प्राथमिकतामै अलमल
अहिले प्रधान मन्त्री ओलीले धेरै राम्रो योजना घोषणा गरेका छन्। उनी कहिले हावाबाट बिजुली निकाल्ने त कहिले घरघरमा ग्यासका पाइप फिट गरिदिने योजना सार्वजनिक मञ्चबाट व्यक्त गरिरहेका छन्। मुलुकको सबैभन्दा ठूलो कार्यकारी पदमा बसेका व्यक्तिले यस्तो घोषणा गर्दा आमजनतामा उत्साह सञ्चार हुनुपर्ने हो तर विडम्बना, यही कारण ओली अहिले सर्वत्र हा"सोको पात्र बनिरहेका छन्। कारण– यसअघिका कुनै पनि प्रधान मन्त्रीले बोलेका कुरा पूरा गर्न सकेनन्। यो विगत भोगिरहेकाहरुले ओलीको यो घोषणा नपत्याउनु स्वाभाविकै पनि हो। अरु त अरु उनकै दलका कार्यकर्ताले समेत आफ्नै नेताको घोषणालाई पूर्ण मनोरञ्जनको माध्यम बनाए।
त्यसैले, प्रधान मन्त्रीले पदासिन भएको सय दिन नाघ्दा पनि कामको प्राथमिकता तोक्न नसकेको प्रष्ट बुझिन्छ। मुलुक यतिखेर इन्धन अभावले छट्पटिइरहेको छ। जीवनरेखा भनिने इन्धन अभावमा सम्पूर्ण क्षेत्र प्रभावित भएका छन्। त्यसैले उनको पहिलो प्राथमिकता यसको आपूर्ति हुनुपर्थ्यो। ठीक छ, भारतस"ग सहज भएन, चीनले पनि सजिलै दिन मानेको देखिएन। तर चीनस"गै विशेष भलाकुसारी गरेर भए पनि इन्धन अझ त्यसमा पनि सोझै चुलो–चुलोस"ग जोडिएको ग्यास ल्याउन उच्च प्राथमिकता दिनुपर्थ्यो। त्यसमा उनी चुकेकै हुन्। पक्कै हो, यसरी इन्धन ल्याउने काम सजिलो छैन र उनले सकभर प्रयास नगरेका पनि हैनन् तर आमजनता यी कुरा बुझ्दैनन्। उनीहरुलाई चुलो बल्ने अवस्था चाहिएको छ। त्यसैले आन्तरिक र बाह्य कारण जेसुकै भए पनि आमजनताका नजरमा ओली यसमा असफल भएकै हुन्। अझै पनि उनको सम्पूर्ण ध्यान यता जानु आवश्यक छ।
दोस्रो कुरा, उनले भूकम्पबाट धेरै नै प्रभावित परिवारको गुजाराको व्यवस्था मिलाउनुपर्थ्यो। सबैलाई थाहा छ, पुनर्निर्माण प्राधिकरण गठन र कार्यकारी अधिकृत नियुक्तिमा भएको ढिलाइले भूकम्पपीडितहरु थप मारमा परे। तर पीडितलाई यो पक्षस"ग के मतलव? उनीहरु त आफ्नो पीडामाथि सरकारले थोरै भए पनि मलमपट्टी लगाएर केही कम गरिदेओस् भन्ने आशमा छन्। अझ विदेशी सहृदयीले दिएका सहयोगसमेत वितरण गर्न नसक्ने अवस्थाले ओलीको कार्यक्षमतामाथि समेत प्रश्न उठेका छन्। मुलुकको मुखिया भएका कारण उनले नै सबै समस्या छिमोलेर पीडितलाई प्रतिफल दिनुपर्छ भन्ने अपेक्षा पनि अन्यथा हैन।
त्यसैले यतिखेर जनताले वर्तमान सरकारस"ग ठूला र भव्य योजना खोजेकै छैनन्। ओलीले इन्धन आपूर्ति सहज बनाउने र भूकम्पपीडितलाई गा"स–बासको उचित प्रबन्ध गरिदिए उनी हाइहाइ हुनेछन्। तर ओली भने २ र ३ वर्षे योजना बनाएर बसेका छन्। तत्काल आवश्यक पर्ने काम नगर्ने तर धेरै पछिका योजना घोषणा गर्दैमा अब जनता पत्याउनेवाला छैनन्। किनकि केही प्रभावकारी नतिजा अपेक्षा गरिएका ओलीका समेत सय दिन घाम तपाइमै बितेपछि उनीप्रति पनि ओठ लेप्य्राउनेको सङ्ख्या क्रमशः बढ्दो छ। यसको कारण अरु केही नभएर प्राथमिकता तोकाइमा देखिएको अलमल नै हो।
सरकारले सक्ने काम
विद्युत्स"ग सम्बन्धित आयोजनाहरु इन्धन अभावले काम गर्न पाइएन भनिरहेका छन्। सारा संसारले इन्धन पाउ"दा उनीहरुले मात्र किन पाएनन्? यदि यो गुनासो जायज हो भने प्रत्येक दिन केही ट्याङ्कर इन्धन त्यतै पठाइदिन उनलाई कसैले छेकेको छैन। भूकम्पपीडितको आवास निर्माण गर्ने तथा जाडो र महामारीबाट बचाउन उनले प्रभावित क्षेत्रमा तदर्थ कार्यालयहरु नै खडा गरेर काम द्रुत गतिमा बढाउन निर्देशन दिन सक्छन्। कम्तीमा पनि एकाध महिनाका लागि स्वास्थ्य शिविरहरु खडा गरिदिन सक्छन्। बालबालिका, वृद्धवृद्धा र सुत्केरी/गर्भवती महिलाका लागि विशेष व्यवस्था मिलाइदिन सक्छन्। मेलम्ची खानेपानी आयोजनाका अक्षम पदाधिकारीलाई बोलाएर काठमाडौंमा पानी ल्याउने तिथिमिति एकिन गर्न र त्यो समयमा नसके उनीहरुलाई नै हर्जाना तिराउने प्रबन्ध मिलाउन सक्छन्। इन्धन समस्या समाधान भएपछि यही बहानामा भइरहेको कालोबजारी स्वतः नियन्त्रण हुन्छ। मेलम्ची टुङ्गो लागेपछि पानीको समस्या समाधान हुन्छ। भूकम्पपीडितले खान बस्न पाएपछि मानवीय कर्तव्य पूरा हुन्छ। जुन काम सरकारले सहजै गर्न सक्छ।
