मानवजाति अहिले विश्वव्यापी संकटसामना गर्दैछ। हुनसक्छ– हाम्रो पुस्ताको सबैभन्दा ठूलो संकट। अबका केही हप्तामा जनता र सरकारले लिने निर्णयले आउँदा वर्षमा विश्वलाई नयाँ स्वरूप दिनेछ। जसले हाम्रो स्वास्थ्य प्रणालीलाई मात्र होइन, अर्थ–व्यवस्था, राजनीति र संस्कृतिलाई नयाँ स्वरूप दिनेछन्। तसर्थ हामीले छिटो निर्णायक कदम चाल्न जरुरी छ।
हामीले हाम्रा कार्यका दीर्घकालीन परिणामपनि ध्यानमा राख्नुपर्छ। हामीले विकल्प छनोट गर्दा तत्कालको खतराबाट बच्ने मात्र होइन, आँधीबेहरी अन्त्यपछिहामी कस्तो प्रकारको संसारमा बस्नेछौं भन्ने कुरा विचार गर्न जरुरी छ। हो, एक दिन अवश्य आँधीबेहरी अन्त्य हुनेछ, मानवजाति बाँच्नेछ, हामीमध्ये अधिकतर अझै बाँच्ने छौं, तर एउटा फरकसंसारमा। अल्पकालीन आपत्कालीन उपायहाम्रो जीवनसँगस्थिर भएर टाँसिनेछन्। आपत्कालको प्रकृति नै यही हो। ती ऐतिहासिक प्रक्रियाभन्दा अगाडि दगुर्छन्।
हामी मतभेदमै अल्झिरह्यौं भने हालको संकट लम्बिने मात्र होइन, भविष्यमा अझ विकराल विपत्तिसमेत आउने सम्भावना छ।
सामान्य समयमा विचार/मर्शमै वर्षौं लाग्ने निर्णय, केही घण्टामै हुनेछन्। यस्तो बेला अपरिपक्व र खतरनाक प्रविधिपनि प्रयोगमा आउँछन्, किनभने केही नगर्दा हुनसक्ने संकट ठूलो हुन्छ। सम्पूर्ण देशलेबृहत्तर सामाजिक प्रयोजनका निम्ति गिनीपिगका रूपमा सेवा गर्छन्। के हुन्छ जब सबैजना घरबाट काम र टाढा बसेर संवाद गर्छन् ? सम्पूर्ण विद्यालय र विश्वविद्यालयअनलाइन हुँदा के हुन्छ? सामान्य समयमासरकार, व्यवसायर शैक्षिक बोर्डयस्ता तरिका प्रयोग गर्न कदापि राजी हुँदैनन्। तर यो सामान्य समय होइन। संकटको समयमा हाम्रासामु २ विशिष्ट प्रकारका रोजाइमात्र रहन्छन् १)निरंकुश निगरानी र नागरिक सशक्तीकरणबीच र २) राष्ट्रवादी एक्लोपन र विश्वव्यापी ऐक्यबद्धताबीच।
छालामुनि पनि निगरानी
महामारीरोक्नसम्पूर्ण मानिसले केही निश्चित मार्गनिर्देशन पालना गर्नैपर्छ। यो हासिल गर्ने २ मुख्य तरिका छन् ः १) सरकारले जनताको निगरानी गर्दै नियम नमान्नेलाई सजाय दिने। अहिले इतिहासमै पहिलोपटक प्रविधिले हरेक मान्छेलाई हरेक बेला निगरानी गर्न सम्भव बनाएको छ। ५० वर्षअघि न केजिबी २४ करोड सोभियत नागरिकको२४सै घण्टा अनुगमन गर्न सक्थ्यो, नत जम्मा परेका सबै सूचना प्रभावकारी तवरले प्रशोधन गर्ने आशा नै गर्न सकिन्थ्यो। केजिबी मानव जासुस र विश्लेषकमा निर्भर थियो र यसले प्रत्येक नागरिकलाई पछ्याउन जासुस राख्न सक्दैनथ्यो। तर अब विश्वका सरकारहाड–छालाका जीवित छायाको सट्टा सर्वव्यापी सेन्सर र कडा निगरानी÷नियमनमा भरोसा गर्न सक्छन्।
