६ मंसिर २०८१ बिहीबार
image/svg+xml
विचार

नोर्मान्डी अवतरणको अर्थ

नोर्मान्डी अवतरण भन्नाले हिटलर विरोधी सम्बद्ध राष्ट्रहरू अमेरिका, क्यानडा र बेलायतका सैनिकहरूको ६ जुन, १९४४ मा फ्रान्सको उत्तरी भागमा पर्ने नोर्मान्डी तटवर्ती क्षेत्रमा भएको अवतरणलाई बुझिन्छ। त्यसबेला फ्रान्स हिटलरकै कब्जामा थियो। उल्लिखित तीन देशका सेना नोर्मान्डीका पाँच सामुद्रिक तटमा उत्रिए र जर्मन सेनामाथि धावा बोले। सुरुमा उनीहरूले जर्मन सेनाको कडा प्रतिरक्षाको सामना गर्नुपर्‍यो।

सम्बद्ध राष्ट्रहरूले आक्रमण गर्न सक्ने सम्भावनाको जानकारी पाइसकेको हिटलरी सेनाले सम्पूर्ण तटवर्ती क्षेत्रमा बारुदी सुरुङ र विस्फोटक धरापद्वारा रक्षापंक्ति मजबुत बनाएर राखेको थियो। आक्रमणकारी सेना भने  त्यस इलाकाको भौगोलिक अवस्थाबारे अनभिज्ञ थिए। त्यही कमजोरीको फाइदा उठाएर केही इलाकामा जर्मन प्रतिरक्षा प्रत्याक्रमणमा बदलियो र एक दुई संग्राममा बेलायती र क्यानेडेली सेनाले पराजय भोगे।

बेलायती सेनासँगको द्वन्द्वमा उत्तरतर्फ ठुलो संख्यामा जर्मन ट्यांक र बख्तरबन्द पल्टनहरू फसेको अवसर पारेर अमेरिकीहरूले दक्षिण–पश्चिमबाट हवाई हमला चर्काए। जर्मन सेनाले दोहोरो आक्रमण थाम्न सकेन र नोर्मान्डी इलाकासम्बद्ध सेनाको घेराबन्दीमा पर्‍यो।

जर्मन सेना हार्‍यो र अगस्ट २५, १९४४ मा आत्मसमर्पण गर्‍यो। भोलिपल्टै अगस्ट २६ का दिन जनरल चाल्र्स डे गोलले पेरिसमा विजय परेडको नेतृत्व गरे।

नोर्मान्डी जितेपछि उनीहरूको लक्ष्य पेरिस मुक्त गर्नु थियो। साइन नदीमा पुग्दा उनीहरूको भेट फ्रान्सको मुक्ति आन्दोलनका लडाकुहरूसँग भयो। रणनीतिक अवस्था अनुकूल भएको देखेर अमेरिकी सैनिक कमान्डर जनरल आइजनहावरले पेरिस प्रवेश नगर्ने आफ्नो पुरानो निर्णय उल्टाए र मुक्ति आन्दोलनका लडाकुहरूसँग मिलेर जर्मन सेनाविरुद्ध युद्ध छेडें। जर्मन सेना हार्‍यो र अगस्ट २५, १९४४ मा आत्मसमर्पण गर्‍यो। भोलिपल्टै अगस्ट २६ का दिन जनरल चाल्र्स डे गोलले पेरिसमा विजय परेडको नेतृत्व गरे।

पेरिसको मुक्तिका लागि सम्बद्ध राष्ट्रका सेनाले ठुलो मूल्य चुकाउनुपर्‍यो। युद्धमा तिनका दुई लाख सेना मारिए। जर्मनीतर्फ तीन लाखभन्दा बढी मारिए। हजारौं गैरसैनिक फ्रान्सेली नागरिकले पनि ज्यान गुमाए। तर पनि दोस्रो विश्वयुद्धका अन्य क्षतिको तुलनामा यो कम नोक्सानी र द्रुत गतिमा विजय प्राप्त भएको घटना मानिन्छ। 

उदाहरणका लागि दोस्रो विश्वयुद्धको सर्वाधिक रक्तपातमय संग्राम स्टालिनग्रादमा १५ लाख मानिस मारिएको अनुमान गरिन्छ। तर नोर्मान्डी अवतरणको विशेष महत्त्व पेरिसको मुक्ति मात्र होइन। नोर्मान्डीबाट नै नाजी जर्मनी विरोधी मोर्चामा अमेरिकाको सक्रिय सैनिक सहभागिता सुरु भएको थियो। त्यसअघि अमेरिकी सेना नाजीसम्बद्ध जापानी र इटालियन सेनासँग क्रमशः प्रशान्त महासागर र भूमध्य सागरमा मात्र लडेका थिए।