...भोको भन्छ वारि खाउ", अघाएको भन्छ पारि खाउ"।' अहिले सर्वसाधारणको नजरमा ओली भोकोभन्दा भिन्न देखिएका छन्। जनता तत्काल मलम खोजिरहेछ। उनी अस्पताल बनाउने कुरा गरिरहेका छन्। सर्वसाधारण चा"डै चीनबाट तेल ल्याउ भनिरहेका छन्। उनी बल्ल बाटो खन्ने कुरा गर्दैछन्। यो नराम्रो कुरा पक्कै हैन, तर तत्काल गर्न सक्ने र गर्नैपर्ने काम भने हुन सकेन। अनि धेरै पछिका योजना घोषणा गरेर थामथुम पार्न खोजियो। जबकि वारि खान खोज्नेको पीडा पारि खाउ" भन्नेले बुझ्दै बुझेन। अहिले आमजनताले गरेका तुलना यही हो।
पूर्वकर्मचारीको बकबक
लामो समय स्थायी सरकारको स्टेरिङ समातेका केही पूर्वकर्मचारी अहिले सञ्चारमाध्यममा मुलुकको वर्तमान अवस्था र सरकारप्रति तिखो आलोचकका रूपमा उत्रिएका छन्। आफू पदमा हुन्जेल सिन्को नभा"च्ने, सकुन्जेल स्रोतको दोहन गर्ने, सात पुस्ता सपार्ने अभियानमा मरिमेटेर लाग्ने, अनि जागिर सकिएको भोलिपल्टै कुनै पदमा जान मिल्ने गरी प्रपञ्च मिलाउने काममा निपुण उनीहरुकै कारण मुलुकले अहिलेको अवस्था भोग्नुपरेको हो। विद्युतीय सवारी साधनभन्दा तेलवालालाई प्राथमिकता दिने नीति कसले ल्यायो? कृषकलाई निराश तुल्याएर कृषिप्रधान देशमा चामलसमेत आयात गर्नुपर्ने अवस्था कसले सिर्ज्यो? झोलामा खोला बोक्ने नीति कसले प्रबर्धन गर्योा? सोलार, गोबरग्यास जस्ता इन्धनका विकल्पमा ध्यान नदिइ एकोहोरो आयातीत ग्यासमा मात्र जनतालाई घ"चेट्ने काम कसले गर्यो्? के अहिले मुलुकमा देखिएका यावत् समस्याको जग यिनै होइनन्?
पदमा रह"दा मिलेसम्म शक्तिको दुरुपयोग गर्ने, नेताहरुलाई प्रभावमा पारेर वा गलत सूचना दिएर भ्रष्ट बनाउने अनि पदबाट निस्केको भोलिपल्ट ठूला आदर्शका कुरा गर्दै कुर्लने नेपाली कर्मचारीतन्त्र यतिबेला फेरि सक्रिय भएको छ। यो मुलुकको दुर्दशामा जति जिम्मेवार नेताहरु छन् तीभन्दा बढी जिम्मेवार नेतालाई घुमाउने यस्तै कर्मचारी छन्। त्यसैले उनीहरुले भनेका कुरा न कसैले पत्याउ"छन् न पत्याउनै हुन्छ। तर पनि उनीहरु आफूलाई पानीमाथिको ओभानो सावित गर्ने प्रत्युत्पादक प्रयत्नमा निरन्तर लागिरहेका छन्। अनि यो गर्नुपर्थ्यो र उसो हुनुपर्थ्यो भनेर उपदेश दिइरहेका छन्। कसलाई दिएको यस्तो अर्ति? हिजो आफू कुर्सीमा हुँदा किन नगरेको? सोझो अर्थमा भन्दा यो मुलुकको दुर्गति निम्त्याउनेहरु आजसम्म कर्मचारीतन्त्रको शीर्षासनमा बस्नेहरु नै हुन् जसको अक्षमताको शिकार आज सम्पूर्ण नेपाली भइरहेका छन्।
अन्त्यमा,
सर्वमात्ययिकं कार्य शृणुयान्नतिपातयेत्
कृच्छूसाध्यमतिक्रान्तमसाध्यं वा विजायते
शासन गर्नेले पहिले जुन काम बित्न लागेको छ त्यसैलाई विशेष ध्यान दिएर गराउनुपर्छ। त्यस्ताखालका काम हेरविचार गर्न ढिलो गर्नुहुन्न। ढिलो गर्यो भने काम दुःखदायी हुन्छ वा सर्वथा असाध्य पनि हुन सक्छ– अहिलेलाई प्रधान मन्त्री केपी ओलीले कौटिल्यको यत्ति सुझावमात्र पालना गरे ठूलो मान्छेमा दरिने पक्का छ। न घरघरमा ग्यासका पाइप ल्याइदिनुपर्छ न त हावाको बिजुली नै।
प्रकाशित: २९ पुस २०७२ २१:११ बुधबार

