७ वैशाख २०८१ शुक्रबार
विचार

डेँगीको डर

के हो डेँगु ?
डेँगु (डेँगी) सम्बन्धमा हामीले सुन्दै आएको र विशेषज्ञहरूले भन्दै आएको जानकारी के हो भने डेँगु एकप्रकारको ज्वरो हो। यो ज्वरो एडिस जातका एजिप्टाइ र अल्बोपिक्टस पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने गर्छ। चर्को ज्वरो आउने, आ“खा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुने जस्ता यसका लक्षण हुन्। यसको संक्रमणले रगतमा पानीको मात्रा कम भई रक्तचाप कम हुन्छ।

शरीरमा प्लेटलेटको संख्या कम भएमा रक्तनलीहरूबाट रगत शरीरका अन्य तन्तुमा जाने भएकाले शरीरमा डाबर आउने लक्षण देखा पर्न सक्छ। रक्तचाप निकै कम हुने र शरीरमा आवश्यक रगतको अभावमा बिरामी सिकिस्त भई मृत्युसम्म हुन सक्ने भएकाले बेलैमा, सामान्य ज्वरो आउ“दा नै चिकित्सकस“ग सल्लाह गरी उपचार गराउनु बुद्धिमानी हुन्छ। तर मेडिकल माफिया र औषधिको कालो बजारलाई नजिकबाट अध्ययन गरिरहेका वैज्ञानिक तथा वैकल्पिक चिकित्सकहरूको मान्यता भने बिल्कुल भिन्न छ। उनीहरूले डेँगुको आतंक मच्चाएर मेडिकल माफिया तथा ठूला औषधि कम्पनीहरूले जनता लुटेरहेका संगीन आरोपसमेत लगाएका छन्।

कतिपयले त डेँगुका कारणले होइन, डाक्टरका कारणले डेँगु संक्रमितको मृत्यु हुने दाबीसमेत गरेका छन्। उनीहरूको भनाइ यस्तो छ– जब एडिस जातका पोथी लामखुट्टेको टोकाइबाट डेँगु भाइरस मानिसको शरीरमा प्रवेश गर्छ। यो सूचना बे्रनले थाहा पाएपछि उसले शरीरबाट यस किसिमका भाइरस हटाउन अनेक हतियार प्रयोगमा ल्याउ“छ, तीमध्ये ज्वरो एक हो। त्यो किनभने चर्को ज्वरोले नै शरीरमा भित्रिएका भाइरस मार्न सहयोग गर्छ। यसरी चर्को ज्वरो आउ“दा शरीरमा अनेक लक्षण देखिन थाल्छन्, जस्तै आ“खा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुने, रक्तचाप कम हुने, प्लेटलेट घट्ने जस्ता लक्षण देखा पर्दछ।

यस्ता लक्षण देखिएपछि वा चर्को ज्वरो आएपछि मानिस अस्पताल पुग्छ। अस्पतालमा चिकित्सले पहिलो काम ज्वरो कम गर्न औषधि दिने गर्छन्। अनि ज्वरो घट्छ, ज्वरोले आत्तिएको व्यक्तिले केही राहत महसुस गरे तापनि यसरी अप्राकृतिक तरिकाले जबरर्जस्ती ज्वरो घटाउ“दा र औषधिका कारण एकातिर रोग प्रतिरोधक क्षमता झनै घट्ने र भाइरसको वृद्धि झनै तीव्र हुने गर्छ। जसका कारण मानिसको मृत्युसमेत हुने गर्छ।

के हो सही उपचार ?
    डेँगुको पहिलो लक्षण चर्को ज्वरो हो। डेँगु भाइरस शरीर प्रवेश गरेपछि १०२ डिग्री सेल्सियसभन्दा बढी ज्वरो आउन सक्छ। त्यसैले ज्वरो कम गर्न सबैभन्दा पहिला चिसो पानीमा रुमाल भिजाएर काखी र निधारमा राख्ने। यो प्रक्रिया तीन तीन मनेटमा गर्ने। आधा घण्टाभित्रमा ज्वरो नियन्त्रणमा आउ“छ।

त्यसपछि पहिलो दिन सुन्तला, मौसमीको आदिको रस तथा नरिवल पानी (आफ्नो तौलको दस भाग अर्थात शरीरको वजन ८० केजी छ भने ८, ८ गिलास) एक एक घण्टामा पिउने। अर्को दिन त्यसको आधा सुन्तला, मौसमीको आदिको रस तथा नरिवल पानी र शरीरको तौलको ५ गुणा (शरीरको वजन ८० केजी छ भने ४०० ग्राम) टमाटर र का“क्रो सेवन गर्ने। अनि तेस्रो दिन बिहानको नास्ताको रूपमा दुई दुई गिलास सुन्तला, मौसमीको आदिको रस तथा नरिवल पानी पिउने तथा लन्चमा ४०० ग्राम टमाटर र का“क्रो सेवन गर्ने। अनि डिनरमा घरमै बनाएको तेल मसला कम हालेको साधा खाना खाने। तीन दिन यो प्राकृतिक तरिका अपनाउने हो भने ज्वरोबाट मात्रै होइन, डेँगुको संक्रमणबाट समेत पूर्णतया मुक्त रहन सकिन्छ।

 

प्रकाशित: ३१ भाद्र २०७६ ०५:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App