३० असार २०७७ मंगलबार
विचार

फेरि ऊर्जा संकट कुरेको ?

आज ऊर्जाको महत्व अपरम्पार छ । ऊर्जाविनाको संसार कल्पनाबाहिरको विषय भएको छ। सुरुमा मान्छेलेदाउरा, घाम, हावालाई नै ऊर्जाका रूपमाप्रयोग गरेको पाइन्छ।ग्रिक र रोमनहरूले सबैभन्दा पहिले साधारण मेसिनको विकास गरे र घरलाई केही सुधार गरेर तापक्रम नियन्त्रण गर्न थाले,जाडो चीसोबाट बच्न।

पहिलो वाष्पबाट चल्ने मेसिन र हावा मिलको आविष्कार ग्रिसको अलेक्जेन्द्रियामा भयो।रोमनहरूलेतापलाईनियन्त्रण गर्ने शिशाकाझ्यालको विकास गरे अनि सुरु गरे ग्रीन हाउस चिसोमा खेती गर्न सकिने नयाँ तरिका।मान्छेका यस्तै अनेकथरी ठक्कर चक्करले ऊर्जाको अवश्यकतालाई उजागर गर्ने क्रममा सन् १८८० मा आधुनिक बिजुलीको ग्रिड प्रणालीको सुरुवात भयो अमेरिकाको न्युयोर्क सहरबाट।

नेपालको सन्दर्भ
नेपालमा हाइड्रो पावरबाट बिजुली निकालेको इतिहासले एकसय ७वर्ष नाघेको छ ।जतिबेला यसप्रकारको बिजुली दक्षिण एसिया र चीनसम्म बलिसकेको थिएन । यो आयोजना पूरै एसियामा दोस्रो मानिन्थ्यो ।सन् १९११ मा बेलायती सरकारको आर्थिक र प्राविधिक सहयोगमा ५०० किलोवाटको चन्द्र ज्योति हाइड्रो इलेक्ट्रिक पावर स्टेसनको नाममा उक्त जलविद्युत् आयोजना सम्पन्न भएको थियो ।

यस कार्यकालागि बेलायती सरकारले तात्कालिक ०.७१३ मिलियन नेपाली रुपियाँ अनुदान प्रदान गरेको थियो । यसको समुद्घाटन २२ मे १९११ सोमबारका दिन तात्कालिक राजा पृथिवीवीर विक्रम शाहदेवले टुँडिखेलमा साँझ ६ः३० मा बिजुलीको बत्तीको स्विच अन गरेर भएको थियो ।मान्छेहरू त्यो अद्भुत बिजुलीको चम्किलो बत्ती देखेर धेरै दिनसम्म गफिएका थिए ।त्यो गौरवशाली ऐतिहासिक क्षण नेपालको आधुनिक ऊर्जाको सुरुवातको कोसेढुंगा थियो।

नेपालको विकास र प्रगतिकालागि एक शताब्दीभन्दा पनि अगाडि बेलायतले सुरु गरेको यो एउटा नमुना प्रयोग थियो ।तात्कालिक राणाहरूको दरबार मानिने सिंहदरबारसम्म त्यो बिजुली पु¥याइएको थियो ।विद्युत् विभागले यसको नाम राणा प्रधानमन्त्री चन्द्र शम्शेरबाट भएको देख्न सकेन होला र त यो ऐतिहासिक विरासतलाई मात्र फर्पिङ हाइड्रो पावर स्टेसन भनेर परिवर्तन ग¥यो । संसारका हरेक ठाउँमा परिवर्तनपछि पुराना दरबार, पुराना शासकहरू नयाँ क्रान्तिकारीहरूको निशाना बन्ने गर्छन् ।प्रसंगमा जोडिएको एउटा सानु भावुकता मात्रहो यो।

यो पावर स्टेसन काठमाडाैंबाट १२ किमि दक्षिणमा पर्छ ।नजिकैका सातमुले र शेष नारायणका खोलाको पानीलाई प्रयोग गरीविद्युत् निकालिएको हो ।२५० किलोवाटका दुईवटा टर्बाइनहरूबाट ५०० किलोवाट बिजुली निकालिएको हो ।यो आयोजनामा चार वर्षसम्म साढे नौलाख मान्छेले काम गरेका थिए ।इतिहासको एउटा रोमाञ्चक धरोहर बनेको देशको यो एउटा गर्व गर्न लायक सुरुवाती प्रोजेक्ट अहिले सञ्चालनमा छैन ।यसलाई ऊर्जाको विकासक्रमको ठूलो विरासत ठानेर संग्रहालयमा परिवर्तन गरिएको छ।

