११ मंसिर २०८१ मंगलबार
image/svg+xml
विचार

ज्वालामुखीको क्रेटरमा उभिएको सरकारी पार्टी

दाँत मिलेपनि आँत नमिलेको सरकारी नेकपामा संकटको व्यवस्थापन अब कसरी होला ?

संस्था बनाउन समय लाग्छ तर तोड्न, भत्कन र सकिन समय लाग्दैन। संसारकै शक्तिशाली एवं सरकारको नेतृत्व गरेका पर्टी सकिएका छन्। जिउँदा सहिद टंकप्रसाद आचार्य टुलुटुलु हेर्र्दैरहे। प्रजापरिषद् हाम्रोसामु छ। युगअनुसार चल्न नसक्दा नोकिया मोबाइल र फोटोग्राफीको कोडाकको हविगत। इतिहासमा व्यक्तिको भूमिका महत्वपूर्ण हुन्छ। 

दाँत मिलेपनि आँत नमिलेको सरकारी नेकपामा संकटको व्यवस्थापन अबकसरी होला ? के यो संकट सो पार्टीको मात्रै हो कि देश, सत्ता र आमनागरिकले पनिझेल्न विवश छ ?विनाटिकटको रमिता र तमासा नियालिरहेको छ। प्रश्न, जिज्ञासा र चिन्ता बढे।राजनीतिक समीकरण फेरिने हो कि ? प्रतिपक्षको उदासीनता र  कमजोरीले आफ्नै पार्टीभित्र  प्रतिपक्ष खोजिएको त हैन?गम्भीर विषय समाधान,पत्यारिँदो जवाफ, उचित कारबाही गरिने सामाजिक दबाब रबहस विषयान्तर गर्न त रडाको हैन? यो भ्रष्टाचार,अक्षमताविरुद्धको अन्तरआत्माको चित्कार हो कि भागबन्डाको खेल ?पार्टी साँच्चैको पार्टी छ कि गिरोहहरूको संयुक्तमोर्चा ? के आन्दोलनबाटै आएका आदर्श, स्वप्नद्रष्टा र पहलकर्ता जोखिमसँग खेल्न सक्ने नेता र कार्यकर्ताअझै पार्टीमा छन्?यीस्वत्वका टसल हो कि अहंकारको भिडन्त ?चर्केको द्वन्द्वको मिलाप होला ?कसको भरमा यी द्वन्द्व कुन आधारमा बढ्दैछन् ? ककसको साथ कोकसलाई छ?कार्यकर्ता, मतियार र गिरोहबीच के फरक हुन्छ ? के यो कम्युनिस्ट पार्टी नै हो कि टेडमार्क ? के खुट्टा तासेर पनि जुत्ता लगाइन्छ दुई पाइलटको अर्थ यही थियो ?

राजनीति सधैँ सिधा रेखामा मात्र हिँड्दैन र सहज उत्तर पनि हुँदैनन्। समयअनुसार मित्र, सत्रु र सहयात्री फेरिँदै जानु आश्चर्य  मानिँदैन्। हिजो गरिएका कटाक्ष, गालीशास्त्र फेरिएका सन्दर्भमा कुनै अर्थ राख्दैनन्। नयाँ परिवेशमा नयाँ मान्यता र तर्कले भूमिकाको औचित्य दिइन्छ। मौसमविद्ले सुनामीको पूर्वानुमान लगाउन सकेपनि भूकम्पको भने संकेतदिन सक्दैनन्। आफ्नै उपलब्धिको बोझ धान्न मुस्किल परिरहेको पार्टीलाई भुइँको टिप्न थाल्दा पोल्टाको नै पोखिने अवस्था छ। संख्यात्मक अहंकारले सधैँ राजनीति नियन्त्रण र निकास हुँदैन। शान्ति सम्झौताको १४ वर्ष बित्यो तर पूर्णता अझै पाएको छैन्, बरु द्वन्द्वको नयाँ संकेत देखापरे।

