१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
विचार

सीमा समाधानका उपाय

विचार

यो उखान हाम्रो समाजमा परापूर्वकालदेखि चरितार्थ हुँदै आइरहेको छ, ‘माटाको भर ढुङ्गो, ढुङ्गाको भर माटो’। तर्कशास्त्रमा भनिएको छ, यत्रो आँखाले हेरेर नसकिने विशाल संसार एउटा परमाणु रूपको पनि छ भागको एकभाग मात्रै स्थायी भावको छ। अन्य सारा यो सबै आँखाले देखिने संसार अस्थायी हो भनिन्छ। हेर्नोस् त यत्रो संसार ढुङ्गालाई माटोले अड्याएको छ। माटोलाई ढुङ्गाले अड्याएको छ। यी दुवै एकअर्कोमा अडिएर यत्रो आँखाले हेरेर नभ्याउने संसार बनेको छ। यत्रो संसार निर्माण गर्न यी दुइटा ढुङ्गा र माटाको कत्रो योगदान रहेको छ भनेरै सकिन्न।

यस्तै जस्तो हाम्रो समाज पनि एकअर्काबिना कोही रहन सक्दैनौं। जब मानिस जन्मिन्छ त्यसलाई बाबाआमाको सहयोग चाहिन्छ। बिना बाबुआमा त्यो बालक बाँच्नै सक्दैन, असम्भव हुन्छ। त्यतिले मात्रै पनि पुग्दैन। त्यसलाई अनन्त आवश्यकताहरू आइपर्छन्। त्यसलाई दुध चाहिन्छ, लिटो चाहिन्छ, अनेकथरीका कपडाहरू चाहियो। यो सबै अरूले नै तयार पारेका हुन्छन्। बिरामी होला औषधीमुलो चाहियो आदि आवश्यकताले कुनै पनि मानिस एक अर्कोबिना यो संसारमा बाँच्न सक्दैनन्। र त हामीलाई सहयोगार्थ असल छिमेकीको आवश्यकता पर्दछ। असल छिमेकीहरू सबैका लागि अति नै महत्वपूर्ण हुन्छन्।

नेपालको त्यत्रो भूमि भारतले लिएको छ भन्ने कुरा भारतका ९५ प्रतिशत जनतालाई थाहा छैन। तिनीहरू भन्दै छन्– भारतको भूमि नेपालले मिच्यो। सत्य कुरा हामीले सम्पूर्ण भारतीय जनतालाई बुझाउनुपर्छ।

जहाँ छिमेकीले छिमेकीको सहयोग गर्छन् त्यहाँ सबको दिनचर्या एकदम सजिलोसँग व्यतीत हुन्छ। त्यस्ता ठाउँका मानिसहरू एकदम भाग्यमानी हुन्छन्। तिनलाई सबैकुरा सुखमय बन्न सक्छ, तमाम मानिस सुखमय जीवनयापन गर्नका लागि नै जति जे काम गरिरहेका छौं, त्यही सुखमय जीवनयापन गर्नका लागि सबैले काम गरिरहेका छौं। जब छिमेकी बनेर छिमेकीलाई सहयोग गर्छौं, हामी दुवै छिमेकीको भविष्य उज्ज्वल हुन्छ। जब एउटा छिमेकीले अर्को छिमेकीको नास ग¥यौं भने हामी दुवै छिमेकीको नास हुन्छ। यो अवश्यम्भावी हो। तत्कालैको घटनालाई लिएर रसिया र युक्रेनलाई हेरौं न।

छिमेकी बनेर छिमेकीलाई सहयोग गर्छौं भने दुवै छिमेकीको भविष्य उज्ज्वल हुन्छ । एउटा छिमेकीले अर्को छिमेकीको नास गर्‍यौं भने दुवै छिमेकीको नास हुन्छ। यो अवश्यम्भावी हो। रसिया र युक्रेनलाई नै हेरौं न, दुवैले अरूलाई सिध्याउँछौं, सिध्याइरहेका छौं भनेका छन् तर तिनीहरू आफै सिद्धिइरहेका छन्।

यो दुवैले अरूलाई सिध्याउँछौं, सिध्याइरहेका छौं भनेका छन्। तर तिनीहरू दुवै आफै सिद्धिइरहेका छन्। आफू सिद्धियौं भनेर दुवैले भन्दैनन्। त्यसलाई हेरेर हामी दुवै सतर्क रहनु नै बुद्धिमानी हुनेछ। एउटाले घमण्ड गरेर अर्कालाई सिध्याउँछु भन्यो कि दुवै सिद्धिन्छौं, यो निश्चित छ। भारतले पनि यो कुरा बुझेको छ।

हाम्रो नेपाल र भारतको पनि सीमा विवाद वर्षौंदेखि चलिरहेको छ। यसलाई संयमतापूर्वक कसरी समाधान गर्न सकिन्छ त? भारतले पनि यो कुरा सोचेको हुनुपर्छ। यदि यो कुरा सोचेको छैन भने त्यसको भित्र कुत्सित भावना छ भन्ने कुरा सोह्रै आना हामीलाई ज्ञात हुन आउँछ। यदि होइन भने हाम्रा सीमासम्बन्धि विज्ञ बुद्धिनारायण श्रेष्ठका अनुसार एकहत्तर ठाउँमा हाम्रो सीमा मिचिएको छ। त्यसलाई कसरी समाधान गर्न सकिन्छ त? जसले गर्दा बेलाबेलामा हामी दुवैमा खटपट परिरहेको छ। यसले गर्दा हामी दुवैको मानसिकता पनि बिग्रिरहेको छ। यसले हामी दुवैलाई हानि पुर्‍याइरहेको छ। यसमा हामी दुवैको ध्यान जानु नितान्त आवश्यक देखिन्छ।