 पश्चिमी भाग जित्दै गएका अमेरिकी सेना जर्मनीको पूर्वी भागको बग्ने एल्बे नदीसम्म पुगे जहाँ पूर्वबाट जित्दै आइरहेका सोभियत सैनिकहरूसँग उनीहरूको जम्काभेट भयो।

पेरिस विजयपछि सम्बद्ध राष्ट्रका सेना उत्तर–पूर्व युरोपको लडाइँमा होमिए। यसै क्रममा सन् १९४४–४५ मा उनीहरूले फ्रान्सको बाँकी भाग, बेल्जियम, नेदरल्यान्ड्स, डेनमार्कलगायत पश्चिम युरोपेली मुलुकहरू मुक्त गरे र जर्मनी प्रवेश गरे। पश्चिमी भाग जित्दै गएका अमेरिकी सेना जर्मनीको पूर्वी भागको बग्ने एल्बे नदीसम्म पुगे जहाँ पूर्वबाट जित्दै आइरहेका सोभियत सैनिकहरूसँग उनीहरूको जम्काभेट भयो।

२५ अप्रिल १९४५ का दिन भएको त्यो ऐतिहासिक भेटले पूरै नाजी जर्मनी हिटलरविरोधी सम्बद्ध राष्ट्र अमेरिका, सोभियत संघ र बेलायतको नियन्त्रणमा आइसकेको तथ्यको पुष्टि गर्‍यो। त्यसको पाँच दिनपछि हिटलरले आत्महत्या गरे। १५ दिनपछि ८ मे १९४५ का दिन जर्मन सेनाले सम्बद्ध राष्ट्रका सैनिक कमान्डसामु आत्मसमर्पण गर्‍यो।

दोस्रो विश्वयुद्धको युरोपेली मोर्चामा तीन राष्ट्र अमेरिका, सोभियत संघ र बेलायत भए पनि युद्धोत्तर शक्ति संरचनामा दुई राष्ट्र चीन र फ्रान्स थपिए। चीन थपिनु स्वाभाविक थियो किनभने हिटलर र मुसोलिनीकै साथ दिएको जापानसँगको लडाइँमा चीनको भूमिका निर्णायक थियो।

युद्धको सुरुदेखि नै ऊ आफैं जर्मनीको कब्जामा थियो र उसलाई सम्बद्ध राष्ट्रले स्वतन्त्र गरिदिएका थिए। चर्चिलका अनेक प्रयासबाट नै युद्धपछि गरिएको जर्मनीको विभाजनमा फ्रान्सले पनि हिस्सा पायो र पछि राष्ट्रसंघका पाँच स्थायी सदस्यमध्ये ऊ पनि पर्‍यो।  

सन् १९४३ मा कायरोमा सम्पन्न अमेरिका, बेलायत र चीनको शिखर सम्मेलनमा रुजबेल्ट, चर्चिल र च्याङ काई सेकले भाग लिएका थिए र एसिया प्रशान्त क्षेत्रमा जापानी साम्राज्यको सामना गर्ने रणनीति र युद्धोत्तर कालको राजनीतिक परिदृश्यबारे छलफल गरेका थिए। त्यसबेला सोभियत संघको ध्यान भने पूरै युरोपेली मोर्चामा भएकाले सो सम्मेलनमा उसले भाग लिएन तर युद्धपछिको शक्ति संरचनामा चीनको स्थानबारे प्रतिवाद पनि गरेन।

जहाँसम्म फ्रान्सको प्रसंग छ, यसमा चर्चिलले गरेको चलाखी उल्लेखनीय छ। युद्धको अन्त्यसम्म आइपुग्दा बेलायतको औपनिवेशिक साम्राज्य क्षतविक्षत भइसकेको थियो। दक्षिण एसिया, उत्तर अफ्रिका र मध्यपूर्व जताततै राष्ट्रिय मुक्ति आन्दोलन सबल हुँदै गएको थियो। बेलायतको गिर्दो अवस्थाबारे रुजबेल्ट र स्टालिन जानकार थिए। त्यसैकारण चर्चिलले कतिपय अन्तर्राष्ट्रिय मुद्दा सोभियत संघ र अमेरिका मात्रैले मिलाउन सक्ने र बेलायत उपेक्षित हुन सक्ने खतरा देखे।