हरेक विकसित घटनाक्रमलाई सामाजिक मूल्य, कार्य, कारण र परिणामसँग जोडेर हेर्नुपर्ने हुन्छ। राजनीतिको स्टेरिङ सिटमा बसिरहेकाका भूमिका, सोच र चरित्रले पनि देशको भाग्य र भविष्यको फैसला गर्ने गर्छ।

संकट विश्वासको
अहिले सबभन्दा ठूलो संकट विश्वासको हो। कोरनाले त आफ्नै हात,नाकलाई समेत विश्वास नगर्नविश्वव्यापी उर्दी दियो। ऊसामु सबै सरकार र नेतृत्वले परीक्षा दिनुप-यो। कतिपय शासकलाई संकट वरदान बन्यो भने अन्तरात्माका चाहना पूरा गर्नेबहाना पनि । शासकप्रति जनविश्वास भने हट्दै गयो। त्यसको भर्ताल गर्न घृणाको राजनीति र नक्कली सत्रुको खोजी भए। यसैपनि कोरोनाले थला पारेको जनमतमा सरकार अभिभावक त बन्नै सकेन् बरु यसलाई भ्रष्टाचारको मौका बनाउँदाविश्वास गुम्दै गयो ।  

अहिले पत्रयुद्धमा नीति, विधि, विचार सिद्धान्तका ठूला कुरा उठाइए। त्यसको प्रतिउत्तर त्यसभन्दा कडा आउनेछ नै। पोल खोलाखोल युदुवंशी खेल बन्नेछ।

पार्टीमा एकअर्काप्रति विश्वास झांगिदा मिटिङ, बैठकबाट तर्कनु नीति, विधिभन्दा प्राविधिक हल खोज्न थालियो।  तर हरेक कुरा तपसिलमा पर्दै जाँदा किन मौन भयो ? किन अस्तव्यस्त, सत्ताकेन्द्रीकरण संस्थाहरूलाई मूल्यहीन बनाउँदा पनि पार्टी र प्रतिपक्ष मौन भयो ?

कुराः नीति र विधिका  
अहिले पत्रयुद्धमा नीति, विधि, विचार सिद्धान्तका ठूला कुरा उठाइए।त्यसको प्रतिउत्तर त्यसभन्दा कडा आउनेछ नै। पोलखोलाखोल युदुवंशी खेल बन्नेछ। कसरी एउटा आन्दोलन ध्वस्त बनाइयो भन्ने विश्वको नजीर बन्नेछ। पत्र,आरोप फिर्ता होस् वा नहोस् अथवा बहसमा जाओस् वा नजाओस् त्यो अब राजनीति र इतिहासका विद्यार्थीलाई सन्दर्भ सामग्री भने बनिसक्यो।  

सपथ ग्रहणपहिल्यैको एउटा अन्तर्वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले समकालीन राजनीति र आधारभूत सिद्धान्तकै कुरा गरेका थिए– १) साम्यवाद रमाइलो कल्पना मात्रै हो २)जनयुद्ध सैद्धान्तिक भूल थियो ३) गणतन्त्र आउनुमा जनयुद्धको कुनै भूमिका छैन् ४) एमाले र माओवादी केन्द्र मिलेर बन्ने पार्टी कम्युनिस्ट र वामपन्थी दुवै हुनेछैन्५) बल प्रयोग कुनै आधारभूत सवाल होइन्।  प्रम तथा पार्टी अध्यक्ष ओली पनि आफ्नो सो अडानमा टिक्न सकेनन् पार्टीको नाम कम्युनिस्ट नै रह्यो। आधारभूत सैद्धान्तिक छलफल नगरी २ अध्यक्षको हुकुममा पार्टी एकता भयो।  