कोरोना भाइरस महामारीविरूद्धको लडाइँमा धेरै सरकारले निगरानीका नयाँ उपकरणप्रयोग गरिसकेका छन्। सबभन्दा उल्लेखनीय उदाहरण चीनकै हो।स्मार्टफोनले मान्छेको गम्भीरतापूर्वक निगरानी गर्दै अनुहार पहिचान गर्ने, क्यामेराप्रयोग गरेर मानिसलाई आफ्नो शरीरको तापक्रम, स्वास्थावस्था जाँच र रिपोर्ट गर्न लगाएर चिनियाँ अधिकारीले संदिग्ध कोरोना भाइरसवाहकलाई छिटो पहिचान मात्र गर्न सकेनन्, तिनको चाल र गतिविधि पनि पछ्याउन सफल भए।भाइरसवाहकसँग सम्पर्कमा आएका हरेकलाई चिन्न सके। मोबाइल र फोन एप्सको व्यापक प्रयोगले संक्रमितसँग अन्य नागरिकको निकटताबारे चेतावनी दिन्छ।
यस प्रकारको प्रविधि पूर्वी एसियामा सीमित छैन। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हालसालै इजरायलको सुरक्षा एजेन्सी(खासगरी आतंककारीको सामना गर्न प्रयोग गरिने प्रविधि) लाईकोरोना भाइरसका बिरामीको निगरानी गर्न अनुमति दिए। जब सम्बन्धित संसदीय उपसमितिले उक्त कदमलाई आधिकारिक मन्जुरी दिन अस्वीकार गर्यो, तब नेतान्याहुले ‘आपतकालीन उर्दी’ जारी गरी यो लागू गराए। यसमा नयाँ कुरो केही छैन भनेर पनि तपाईं तर्क गर्न सक्नुहुन्छ। अहिले सरकार र ठूला कम्पनी दुवैले मानिसका गतिविधिनिगरानी गर्न अझै परिष्कृत प्रविधिप्रयोग गरिरहेका छन्।हामी होसियार भएनौं भने यस्ता महामारी, मानव गतिविधि कडा नजरमा राख्ने प्रविधिको इतिहासमा कोसेढुंगा हुनसक्नेछ। यसले त्यस्ता देशमा सामूहिक निगरानी उपकरणको प्रयोग सामान्य पार्न सक्छ, जसलाई उनीहरू अहिलेसम्म अस्वीकार गरिरहेका छन्। योभन्दा पनि अधिकयसले ‘छालामाथि’ देखि ‘छालामुनि’सम्मको खोजपड्तालमा नाटकीय रूपले पदार्पणको संकेत गर्छ। अहिलेसम्म तपाईंको औंलाले तपाईंको स्मार्टफोनको स्क्रिन छोयो र लिंकमा क्लिक ग¥यो भने सरकार तपाईंको औंलाले ठीक क्लिक गरिरहेको छ भनेर जान्न चाहन्थ्यो। तर कोरोना भाइरसका कारणध्यान फेरिएको छ। अब सरकार तपाईंका औंलाको तापक्रम र छालाभित्रको रक्तचाप पनि जान्न चाहन्छ।
आपत्कालीन ‘खिचडी’