शक्ति सन्तुलनको आवश्यकता बुझी उनले बेलायतजस्तै औपनिवेशिक राष्ट्र फ्रान्सलाई विजयी राष्ट्रको क्लबमा घुसाए, यद्यपि फ्रान्सले दोस्रो विश्वयुद्धमा कुनै पनि लडाइँ जितेको थिएन। युद्धको सुरुदेखि नै ऊ आफैं जर्मनीको कब्जामा थियो र उसलाई सम्बद्ध राष्ट्रले स्वतन्त्र गरिदिएका थिए। चर्चिलका अनेक प्रयासबाट नै युद्धपछि गरिएको जर्मनीको विभाजनमा फ्रान्सले पनि हिस्सा पायो र पछि राष्ट्रसंघका पाँच स्थायी सदस्यमध्ये ऊ पनि पर्‍यो।

कुरा के थियो भने युद्धको सुरुआतदेखि नै स्टालिनले रुजबेल्टसँग अमेरिकाले युरोपको पश्चिमतर्फबाट दोस्रो मोर्चा खोलिदिओस् भनेर (पूर्वी मोर्चालाई पहिलो मानिएकाले पश्चिमलाई दोस्रो भनिएको) पटकपटक अनुरोध गरेका थिए। 

दोस्रो विश्वयुद्धको परिणाममा नोर्मान्डी अवतरणको ठुलो महत्त्व छ। युद्धमा अमेरिकी र क्यानेडेली सेनाको प्रवेशले युरोपमा हिटलर विरोधी सम्बद्ध राष्ट्रहरूको शक्तिमा गुणात्मक र परिमाणात्मक अभिवृद्धि ल्यायो र नाजी जर्मनीको शीघ्र पराजय सुनिश्चित गर्‍यो। तर त्यो घटना जति महत्त्वपूर्ण थियो, त्यति नै विवादास्पद पनि रह्यो। कुरा के थियो भने युद्धको सुरुआतदेखि नै स्टालिनले रुजबेल्टसँग अमेरिकाले युरोपको पश्चिमतर्फबाट दोस्रो मोर्चा खोलिदिओस् भनेर (पूर्वी मोर्चालाई पहिलो मानिएकाले पश्चिमलाई दोस्रो भनिएको) पटकपटक अनुरोध गरेका थिए। त्यसो गरेको भए नाजी जर्मनीको सैन्य शक्तिको मार सोभियत संघ एक्लैले थाम्नुपर्ने थिएन।

सन् १९४३ मा सम्पन्न तेहरान शिखर सम्मेलनमा पनि स्टालिनले रुजबेल्टलाई दोस्रो मोर्चा कहिले खोल्ने भनेर प्रश्न गरेका थिए। तर दोस्रो मोर्चाका रूपमा नोर्मान्डी अवतरण त्यस समयमा मात्र भयो, जुनबेला सोभियत संघ जर्मनीलाई एक्लै पनि हराउन सक्ने अवस्थामा पुगिसकेको थियो। स्टालिनग्राद संग्राम जितेर पश्चिमी क्षेत्रका प्रमुख सहरहरू लेनिनग्राद, किभ र मिन्स्क मुक्त गरी सोभियत संघले उत्तरी सागरदेखि कृष्ण सागरसम्मको सिमानामा नियन्त्रण कायम गरिसकेको थियो। यसबाट अमेरिकाले दोस्रो मोर्चा पहिला नखोल्नुको कारण उसको ‘पर्ख र हेर!’ को नीति भएको र नोर्मान्डी अवतरण जर्मनीलाई हराउनुभन्दा पनि युरोपमा सोभियत विजयको दायरा खुम्च्याउने निहित स्वार्थले प्रेरित भएको मानिन्छ। 

पोल्यान्डको ठुलो भूभाग सोभियत युक्रेनमा गाभियो र रोमानियाको बेस्सराबिया क्षेत्र कब्जा गरेर माल्दाभिया सोभियत गणतन्त्र बनाइयो। त्यसै सम्झौताअन्तर्गत सन् १९१८ मा नै लेनिनको समयमा जारशाहीबाट स्वतन्त्र भएका तीन बाल्टिक गणतन्त्रहरू सोभियत संघले पुनः कब्जा गर्‍यो।