भारतले पनि त्यत्रो पूर्व टिष्ठा र पश्चिम काँगडासम्मको नेपालको भूभाग आज पूर्वमा काँकडभित्ता र पश्चिम कालीको शिर सुस्ता कालापानीमा आइपुगेको छ। यसलाई पनि अझै भारतले कालापानीमा भारतीय ब्यारेक राखेर बेलाबेलामा हाम्रो जमिन हो भन्न छोडेको छैन, अवराध गरिरहेको छ।

 नेपालजत्रो त उसको एउटै प्रान्त छ र पनि अझै नेपालमाथि किचलो गर्नु सोह्रै आना भारतको कमीकमजोरी हो भन्न सकिन्छ। गाउँका सिधासादा जनतालाई गाउँको मुखिया तथा जमिनदारले शोषण गरेझैं आजको यो एक्काईसौं शताब्दिमा आएर पनि नेपालभारत सीमा विवादले नेपालकै जनता थिचोमिचोमा परिरहेका छन्।

खुला सिमाना भएका कारण कहिले भारतीय डाँका आएर लुटपाट मच्चाएका हुन्छन्। कहिले हाम्रा महिला दिदीबहिनी बलात्कारमा पर्छन्, कहिले भारतीय पुलिस आएर हाम्रै दाजुभाइलाई धम्क्याउँछन्, तर्साउँछन्। कहिले पारि तर्दै गरेको तुइन खुस्काएर हाम्रै दाजुभाइ मार्छन्। हरेक क्षेत्रमा हाम्रै दाजुभाइले दुःख पाइरहेका छन्। यसर्थ हामीले जति सक्दो चाँडो समाधानको उपाय खोज्नुपर्छ।

भारतले पनि त्यत्रो पूर्व टिष्ठा र पश्चिम काँगडासम्मको नेपालको भूभाग आज पूर्वमा काँकडभित्ता र पश्चिम कालीको शिर सुस्ता कालापानीमा आइपुगेको छ।

१.सर्वप्रथम हामीले त्यहाँका जनतालाई यो भन्नुपर्छ कि तिमीहरूले कमाएको जमिन खोसिने छैन। नेपालको जमिन भएमा तिनलाई नागरिकता पनि दिनुपर्छ। जमिन नखोसिने भएपछि साँचो बोल्नेछन्। साथै पुरानो नक्सा अगाडि राखेर कुरा गर्ने,

२. त्यहाँका स्थानीय, पूर्व एवम् वर्तमान मेयर, उपमेयर, वडाध्यक्षका साथै भारतनिवासी तिनीहरूसँग परिचितसित परामर्श गरेर सीमा निक्र्यौल गर्ने,

३.भारततर्फका पनि मेयर, उपमेयर, वडाध्यक्ष, सिडियो, स्थानीय जनताको रायसल्लाह अनुसार सीमा निर्धारण गर्ने,

४.जतापट्टिको जमिन ठर्हछ, कमाउनेवालालाई त्यतैपट्टिको नागरिकता दिने,

५. तुरुन्तै काँडेतार लगाउने। त्यो जिम्मा तत्तत् ठाउँका वडाध्यक्षलाई दिने ताकि अब आइन्दा त्यहाँका चोरफटाहा-डाँकाले जनतालाई दुःख दिन नसकून्,

६. यसमा पनि विवाद भएमा नेपाल-भारतका सत्तापक्ष विपक्ष सबै बसेर सरसल्लाह गरी समाधान गर्ने,  ७.यो कुरा स्थानीयबाट नै समाधान हुन सक्छ। यसो गर्दा दुवैतर्फको कल्याण हुन्छ। स्थानीय जनताले भनेपछि भारतले पनि मान्न कर लाग्छ।

यसरी हामीले कुरा अगाडि बढाएको खण्डमा अवश्य समाधान हुन सक्छ। यो कुरा नेपालले चाँडै सोचोस्। यदि मानेन भने यसले गर्दा अन्तराष्ट्रिय निकायमा जान पनि यो प्रमाण बन्न सक्छ।

वास्तवमा नेपालको त्यत्रो भूमि भारतले लिएको छ भन्ने कुरा भारतका पञ्चान्नब्बे प्रतिशत जनतालाई थाहा छैन। तिनीहरू भन्दै छन्-भारतको भूमि नेपालले मिच्यो। सत्य कुरा हामीले सम्पूर्ण भारतीय जनतालाई बुझाउनुपर्छ। त्यसैले तिनीहरू सुस्ता कालापानी पनि भारतको हो भनिरहेका छन्। अथवा तिनीहरू थाहा भएर पनि बुझ पचाएर बोलिरहेका छन्। त्यसकारण भारतीय च्यानलबाट बेला बेलामा नेपालको भूमि पश्चिममा काँगडा र पूर्वमा टिष्टासम्म हो भनेर व्यापक गर्न पनि आवश्यक छ।

प्रकाशित: ६ जेष्ठ २०८० ०४:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App