‘सर्भिलेन्स’का मामिलामा अडान लिँदा हामीले सामना गर्ने समस्यामध्ये एउटाके हो भने हामीमध्ये कसैले पनि ठ्याक्कै भन्न सकेका छैनौं कि हाम्रो निगरानी कसरी भइरहेको छ र आउने वर्षमा अझ के–के हुन्छन्। निगरानी प्रविधि अहिले नै त्यसरी विकास भइरहेको छ, जुन कुरा १० वर्ष पहिले विज्ञानको काल्पनिक कथाजस्तो लाग्थ्यो। उदाहरणका लागि एउटा काल्पनिक सरकारका विषयमा सोच्नुस्– उसले के माग गर्छ भने प्रत्येक नागरिकले हातमा बायोमेट्रिक बाला लगाउनुपर्छ, जसले शरीरको तापमान र मुटुको चाल२४सै घण्टा निगरानी गरोस्। र, यो डेटा सरकारी कर्मचारीको नियन्त्रण र अनुगमनमा होस्। जसले तपार्इं बिरामी भएको कुरा तपाईले ंभन्दा पहिले थाहा पाउँछ र तपाईं कहाँ जानुभयो, कसलाई भेट्नुभयो भन्ने समेत थाहा पाउँछ। यसोगर्दा संक्रमणका तत्व एकदमै कम एवं निमिट्यान्नै पनि पार्न सकिन्छ। यस्तो प्रणालीले महामारीलाई केही दिनभित्रै यसको बाटैमा रोक्नसक्छ। कुरो त राम्रो सुनिन्छ, होइन ?नकारात्मक पक्ष के हो भने यसले एक नयाँ र भयानक निगरानी प्रणालीलाई वैधानिकता दिन्छ। उदाहरणका लागि तपाईंले सिएनएन लिंकको सट्टा फक्स न्युज लिंकक्लिक गर्नुभयो भने अरूलाई तपाईंको राजनीतिक दृष्टिकोण र व्यक्तित्वबारे समेत केही जानकारी सक्छ। तर कसैले मेरो शरीरको तापक्रम, रक्तचाप र धड्कनको गतिकस्तो छ भनेर निगरानी गर्न सक्छ भने उसले मैले भिडियो हेर्दा मलाई कुन कुराले हसाउँछ वा रुवाउँछ वा साह्रै रिस उठाउँछ भन्ने पनि थाहा पाउन सक्छ।
यहाँ के सम्झन जरुरी छ भने क्रोध, आनन्द, दिक्दारी र प्रेम ज्वरो र खोकीजस्तै शरीरको जैविक घटनाक्रम हुन्। उही टेक्नोलोजी, जसले खोकीचिन्न सक्छ, त्यसले हाँसो पनि थाहा पाउन सक्छ। ठूला कम्पनीर सरकारले हाम्रो बायोमेट्रिक डेटा विशाल मात्रामा जम्मा गर्न सुरू गरे भने तिनले हामीलाई हामीआफैंले भन्दा बढी राम्रोसँग चिन्न सक्नेछन्। तिनले हाम्रा भावनाबारे भविष्यवाणी मात्र गर्न सक्दैनन्, बरु हाम्रा भावनासँग खेलवाड गरी हामीलाई चाहेकाकुरा जे पनि बेच्न सक्छन्, उत्पादन हुन् वा नेता। बायोमेट्रिक अनुगमनले क्याम्ब्रिज एनालिटिकाको डेटा चोर्ने रणनीतिसमेत ढुंगेयुगकोजस्तो देखिनेछ। २०३० मा उत्तर कोरियाको कल्पना गर्नुहोस्– जब प्रत्येक नागरिकले दिनमा २४सै घण्टा बायोमेट्रिक ब्रेसलेट लगाउनुपर्नेछ, तब तपाईंले त्यहाँका महान् नेताका भाषण सुन्नुभयो भने यस्तो ब्रेसलेटले उनलाई तपाईंको क्रोधको संकेत दिनेछ।