हुन पनि युद्धपछि अमेरिकाले जितेका मुलुकहरूमा अमेरिकी ढाँचाको र सोभियत संघले जितेका देशहरूमा सोभियत ढाँचाकै राजनीतिक प्रणाली र सोहीअनुसारको सैन्य गठबन्धन कायम गरियो। अर्थात् दुवै शक्तिकेन्द्रले हिटलरको कब्जामा परेका मुलुकको स्वाधीनताभन्दा आआफ्नै स्वार्थलाई प्राथमिकता दिएका थिए भन्नु मनासिब हुनेछ। 

हिटलरले सोभियत संघमाथि पर्याप्त क्षति पुर्‍याएपछि मात्र उसमाथि ‘जाइ लाग्नु’ बेस भन्ने जुन नीति अमेरिकाले अख्तियार गर्‍यो, त्यस्तै नीति सोभियत संघले पनि युद्ध अगावै अख्तियार गरेको थियो। हिटलरले दोस्रो विश्वयुद्ध घोषणा गर्नुभन्दा एक महिनाअघि सन् १९३९ मा स्टालिन र हिटलरबीच इतिहासमा ‘मोलोटोभ–रिबेनट्रोप सम्झौता’ भनेर चिनिने एक सन्धि भएको थियो, जसअनुसार जर्मनी र सोभियत संघले पोल्यान्ड र रोमानियाको भागबन्डा गरेर कब्जा गरेका थिए।

पोल्यान्डको ठुलो भूभाग सोभियत युक्रेनमा गाभियो र रोमानियाको बेस्सराबिया क्षेत्र कब्जा गरेर माल्दाभिया सोभियत गणतन्त्र बनाइयो। त्यसै सम्झौताअन्तर्गत सन् १९१८ मा नै लेनिनको समयमा जारशाहीबाट स्वतन्त्र भएका तीन बाल्टिक गणतन्त्रहरू सोभियत संघले पुनः कब्जा गर्‍यो। यी भूभाग सोभियत संघले कब्जा गर्नासाथ जर्मनीले पोल्यान्डमाथि आक्रमण गर्‍यो र पोलिस एवं यहुदीहरूको नरसंहार सुरु गर्‍यो।

 सायद युद्ध समाप्तिपछि पहिला कब्जा भएको भूभाग फिर्ता गरेको भए स्थिति अर्कै हुन्थ्यो होला तर बाल्टिक गणतन्त्रहरू र मोल्दोभाले स्वतन्त्रताका लागि अरू पचास वर्ष कुर्नुप¥यो र सोभियत संघको विघटनबाट मात्र त्यो सम्भव भयो।

स्टालिनको उद्देश्य तत्काल हिटलरसँग सम्झौता गरेर उसबाट पाए जति भूभाग लिइहाल्ने, उसलाई बेलायत र अन्य पश्चिमा मुलुकसँगको युद्धमा फसाउने र त्यतिबेरसम्म जर्मनीको सम्भावित आक्रमणका लागि तयारी गर्ने भन्ने थियो। तर स्टालिनको चाल बुझेर हिटलरले चाँडै नै सोभियत संघमाथि अप्रत्यासित आक्रमण गरे। कालान्तरमा सोभियत संघले युद्ध त जित्यो तर इतिहासमा उसले हिटलरसँग सम्झौता गरेको दाग भने मेटिएन।

अहिले पनि पोल्यान्ड र बाल्टिक गणतन्त्रका जनता रुसप्रति क्रोधित छन् किनभने उनीहरूको भूभाग कब्जा गर्न स्टालिन र हिटलरका सेना सँगसँगै आएका थिए। सोभियत संघको विजयलाई उनीहरू आफ्नो विजय मान्दैनन्, युद्धपश्चात् सोभियत संघले खडा गरेका सैन्य स्मारकहरूको सम्मान गर्दैनन्। सायद युद्ध समाप्तिपछि पहिला कब्जा भएको भूभाग फिर्ता गरेको भए स्थिति अर्कै हुन्थ्यो होला तर बाल्टिक गणतन्त्रहरू र मोल्दोभाले स्वतन्त्रताका लागि अरू पचास वर्ष कुर्नुप¥यो र सोभियत संघको विघटनबाट मात्र त्यो सम्भव भयो।

सम्झौता भएको आधा शताब्दीपछि मात्र मिखाइल गोर्बाच्योभको पालामा सो सन्धिका गोप्य कागजहरूको अध्ययन गरी त्यसको प्रतिवेदन सोभियत संसदमा पेश गरियो। सोभियत संघले औपचारिक रूपमा सो सन्धिका कारण भएका घटनाहरूप्रति आफ्नो उत्तरदायित्व स्वीकार गर्‍यो र सन्धिको भत्र्सना गर्‍यो।

