१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

अस्पताल निर्माण गर्ने बिषयमा दुई पक्षबीच झडप, दुई घाइते

बारा- बाराकाे पचरौता नगरपालिकामा निर्माण गरिने नगरस्तरीय अस्पतालको बिषयलाई लिएर सोमबार दुई पक्षबीच झडप भएको छ। झपमा परी फोरमका स्थानीय कार्यकर्ता रमेश यादव र सुखारी प्रसाद यादव घाइते भएका छन्। घाइतेको कलैया अस्पतालमा उपचार भैरहेको बारा प्रहरीले जनाएको छ। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले एक दर्जन अश्रु ग्यास प्रहार गरेकाे छ।

फोरमका स्थानीय कार्यकर्ताले नगरस्तरीय अस्पताल बेल्दारीमा निर्माण गर्न माग गर्दे नगर प्रमुख रमेश यादवलाई ज्ञापन पत्र बुझाउन पचरौता नगरपालिकाको कार्यालय रहेको बेनौलीमा जाँदै गर्दा स्थानीय जलन्धर सिंह र प्रभु पटेल नेतृत्वको समूहले उनीहरु माथि आक्रमण गरेको बारा प्रहरीले जनाएको छ।

बेनौली घर भएका सिंह र पटेल समूहले अस्पताल बेनौलीमै निर्माण गर्नुपर्ने भन्दै बेलदारीमा अस्पताल निर्माण गराउने पक्षमा लागेकोहरु माथि आक्रमण गरेको ईलाका प्रहरी कार्यलय सिम्रौनगढका प्रमुख प्रहरी निरीक्षक खगेन्द्र धमलाले बताए।

बेनौलीमा फोरका स्थानीय कार्याकर्ताहरुलाई बिना कारण कुटेर घाइते बनाएको घटना सार्वजनिक भए लगत्तै फोरमका स्थानीय नेता कार्यकर्ताहरु जम्मा भएर बदला लिन खोज्दा स्थिति तनावग्रस्त बनेको बाराका प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताए। उनका अनुसार स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले एक दर्जन जति अश्रु ग्यास प्रहार गरेको थियाे।

बेनौली र बेल्दारीका स्थानीयबीच अस्पताल निर्माण गर्ने बिषयमा झडप भएको देखिए पनि यसमा फोरम – राजपाका स्थानीय नेताहरुको प्रत्यक्ष संलग्नता रहेको बुझन आएको उनले बताए।

पचरौता नगरपालिकाको प्रमुख रहेका रमेश यादव संघीय समाजवादी फोरमका हुन् भने उपप्रमुख ईन्दु देबी राजपाबाट निर्वाचित भएकी हुन्।

प्रकाशित: ५ कार्तिक २०७५ १५:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App