तपाईंपक्कै पनि बायोमेट्रिक निगरानीलाई आपत्कालीन स्थितिमा अपनाइएको अस्थायी उपाय ठान्नुहुन्छ। र, आपत्काल सकिएसँगैयो हट्ने सोच्नुहुन्छ। तर यसको नकारात्मक पाटो के हुन्छ भने यो आपत्कालीन समय सकिएपछि पनि यो निगरानी जारी नै रहन्छ। उदाहरणका लागि– मेरो घर इजरायलले सन् १९४८ मा स्वतन्त्रताका लागि गरिएको युद्ध क्रममा आपत्कालीन अवस्था घोषणा ग¥यो, जसले प्रेस सेन्सरसिप र भूमि कब्जादेखि विशेष अस्थायी नियमसम्मको औचित्य प्रमाणित गर्न आपत्कालीन ‘खिचडी’ बनायो (मजाक नठान्नु होला है)। स्वतन्त्रता लडाइँ निकै अघि जितिसकियो, तर इजरायलले कहिले पनि आपत्काल अन्त्य गरेन र १९४८ को ‘अस्थायी’ उपाय हटाएन (धन्य, सन् २०११ मा आपत्कालीन ‘खिचडी’ उर्दी रद्द भयो)।
कोरोना भाइरसबाट हुने संक्रमण दर शून्यमा झर्दा पनि डेटाका भोका केही सरकारले बायोमेट्रिक निगरानी प्रणाली जारी नै राख्नुपर्ने तर्क गर्न सक्छन्। किनकि उनीहरू भन्न सक्छन्–कोरोना भाइरसको दोस्रो लहरको डर छ वा मध्यअफ्रिकामा नयाँ खालको इबोला बढ्न सक्छ वा...तपाईंले बुझिहाल्नु भो। हाम्रो गोपनीयताका विषयमा हालैठूलो रडाको मच्चिएको छ। कोरोना भाइरस संकट यो लडाइँको उत्कर्ष बिन्दु हुनसक्छ। अझ त्यस्तो अवस्थामाजब मानिसलाई गोपनीयता र स्वास्थ्यबीच एक विकल्प दिइन्छ, तब उनीहरू सामान्यतया स्वास्थ्य नै छान्छन्।
साबुन प्रहरी
मानिसलाई गोपनीयता र स्वास्थ्यमध्ये एउटा छनोट गर भन्नु नै वास्तवमा समस्याको जरा हो। किनकि यसो भन्नुनै गलत कुरा हो। हामीले गोपनीयता र स्वास्थ्य दुवै पाउनुपर्छ। कोरोना भाइरस महामारीरोक्ने क्रममा हामीले आफ्नो स्वास्थ्य रक्षालाई प्राथमिकता दिनैपर्छ, तर सम्पूर्ण अधिनायकवादी निगरानी प्रणालीस्थापना गरेर होइन,बरु नागरिकलाई सशक्त बनाएर। हालैकादिनमा कोरोना भाइरस महामारीरोक्न सबैभन्दा सफल भएका केही प्रयासदक्षिण कोरिया, ताइवान र सिंगापुरले गरेका थिए। यी देशले मान्छेका गतिविधिनिगरानी गर्ने प्रविधिको केही उपयोग त गरे, तर ती व्यापकस्तरको परीक्षण, इमान्दारीसाथ रिपोर्टिङ र सुसूचित जनताको सहयोगमा बढी भर परे।
केन्द्रीकृत अनुगमन र कठोर सजाय– मानिसलाई हित हुने कुरापालना गराउने एक मात्र तरिका होइन। जब नागरिकलाई वैज्ञानिक तथ्यबताइन्छर उनीहरू यो बताउने सार्वजनिक अधिकारीप्रति विश्वास गर्छन्, तब उनीहरू ‘ठूल्दाइ’ले चियोचर्चो नागरीकनै सही काम गर्न थाल्छन्। आत्म–प्रेरित र सुसूचित नागरिक कडा निगरानीमा रहेका अज्ञानी नागरिकभन्दा धेरै शक्तिशाली र प्रभावी हुन्छन्। उदाहरणका लागिसाबुनले हात धुने कुराकै बारेमा विचार गर्नुहोस्– यो मानव स्वच्छतामा अहिलेसम्मको सबैभन्दा ठूलो प्रगति हो। यो साधारण कार्यले हरेक वर्ष लाखौंको जीवन बचाउँछ।