९ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

हत्या आरोपमा चार पक्राउ

रौतहट – महिलाको हत्या गरेको आशंकामा रौतहटबाट प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। रौतहटको गढीमाई नगरपालिका १ हरैयाकी महिलाको हत्या गरेको आशंकामा प्रहरीले चार जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको हो।

सामान्य घरायसी विवादको कारण हरैयाका प्रमोद ठाकुरले जेठी श्रीमती २८ वर्षीया सुनितादेवी ठाकुरलाई टाउकोमा प्रहार गरेपछि गम्भीर घाइते भएकी थिइन्। घाइते महिलाले स्वाङ पारेको हो भन्दै उपचारतिर ध्यान नदिँदा छटपटिएर महिलाको मृत्यु भएको थियो। मृत्यु भएपछि लगत्तै नजिकैको जंगलमा लगी दाहसंस्कारसमेत गरेर ठाकुर परिवार वेपत्ता भएका थिए।  

ठाकुर परिवारको गतिविधिले महिलाको हत्या भएको हुन सक्ने भनी स्थानीयले प्रहरीलाई खबर गरेपछि रौतहट प्रहरी घटनाको अनुसन्धानमा जुटेको छ।

मृतक महिलाले सन्तान जन्माउने तर नबाँच्ने भएपछि ठाकुरले सर्लाहीको हेमपुरकी सुवितादेवी ठाकुरसँग दोस्रो  विवाहसमेत गरेका छन्। मृतक महिलाले छ सन्तान जन्माएकी थिइन् तर एक सन्तान पनि नबाँचेको हुँदा घरमा सबैको अवहेलना सहँदै आएकी थिइन्।

घटनाको अनुसन्धान गर्न रौतहट प्रहरीले मृतक महिलाका श्रीमान प्रमोद ठाकुर, काका–ससुरा रामेश्वर ठाकुरसहित परिवारका दुई महिलालाई पनि पक्राउ गरेको छ। पक्राउ पर्ने महिलाहरुमा निभा ठाकुर र सीमा ठाकुर रहेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय गरुडा प्रहरी निरीक्षक अनमोल खड्काले घटनामा संलग्न रहेको पूर्वानुमानको आधारमा चार जनालाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाइएको र फरार रहेका अन्य केहीको खोजी कार्य भइरहेको बताएका छन्।

प्रकाशित: १७ चैत्र २०७५ ०८:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App