दोस्रो विश्वयुद्धको प्रसंगमा सोभियत संघको पाठ्यक्रममा राखिएको इतिहासमा सन् १९४१ मा जर्मनीको हमलापछि घटेका घटनाको विवरण मात्र हुन्थ्यो। तर विश्वयुद्धका पहिला दुई वर्ष (१९३९–१९४१) का घटनाहरूबारे उल्लेख हुँदैनथ्यो र आज पनि रुसी पाठ्यक्रम त्यस्तै छ। त्यसैले हिटलर र स्टालिनबीचको सम्बन्धबारे अधिकांश सोभियत जनता र सोभियत संघप्रति सहानुभूति राख्ने बाह्य विश्वका मानिसहरू पनि अनभिज्ञ थिए। 

सम्झौता भएको आधा शताब्दीपछि मात्र मिखाइल गोर्बाच्योभको पालामा सो सन्धिका गोप्य कागजहरूको अध्ययन गरी त्यसको प्रतिवेदन सोभियत संसदमा पेश गरियो। सोभियत संघले औपचारिक रूपमा सो सन्धिका कारण भएका घटनाहरूप्रति आफ्नो उत्तरदायित्व स्वीकार गर्‍यो र सन्धिको भत्र्सना गर्‍यो।

युद्धमा खेर गइरहेको, खर्बौंको धन सम्पत्ति, प्रविधि र मानवीय पुँजी रोग, भोक र गरिबीको नियन्त्रणमा, शिक्षा र रोजगारीको अवसर जुटाउनुमा, जलवायु परिवर्तन र पर्यावरणसँग सम्बन्धित समस्याहरूको समाधानमा लगानी भएको देख्न चाहन्छन्।

भनिन्छ, ‘कालः सर्वं विरोपयति’ अर्थात् समयले सबै घाउ निको गरिदिन्छ। दोस्रो विश्वयुद्धका घाउहरू पनि निको हुँदै गएका थिए। युद्धपछि सिंगै नयाँ पिँढी हुर्केर उसले पनि अर्को पुस्ता तयार गरिसकेको थियो। युद्धका दुस्मनहरू जर्मनी र रुस, फ्रान्स र जर्मनी, अमेरिका र जापान, जापान र चीनबीच परस्पर हितको सम्बन्ध बन्दै र विस्तार हुँदै गएको थियो। तर हरेक युगले आफ्ना वीरहरू जन्माउनुअघि एक खलनायक जन्माउने रहेछ। त्यस्तै एक खलनायकको पुरानो साम्राज्य ब्युँताउने महत्त्वाकांक्षाको कारण युरोप पुनः एक भीषण युद्धको भुमरीमा फसेको छ र नयाँ युद्धले पुरानो युद्धको घाउमा नुनचुक छरिरहेको छ।

जुन ६ का दिन उत्तरी फ्रान्सको ओमाहा तटमा नोर्मान्डी अवतरणको ८० औं वार्षिकोत्सव मनाइएको छ। जसमा दोस्रो विश्वयुद्धका सम्बद्ध विजयी राष्ट्रका नेताहरू उपस्थित हुनेछन्। तर, रुसलाई यसपटक भने निम्ता गरिएन, भ्लादिमिर पुटिनमाथि अन्तर्राष्ट्रिय फौजदारी अदालतको युद्ध अपराधको अभियोगका कारण। कार्यक्रममा पुराना युद्धका प्रसंग पुनः कोट्याइए, परस्पर आरोपको लहरो तानिए। तर आजका पुस्ता तिनका पुराना झगडाका हिसाबकिताबको पट्यारलाग्दो फेहरिस्त सुन्नुभन्दा भावी विश्वको मार्ग चित्र हेर्न चाहन्छन्। 

युद्धमा खेर गइरहेको, खर्बौंको धन सम्पत्ति, प्रविधि र मानवीय पुँजी रोग, भोक र गरिबीको नियन्त्रणमा, शिक्षा र रोजगारीको अवसर जुटाउनुमा, जलवायु परिवर्तन र पर्यावरणसँग सम्बन्धित समस्याहरूको समाधानमा लगानी भएको देख्न चाहन्छन्।

प्रकाशित: २५ जेष्ठ २०८१ ०८:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App