तर हामी यसलाई हल्का रूपमा लिन्छौं। १९औं शताब्दीमा आएर मात्र वैज्ञानिकले साबुनले हात धुनुको महत्व पत्ता लगाए। आज अर्बाैं मान्छे सधैं आफ्नो हात धुन्छन्, प्रहरीसँग डर लागेर होइन, बरु तथ्य बुझेकाले। पहिला–पहिला डाक्टर र नर्स पनि हात नधोई एउटा शल्यक्रियापछि अर्को शल्यक्रिया गर्नेगर्थे। आज दिनहुँ अर्बाैं मानिसआफ्ना हात धुन्छन्, प्रहरीको डरले होइन। म साबुनले हात धुन्छु, यसकारण कि मैले के बुझेको छ्ु भने हातमा रहने साना जीवाणुले रोग निम्त्याउँछन् र मलाई थाहा छ कि साबुनले ती जीवाणु हटाउन सक्छ।
तर अनुपालन र सहयोगको त्यस्तो स्तर प्राप्त गर्न विश्वासको आवश्यकता हुन्छ। मानिसले विज्ञानमा विश्वास गर्नुपर्छ, सरकारी अधिकारी र मिडियालाई विश्वास गर्न। बितेका केही वर्षमा गैरजिम्मेवार नेताले जानाजानी विज्ञान, सार्वजनिक अधिकारी र मिडियाप्रति विश्वास घटाउने काम गरेका छन्। आजप तिनै गैरजिम्मेवार राजनीतिकर्मी तानाशाहीको बाटोमा लाग्न उद्दत छन्। तिनको तर्कमा तपाईं, जनताले सही कुरा गर्न सक्छ भन्नेमा विश्वास गर्न सक्नुहुन्न। सामान्यतया वर्षौंदेखि घटेको विश्वास रातारात पुनः बढाउन सकिँदैन। तर अहिलेको समय सामान्य समय होइन। संकटको यस क्षणमामान्छेको दिमाग पनि छिटो परिवर्तन हुनसक्छ। तपार्इं आफ्ना भाइबहिनीसँग वर्षौंसम्म कटु तर्क गर्न सक्नुहुन्छ, तर जब कुनै आपत् आइलाग्छ, तब तपार्इं त्यही सम्बन्धमा अचानक विश्वास र इमान्दारीको भण्डार पत्ता लगाउनुहुन्छ र एकअर्कालाई सहयोग गर्न हतार गर्नुहुन्छ। चियोचर्चो गर्ने प्रणालीनिर्माण गर्नुको सट्टा विज्ञान, सार्वजनिक पदमा बसेका अधिकारी र मिडियाप्रति मानिसको विश्वास पुनः जगाउन अझै ढिला भइसकेको छैन।
हामीले निश्चित रूपमा नयाँ प्रविधिउपयोग पनि गर्नुपर्छ, तर ती प्रविधिले नागरिकलाई सशक्त बनाउनुपर्छ। म मेरो शरीरको तापक्रम र रक्तचाप अनुगमनका पक्षमा छु, तर त्यो तथ्यांक (डेटा) सर्वशक्तिमान् सरकार बनाउन प्रयोग गरिनु हुँदैन।बरु त्यो डेटाले मलाई अझ सही कुरा छनोट गर्न सक्षम बनाओस्, साथै सरकारलाई उत्तरदायी बनाउन। मैले मेरो स्वास्थ्य२४सै घण्टा निगरानी गर्न सकेका खण्डमा म अरू मानिसको स्वास्थ्यका लागि कत्तिको खतरनाक छु कि छैन भन्ने मात्र होइन, कुन बानीले मेरो स्वास्थ्यमा योगदान पुर्याउँछ भन्ने पनि थाहा पाउँछु। कोरोना भाइरसको फैलावटबारे विश्वसनीय तथ्यांक थाहा पाउन र विश्लेषण गर्न सकें भने म सरकारले मलाई सत्य बताइरहेको छ वा छैन र यसले महामारीविरूद्ध लड्न सही नीतिअपनाइरहेको छ वा छैन भनेर निर्णय गर्न सक्षम हुनेछु।
