युएनडिपीको पछिल्लो प्रतिवेदनअनुसार आउने वर्ष हाम्रो प्रतिव्यक्ति आम्दानी ४ प्रतिशतले घट्नेछ । यो मानव विकास वृद्धिमा ३० वर्षयताकै सबैभन्दा खतरनाक सूचना हो ।
संयुक्त राष्ट्रसंघको अन्तर सरकारस्तरीय विशेषज्ञहरूको समूहले सार्वजनिक गरेको प्रतिवेदनले गम्भीर खतराको घडीमा पृथ्वी पुगेको तथ्यले सबैलाई तरंगित बनाएको छ।
कुनै पनि देशको आर्थिक विकासकालागि ऊर्जा एउटा जीवनदायी रक्त हो जसको अभावमा विकासको महारथ गुडाउने कल्पना पनि गर्न सकिँदैन । कुनै पनि मुलुक कति वैभवशाली छ भन्ने कुराको मापन त्यस देशले उपयोग गर्ने प्रतिव्यक्ति ऊर्जाको अनुपातले गर्छ ।
आज ऊर्जाको महत्व अपरम्पार छ । ऊर्जाविनाको संसार कल्पनाबाहिरको विषय भएको छ। सुरुमा मान्छेलेदाउरा, घाम, हावालाई नै ऊर्जाका रूपमाप्रयोग गरेको पाइन्छ।ग्रिक र रोमनहरूले सबैभन्दा पहिले साधारण मेसिनको विकास गरे र घरलाई केही सुधार गरेर तापक्रम नियन्त्रण गर्न थाले,जाडो चीसोबाट बच्न।
सूचना र सञ्चारको क्षेत्रमा भएको चामत्कारिक विकासले आज संसार विश्वग्राममा बदलिएको छ। एउटा सानो मोबाइल बोकेर बाआमाहरू अमेरिका, बेलायत, अस्ट्रेलियामा नातिनातिनीसँग गफिन्छन्।