१० भाद्र २०८१ सोमबार
image/svg+xml
समाज

श्रीमानद्वारा जलाउने प्रयास गरिएकी यादवको निधन

काठमाडौं– श्रीमानद्वारा मट्टितेल छर्की जलाउन प्रयास गरिएकी धनुषाको शहीदनगर नगरपालिका वडा नं १ कि २० वर्षीया निर्मलाकुमारी यादवको सोमबार उपचारका क्रममा निधन भएको छ। 

उनको कीर्तिपुरस्थित कीर्तिपुर मोडेल अस्पतालमा उपचारका क्रममा निधन भएको महानगरीय प्रहरीवृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक अनिलकुमार खड्काले जानकारी दिए। यादवको आज दिउँसो ४ बजे निधन भएको हो। 

यही वैशाख ५ गते श्रीमान् मुकेश गोइत यादवले आफ्नै घरको कोठामा थुनी निर्मलालाई मट्टीतेल छर्की जलाउने प्रयास गरेका थिए। मट्टितेल छर्की हत्या प्रयास गरिएकी यादवलाई उपचारका लागि केही दिनअघि मात्र अस्पताल भर्ना गरिएको थियो। 

प्रकाशित: १६ वैशाख २०७६ १३:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App