त्यतिमात्र नभएर यो ठाउँलाई ऊर्जाको अनुसन्धान र विज्ञानको प्रयोगशालाका रूपमा नमुना पावर स्टेसनका रूपमा उभ्याइएको छ ।जलस्रोत मात्र नभएर, सोलार,वायु,वायोमास लगायतका नवीकरणीय ऊर्जाकै प्रयोगशालाका रूपमा एउटा सम्मानित ऊर्जाकै तीर्थस्थलका रूपमा सरकारले उभ्याएको छ ।नेपालको इतिहासमा बिजुली बत्ती बलेको त्यो जेठ ९ गतेलाई राष्ट्रिय ऊर्जा दिवसका रूपमा मनाउँदै आएको छ।देशको यो ऊर्जाको सुरुवाती प्रवेगलाई नेपालले विगत १०७वर्षसम्म राम्रोसँग बढाउन हुर्काउन नसक्नु नै देश विकासको एउटा ठूलो अवरोध बन्यो ।

यत्रोवर्षमा खोइ हामीले कटाउन सकेको उत्पादनलाई १ हजार मेगावाट ? हरेक पटक सरकार बदलिएसँगै देशको ऊर्जा संकट समाधान गर्ने नाममा कतिवटा आयोग बने ? कतिपटक यो मुलुकलाई ऊर्जा संकटकाल घोषणा गरियो ? कतिवटाश्वेतपत्रजारीभए ? तिनले ऊर्जाको विकासमा कस्तो भूमिका खेल्यो इतिहासले कुनै दिन मूल्यांकन गर्नेछ ।देश विकासको एउटा मेरुदण्ड ऊर्जा हो त्यो नै कमजोर भएपछि कसरी बन्छ देश विकासको ठूलो महल? भाषण त हामीले धेरै सुन्यौँ १० वर्षमा १० हजार मेगावाट, २०वर्षमा २० हजार मेगावाट, बिजुलीको छेलोखेलो, जलस्रोतको धनी देश बिजुली बेचेर सम्पन्नताको सगरमाथा चढ्नु चढ्यौँ, गफमा।

यथार्थमा हामी अझै छिमेकीले दिएको भिक्षाटनरूपी बिजुली बाँडेर लोडसेडिङ समाप्त पारेको जस लिनलाई ढ्यांग्रो पिटिरहेका छौँ ।नेपालका एकजना नेताले आफू प्रधानमन्त्री हुँदा हावाबाट बिजुली निकाल्ने कुरा गरे। सबैले ओलीको बोलीलाई हावामै उडाइदिए ।ग्यासको पाइप लाइन जोडेर घर घरमा पुर्याउने सपना सुनाए । कसैले पत्याएनन् ।तिनै नेताका एउटा ऊर्जा मन्त्री गोकर्ण विष्टले आफू मन्त्री हुँदा एउटा ठूलो उत्साहका साथ राम्रा कामको थालनी गरे ।नेपाल विद्युत् प्राधिकरणको बाँकीबक्यौता नतिर्नेका विरुद्ध आफैँ लाइन काट्दै हिँडे।

जनताको आशा भरोसाका पात्र बने ।राम्रो काम गर्ने ती मन्त्रीलाई अर्को पटक हटाइयो र राधा ज्ञवाली नामकी सजिली पात्रलाई ओलीको छायाँका रूपमा स्थापित गरियो ।उनको कार्यक्षमता र उनले गरेका कामका बारेमा हामी सबैलाई थाहा छ ।यो देश बनाउने हो भने हामीलाई गोकर्ण विष्ट, जनार्दन शर्मा, गगन थापा र नवीन्द्रराज जोशीहरू चाहिन्छन् । कुलमान घिसिङहरू चाहिन्छ ।
अन्त्यमा,

देशका ८० प्रतिशत मान्छेहरू दाउरा र गुइठाले आफ्नो ऊर्जाको जोहो गर्छन्।तीबाट  निस्कने घरभित्रको धुवाँले नेपालका गृहिणीहरू र ससाना बच्चाहरू अति प्रभावित भएको तथ्यांक विश्व बैकले प्रस्तुत गरेको छ।देशका ३५ हजार मान्छेहरू धुलो र धुवाँले मरिरहेका छन्।स्कुले नानीहरूऊर्जाको जोहो गर्न जंगल र बारीमा गुइठा खोज्न पठाएर हामी कस्तो समतामूलक समाज निर्माण गर्दै छौँ?ऊर्जाका प्राथमिकताहरू के साँच्चै ती गरिबहरूप्रति लक्षित छ ?

 

प्रकाशित: ८ जेष्ठ २०७५ ०९:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App