जब सर्भेलेन्सकोकुरा आउँछ, तब त्यही निगरानी प्रविधिको प्रयोगव्यक्तिगत अनुगमनका लागि सरकारले मात्र प्रयोग गर्दैन, नागरिकले पनि सरकारको निगरानी गर्न प्रयोग गर्न सक्छन्। यसकारण कोरोना भाइरस महामारी हाम्रो नागरिकको प्रमुख परीक्षा हो। आगामी दिनमाहामी प्रत्येकले वैज्ञानिक तथ्यांक र स्वास्थ्य विशेषज्ञलाई निराधार षड्यन्त्रका सिद्धान्तर स्वार्थी नेताभन्दा माथि राखेर निर्णय गर्न सक्नुपर्छ। हामी सही छनोट गर्न असफल भयौं भने हामी आफैंले सबैभन्दा अनमोल हाम्रो स्वतन्त्रता अरूलाई बुझाउनेछौं। यो सोचेर कि हाम्रो स्वास्थ्य सुरक्षित राख्ने यही एकमात्र तरिका हो।
विश्वव्यापी योजनाको आवश्यकता
हामीले सामना गर्ने दोस्रो महत्वपूर्ण विकल्प भनेको राष्ट्रवादी सोचको एक्लोपन र विश्वव्यापी ऐक्यबद्धतामध्ये एक हो। महामारी र यसको परिणामले हुने आर्थिक संकटविश्वव्यापी समस्या हुन्। जसको समाधान विश्वव्यापी सहयोग र सहकार्यबाट मात्र गर्न सकिन्छ। सबैभन्दा पहिले यो भाइरसलाई परास्त पार्न हामीले यसबारेको जानकारी विश्वव्यापी रूपमासाझा बनाउनुपर्छ। मानिसयो मामिलामा भाइरसभन्दा पक्कै माथि छन्। चीनकाकोरोना भाइरस र अमेरिकाकाकोरोना भाइरसले मानिसलाई कसरी संक्रमण गर्ने भनेर आपसमा सल्लाह गर्न सक्दैनन्। तर चीनले अमेरिकालाई कोरोना भाइरसलाई कसरी तह लगाउने भन्ने विषयमा अमूल्य जानकारी÷अनुभव दिन सक्छ। इटालियन डाक्टरले बिहान मिलानमा पत्ता लगाएको तथ्यले साँझतेहरानमा कसैको ज्यान बचाउन सक्छ। जब बेलायत सरकार अनेक नीति–नियमबीच अलमलमा पर्छ, तब उसले कोरियाबाट सल्लाह लिन सक्छ, जसले १ महिनाअघि यस्तै दुविधा भोगेको थियो। तर यो हुनाका लागिहामीमा विश्वव्यापी सहयोग र विश्वासको भावना चाहिन्छ।
विश्वका देशआआफ्ना जानकारी खुला रूपमा साझा बनाउन इच्छुक हुनुपर्छ र नम्रतापूर्वक सल्लाह माग्न तयार रहनुपर्छ र प्राप्त डेटा र अन्तरदृष्टिलाई विश्वास गर्न सक्नुपर्छ। चिकित्सा उपकरणउत्पादन र वितरण गर्न पनि विश्वव्यापी प्रयास आवश्यक छ, विशेष रूपमा परीक्षण गर्ने संयन्त्र र श्वासप्रश्वासका मेसिन। प्रत्येक देशले स्थानीय