्ठले पुरस्कृत गरे। म्याराथनका सबै कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको आयोजक एक्सपिडिसनका निर्देशक शिखर पाण्डेले बताए।

प्रकाशित: १८ आश्विन २०७२ २२:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App