शक्ति र सत्तामाहुँदा नीति, विधि,अभ्यास,कानुन, संविधानको अर्थ नहुने, कमजोर वा शक्तिहीनलाई भने आवश्यक पर्ने। अझ सम्झौता र सहमति त समय घर्काएर शक्ति आर्जनको कला। छद्मराष्ट्रवाद पनि टिक्न सक्दैनथ्यो। घृणाको राजनीतिवर्चश्वशालीको हतियार बनेपनि कालान्तरमा भने मानवद्रोही बन्छ।  भूसंवेदनशीलताका कारण गम्भीर कूटनीतिक अभ्यासभन्दा सडकछाप चिच्याहटले समस्या झन जटिल भयो,प्रधानमन्त्रीको चट्टानी अडान पग्लियो। त्यो कुरूप र विभत्स तरिकाले देखाप¥यो। पत्रयुद्धले निम्त्याएको संकट भनेको बाथरुममा सवै नांगा हुन्छन् र त्यही मान्छेले मात्रै आदर्शको माग गर्न सक्छ जो आफैँ चोखो होस्।

संस्थाको ध्वस्तताले निरंकुशता जन्माउँछ  
अहिले पार्टी, संगठन र संवैधानिक अंग, विश्वविद्यालय नेतृत्व या त ध्वस्त छन् या त आसेपासे भर्तीकेन्द्र। जुन देशमा संरचना शक्तिशाली हुन्छन् त्यहाँ नीति र विधिले चल्ने हुँदा शासकका चाहनाले मुलुकलाई असर पर्दैन्। जहाँ संरचना दर्बिला हुँदैनन् त्यहाँ शासक सामने नीति,विधि,संविधान, कानुन र न्यायालय बबुरा बन्छन्। अमेरिकी घृणा राजनीतिका जनक एवं विश्वकै फासीवादी नवनायकचुनाव पराजीत राष्ट्रपति डोनाल्ड ट्रम्पलाई त्यहाँका संरचनाले बाँध्यो तर संरचनालाई हित अनुकूल प्रयोग गर्ने रुसी पुटिन, हंगेरीका भिक्टर अर्वन, टर्कीको तैयोव यर्दोगान, फिलिपिन्सका रार्डिको दुअर्ते, भारतका मोदी उदाहरण बने। पत्रयुद्धमा संरचना ध्वस्तको कुरा त गरियो, त्यसको रक्षाको पहल कसरी पहिला गरियो? पहिले र अहिले के फरक परे भन्ने खुलेन। धेरै प्रश्नका जवाफ दुवै पत्र युद्धमा छैन्  

कुरा राम्रा र नराम्राका
राम्रा र नराम्राका कुरागर्दा घटना, पात्र, प्रवृत्ति, मुद्दा, अभ्यास, इतिहासका शिक्षा र प्रतिबद्धताका कसीमा तौलिइन्छ। कसले के भन्छ भन्दा पनि कसले के गर्दैछ नियालिन्छ। गोपनीयता सबैका ह्वागह्वांग्ती, छयाप्छ्याप्ती भए। कथनी र करनीबीच जोडेर धारणा बन्छन्। त्यसैले भूमिका तय हुन्छ। ७०वर्षलाई मात्रै नियाल्ने हो भने पनि अनेकौँ ब्यानरमा नेपाली इतिहासले राजनीतिको अभ्यास ग¥यो। हरेक दशकमा संघर्षका बिगुल फुकिए। सत्ताविरुद्ध आक्रोशले विद्रोहका रूप लिए।  नयाँको आशा, पुराना अवस्था र व्यवस्थाका क्रूरताविरुद्ध गर्जेका आवाज, देखिएका र देखाइएका सपना  विद्रोह र क्रान्ति बने। फेरिएको अवस्थाले कति नयाँपन,नयाँ आदर्श खेप्न सक्यो ? जुनकुराको घृणाले परिवर्तनको आवेग तयार भएको थियो,त्यसलाई अगुवाले धाने कि धानेन्, प्रश्न उठे। कुन ब्यानरमा कुन व्यक्ति,समूह, पार्टी रह्यो भनेर हेर्नु भन्दा पनि उसले दिएका नतिजा, सामाजिक प्रतिबद्धतामा खरो उत्रियो कि उत्रिएन भनेर नियालियो। के सरकार शासन गर्ने लाइसेन्स हो वा उसका पनि दायित्व छन्?त्यसैका कसीमा नियालिन्छ।हिजो गलत थियो आज उम्दाअवस्था छ भनेर जनविश्वासको कसीमा  शासकलाई प्रमाणित गर्न समयले चुनौती दिएको छ।    

