२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
समाज

तनहुँ दुर्घटनाका मृतकको शव एयर फोर्सको जहाजबाट भारत लगियो

तनहुँको ऐना पहरामा बस दुर्घटनामा परेर मृत्यु भएकाहरूको शव भारत लगिएको छ।भरतपुर अस्पतालमा शव परीक्षण सकेपछि भारतीय एयर फोर्सको जहाजबाट शनिबार  अपरान्ह भरतपुर विमानस्थलबाट भारत लगिएको हो ।

मृतक २७ मध्ये २५ जनाको शव जहाजबाट लगिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।  उनका अनुसार बसका चालक र सहचालकको शव भने स्थल मार्गबाट गोरखपुरतर्फ लगिएको छ ।

मृतकको शव लिन भारतकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से पनि भरतपुर आएकी थिइन । मृतक यात्रुका शव शुक्रवार राती नै आबुखैरहनीबाट भरतपुर ल्याइएको थियो।पोखराबाट काठमाडौं जाँदै गरेको भारतीय पर्यटक बोकेको बस शुक्रवार बिहान ११ः३० बजेको समयमा तनहुँको आबुखैरेनी नजिकै सडकबाट मर्स्याङ्दी नदीमा खस्दा पशुपतिनाथमा दर्शनका लागि हिँडेका २७ पर्यटकको मृत्यु भएको हो ।मृतकमध्ये १५ जना महिला, ११ जना पुरुष  र एक जना चार बर्षकी बालिका रहेकी छन् । घाइते हुनेहरूमा ६ जना पुरुष र १० जना महिला रहेका छन् ।

प्रहरीका अनुसार बसमा  ४३ जना सवार थिए । घाइतेहरूको काठमाडौंमा उपचार भइरहेको छ । मृतक र घाइते हुनेमा भारतको महाराष्ट्रको जल गाउँ जिल्लास्थित भुसावल गाउँका हुन । 

शुक्रवार बिहान पोखराबाट आउँदै गरेको यूपी ५३ एसटी ७६२३ नम्बरको बस तनहुँको आँबुखैरेनी नजिकैबाट मर्स्याङ्दीमा खसेको थियो । दुर्घटना लगत्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले उद्धार गरेका थिए । 

प्रकाशित: ८ भाद्र २०८१ १७:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App