रूपमा कोसिस गर्नुको सट्टा र जे पायो त्यही उपकरण भण्डारण गर्नुको सट्टाविश्वव्यापी साझा प्रयासले उत्पादनको गति मज्जाले बढाउन सकिन्छ र जीवनरक्षक उपकरणकोनिष्पक्ष वितरणको सुनिश्चित गर्न सकिन्छ। जसरी देशहरूले युद्धका बेला प्रमुख उद्योगलाई राष्ट्रियकरण गर्छन्, त्यसरी नै कोरोना भाइरसविरुद्धको अहिलेको युद्धमाहाम्रा महत्वपूर्ण उत्पादन शैलीलाई ‘मानवीय’ बनाउन आवश्यक छ। कोरोना भाइरसको संक्रमण थोरै भएका धनी देशधेरै संक्रमित देखिएका गरिब मुलुकमा बहुमूल्य उपकरणपठाउन इच्छुक हुनुपर्छ। यो भरोसा र विश्वास राख्दै कि पछि आफूलाई सहयोग चाहिएका बेला अन्य देशपनि यसैगरी सहयोग गर्न तत्पर होउन्।
यस्तै वैश्विक प्रयासचिकित्साकर्मी जगेडामा राख्ने सम्बन्धमा पनि विचार गर्न सक्छौं। हलकम प्रभावित देशले संसारकासबैभन्दा प्रभावित क्षेत्रमा मेडिकल स्टाफ पठाएर सहयोग गर्न सक्छन्। यसो गर्दा आवश्यकता परेका बेला सहयोग हुन्छ र बहुमूल्य अनुभव पनि प्राप्त गर्न सकिन्छ। पछि महामारीकोकेन्द्रबिन्दु परिवर्तन हुँदायस्तो सहयोग विपरीत दिशामा केन्द्रित हुन सक्छ। आर्थिक पक्षमा पनि विश्वव्यापी सहयोग आवश्यकछ। अर्थतन्त्र र आपूर्ति शृंखलाको विश्वव्यापी प्रकृतिका आधारमा प्रत्येक सरकारले अरूलाई बेवास्ता गरेर आफ्ना काम गरे भने परिणाम उल्टो आउनेछ।
हामीलाई एउटा विश्वव्यापी कार्ययोजना आवश्यक छ र यो छिटो चाहिएको छ। अर्को आवश्यकता– यात्राका सम्बन्धमा विश्वव्यापी सम्झौता हो। महिनौंसम्म सबै अन्तर्राष्ट्रिय यात्रा स्थगन गर्नुले ठूलो कठिनाइ उत्पन्न गर्न सक्छ र कोरोना भाइरसविरुद्धको युद्धमा अवरोध ल्याउन सक्छ। कम्तीमा अत्यावश्यकीय कामका यात्रुलाई एक सीमानाबाट अर्को सीमाना पार गर्नसक्ने प्रक्रीया जारी राख्न देशले सहयोग गर्न आवश्यक छ, जस्तो : वैज्ञानिक, डाक्टर, पत्रकार, राजनीतिकर्मी, व्यवसायी। यस्ता यात्रुको पूर्वनिरीक्षण उनीहरूकै देशद्वारा वैश्विक सम्झौतामार्फत गर्न सकिन्छ। गहनतासाथ जाँच गरिएका यात्रुलाई मात्रै हवाईजहाजमा यात्राको अनुमति दिइन्छ भनेर तपाईंलाई थाहा छ भने अन्य देशतपाईंको देशका यात्रुलाई स्वीकार गर्न अझ इच्छुक हुनेछन्।
दुर्भाग्यवश, वर्तमानमा देशहरूले बिरलै यस्ता कुनै काम गरेका छन्। एउटा सामूहिक पक्षाघातले अन्तर्राष्ट्रिय समुदायलाई कक्रक्क पारेको छ। अहिलेको जस्तो अवस्थामा कोही पनि वयस्क र बुद्धिमान्जस्ता देखिएका छैनन्।एक साताअघि नै संसारभरिका नेताको आपत्कालीन बैठक बसेर साझा कार्ययोजना बन्ने अपेक्षा गरिएको थियो। जि–सेभेनका नेताले बल्ल यस हप्ता मात्र भिडियो सम्मेलन गरे, तर यसप्रकारको कुनै योजना बनाउन सकेनन्।