अन्तमा  
– इतिहासको अत्यन्तै संगीन संघारमा उभिएको समय, राज्यसत्ताकै समग्र फेरबदलको मोडमा रहको देश र संसारकै सवभन्दा सामरिक संवेदनशीलताको यो भूगोल हो। रूपमा यहाँ पात्र र प्रवृत्तिबीचको टसल देखिए तापनि जुनतरिकाले शक्तिराष्ट्रहरूको चलखेल र सक्रियता बढेको छ त्यसले यो पार्टीबीचको आन्तरिक समस्या मात्रै हो भनेर विश्वस्त हुँन सकिँदैन्।  विकसित अन्तर्राष्ट्रिय आयाम पनि भूल्न मिल्दैन्।  

– संविधान जतिसुकै राम्रो लेखिए पनि प्रयोगकर्ता कस्तो छ ? त्यसमा भरपर्छ।  

–भयग्रस्त अवस्थामारहेको शासकमा सरकार गयो भने हैसियत पनि गुम्छ भन्ने आतंक छ। त्यसैले गिरोह द्वन्द्व वाक्युद्ध हुँदै पत्रयुद्धबाट अब भौतिक आक्रमण,प्रत्याक्रमणमा समेत  उत्रियो। एनजियो र फाउन्डेसन स्थानीयरूपमा सक्रिय हुनथाले।  

–  नायक खलनायकमा फेरिन सक्छन्,क्रान्तिका हकवाला पनि अलमलिन सक्छन् तर कुनै पनि आन्दोलनले दिएको शिक्षा र सन्देश भने मेटिँदैन्। इतिहासको क्रमभंग गर्ने विद्रोह र आन्दोलनबहसहीन बनाएर वैकल्पिक सत्य स्थापना गर्न बौद्धिकहरू तर्क कोरल्दैछन्।

–माओवादी र एमाले अहिले नभएपनि हिजोको आग्रह र उत्तेजना तयार गरेर नयाँ समीकरणको प्रयास हुँदैछ।  

– अर्कोपक्षको कमजोरी नै आफनो शक्ति सोच्ने पार्टीका अन्तरविरोध सामाजिक छायाँ बन्दैछन्।  

–चूप रहियो भने समय यसभन्दा पनि खराब आउनेछ।

– दुई दशकदेखिको विन–विनको सिद्धान्तको अब पूर्णविराम लाग्दैछ।

–वैचारिक विचरण र राष्ट्रिय आत्मसमर्पण र विदेशी गतिविधि बढे।

– धुवाँ छ भने अवश्य त्यहाँ आगो छ।म भइन भने ऊ पनि हुन सक्दैन् भन्ने सोच जबर्जस्ती भएकाले एउटाको पतन नै अर्काको विजयभन्ने निषेध मानसिकता बढ्दो छ। द्विविधामा रहेको पार्टीसामु अंशमा सकिने कि समग्रमा भन्ने विषयमा डरले लिने निर्णय आखिर आत्मसमर्पण, विद्रोह वा सहमति तीन विकल्प छन्। तर उसको यो झैझगडा अर्कोपक्षले रमिता र तमासा मात्रै नसोची त्यही विश्वासहीनतालाई मौकामा चौका हान्न सक्छ। समयमै चेत भया।

प्रकाशित: ११ मंसिर २०७७ ०५:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App