१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

आमाले गरिन् दुई महिने छोरीको हत्या

गुल्मी - जिल्लाको गुल्मी दरवार गाउँपालिका ४ की ३६ बर्षीया जमुना विकले दुई महिनाकी छोरीको हत्या गरेकी छन् । आरोपित विकले दुई महिनाकी छोरी बिस्नु बिकलाई बिहिबार साँझ करिव ७ बजे हत्या गरेको वडाध्यक्ष खुम बहादुर पल्लीले बताए ।

स्थानीयका अनुसार विकले पटक–पटक छोरीको हत्या प्रयास गरेपनि स्थानीयले जोगाउँदै आएको वडाध्यक्ष पल्लीले बताए । आरोपितले छोरीलाई दाउराले कन्चटमा हानेर हत्या गरेकी थिइन् ।

जमुना खुम बहादुर विककाे श्रीमति हुन् । विकलाई गिरफ्तार गरी हिरासतमा राखिएको प्रहरी प्रमुख एसपी दिपक कुमार बस्नेतले बताए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको एसपी बस्नेतले बताए । बालिकाको शव पोेष्टमार्टमको लागि गुल्मी अस्पताल ल्याइएको छ ।

प्रकाशित: ३ जेष्ठ २०७६ ०२:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App