अघिल्ला विश्वव्यापी संकटहरू– जस्तै : २००८को वित्तीय संकट र २०१४को इबोला महामारी, जसमा अमेरिकाले विश्वव्यापी नेतृत्वको भूमिका निर्वाह ग¥यो। तर वर्तमान अमेरिकी प्रशासनले नेतृत्व लिने कामलाई तिलाञ्जलि दिँदै स्पष्ट भनेको छ–अमेरिका आफ्नै महानताबारे बढी ध्यान दिन्छ, मानव जातिको भविष्यबारे होइन। यो प्रशासनले आफ्नो निकटतम सहयोगीलाई समेत त्यागेको छ। जब अमेरिकाले युरोपेली देशबाट सबै यात्रामा प्रतिबन्ध लगायो, ती मुलुकलाई पूर्वसूचनासमेत नदिईकनै। त्यो कठोर कदमबारे युरोपेली समुदायसँग सल्लाह गर्ने कुरा त परै छाड्दिऊँ। आरोपअनुसार बरु जर्मनीको एक औषधिउत्पादककम्पनीलाई कोभिड–१९को नयाँ भ्याक्सिनको एकाधिकार खरिद गर्न १ बिलियन डलरको प्रस्ताव राखेर जर्मनीलाई नै शंकाको घेरामा पु¥यायो। अन्ततः वर्तमान प्रशासनको कसैगरी दिशा परिवर्तन भयो र विश्वव्यापी कार्ययोजना बनाएर अमेरिका अघि स¥यो भने पनि जिम्मेवारी नलिने नेताको पछि को लाग्ला र, जो कहिल्यै गल्ती स्वीकार्दैन, जो योजनाबद्ध तरिकाले सबै श्रेय आफैं लिन खोज्छ र दोष जति अरूलाई दिन्छ।
अमेरिकाले छोडेको यो शून्यता अन्य देशले भरेनन् भने वर्तमान महामारीरोक्न कठिन मात्र हुने छैन, यसले भविष्यमा अन्तर्राष्ट्रिय सम्बन्धलाई नै विषाक्त बनाउनेछ।तर संकट एउटा अवसर पनि हो। आशा गरौं– वर्तमान महामारीले विश्वव्यापी मतभेदले मानवजातिबीच खडा गरेको गम्भीर खतराबारे पनि महसुस गर्न सहयोग पु¥याउनेछ। हामीले मानवता छनोट गर्न आवश्यक छ– विभाजनकै यात्रा जारी राख्ने कि विश्वव्यापी ऐक्यबद्धताको बाटो समात्ने ?हामी मतभेदमै अल्झिरह्यौं भने हालको संकट लम्बिने मात्र होइन, भविष्यमा अझ विकराल विपत्तिसमेत आउने सम्भावना छ। तर हामी विश्वव्यापी रूपमा एक भयौं भने यो कोरोना भाइरसविरूद्ध मात्र होइन, भविष्यमा आउने जुनसुकै महामारी एवं २१औं शताब्दीमा मानवजातिको अहित गर्ने हरेक संकटविरुद्ध विजय हासिल गर्न सक्षम हुनेछौं।
(युवल नोहा हरारी ‘सेपियन्स’, ‘होमो ड्युस’ र ‘२१औं शताब्दीका लागि २१ शिक्षा’जस्ता पुस्तकका लेखक हुन्। प्रतिलिपिको अधिकार लेखकमा सुरक्षित।)
(भावानुवाद : रवि अधिकारी)
प्रकाशित: १५ चैत्र २०७६ ०७:१५ शनिबार