७ वैशाख २०८१ शुक्रबार
अन्तर्वार्ता

व्यवस्था अनुसारको ‘अवस्था’ निर्माण गर्न मेरो उम्मेदवारी : न्यौपाने

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारहरु गाउँ केन्द्रीत बनिसकेका छन्। मतदाताको घर दैलोमा पुगेर मतदाता संगको सामिप्यता कसिरहेका उनिहरुले आआफ्ना एजेण्डालाई समेत मतदाता समक्ष प्रस्तुत गरिरहेका छन्। यसै शिलशिलामा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका प्रवक्ता तथा दाङ २ ख का प्रदेशसभा सदस्य उम्मेदवार प्रचण्ड न्यौपाने पनि मतादाताहरु संगको साक्षात्कारमा व्यस्त छन् ,अनि आफ्ना चुनावी एजेण्डा सुनाईरहेका छन्। उनको चुनावी अयियानका सन्दर्भमा रहेर नागरिककर्मी देवेन्द्र बस्नेतले न्यौपानेसंग कुराकानी गरेका छन्।  

तपाईको उम्मेदवारी किन?

हिँजो हामीले नेपालमा नयाँ ब्यवस्था गणतन्त्र ल्यायौँ। आम नेपालीहरुको अवस्था बदललियोस् भनेर हामीले मुलुकको व्यवसथा परिवर्तन गरेका हौँ नि। तर मुलुकमा बदलिएको व्यवस्था अनुरुप आम नागरिकको अवस्था बदलियो कि बदलिएन ? भन्ने अहिलेको मुल प्रश्न हो। अहिले पनि हामीहरु हाम्रो मौलिक अधिकार प्राप्तीका लडिरहनु परेको छ , कतिले लडेर पाएका हौँला पहुँच नहुनेहरु लडेर पनि त्यो अधिकार प्राप्ती गर्न सकिरहेका छैनौँ। यसर्थ मेरो उम्मेदवारी आम नेपालीले मौलिक अधिकार सहजै पाउनु पर्छ भन्ने अभियानको प्रारुप हो। राज्यलाई आम नेपालीहरु प्रति उत्तरदायि बनाउनु अहिलेको प्रमुख अपरिहार्य बिषय हो। अतः यो सिस्टम बसाल्नका लागि मैले आफूलाई अहिले प्रदेशसभा सदस्यको उम्मेदवारका रुपमा प्रस्तुत गरेको छु।

चुनावी अभियानमा लाग्दै गर्दा आम मतदाताहरुको मनोभाव के पाउनु भयो?  

मैले अघि पनि भनेँ , कि आम नागरिकको एकै प्रकारको गुनासो छ , सहजै मौलिक अधिकार कसरी प्राप्ती गर्ने ? यो अधिकार दिलाईदिने भन्दै बर्षौ देखि कबुल गर्दै आएका राजनीतिक दलहरुप्रति मतदाताको गुनासो छ। सहजै मौलिक अधिकार प्राप्ती हुन्छ भन्ने आशमा मत हाल्दै आएका आमनागरिकहरुले त्यो अधिकार अहिले सम्म पनि पाउन नसक्दा दलहरु प्रति निराशा जाग्नु स्वाभाविकै पनि हो। चुनाव आउँछ आश्वासन ठूलै पाईन्छ, तर व्यवहारत : त्यो आश्वासन पुरा हुँदैन भन्ने जनगुनासो ब्यापक रुपमा छ। यो गुनासोलाई सम्बोधन गर्ने दायित्व राजनीतिक दल र दलका हामी प्रतिनिधिहरुकै हो नि। अतः आम मतदाताको यो गुनासोलाई दिर्घकालिन रुपमा समाधान हुने गरि काम गर्नका लागि मैले आफ्नो तर्फबाट कुनै कसर बाँकी राख्ने छैन।

कसरी फकाईरहनु भएको छ मतदाताहरुलाई?

म पहिलो पटक जनप्रतिनिधिका रुपमा आफूलाई उम्मेदवारका रुपमा प्रस्तुत गरेको छु। विद्यार्थी राजनीति देखि अहिले सम्मको  २९ बर्षे लामो मेरो राजनीतिक जीवनमा अहिले सम्म मैले आफूलाई जनप्रतिनिधिका रुपमा प्रस्तुत गर्ने अवसर पाएन, वा चाहेन यो एउटा कुरा भयो। अहिले आफूलाई मैले जनप्रतिनिधिको उम्मेदवारका रुपमा प्रस्तुत गर्दा म त हिँजोको दिन भन्दा आज बढि मतदाताहरुसंग समिपमा रहेर साक्षात्कार गर्ने अवसर मलाई प्राप्त भएको छ। यो अवसर मेरा लागि जीतका लागि मात्रै हैन, म राजनीतिकर्मी भएको नाताले मलाई आम मतदाताहरुको मनोभावलाई झनै नजिकबाट नियाल्ने मौका पनि मिलेको छ। म चुनावी अभियानका क्रममा घरदैलोमा पुग्दा मतदाताहरुको गुनासा, असन्तुष्टिहरु सुनेको छु। र ति असन्तुष्टि गुनासाहरुको सम्बोधनको खाका तयार पारिरहेको पनि छु। र यो मेरो प्रण पनि हो, कि आम नागरिकको मौलिक अधिकार प्राप्तीका लागि मेरो सकृयता, दौड  या लडाई नै भनौँ , जारी राख्ने छु। म भत्ता प्राप्तीका लागि मात्रै नभई काम गरेर देखाउन शासह राख्छु र काम गरेर देखाउने प्रण पनि मैले मनै देखि गरेको छु। मूलतः आम मतादताहरुलाई मौलिक अधिकार कसरी प्रदान गर्ने भन्ने मेरो योजना मैले मतदाताहरुलाई सुनाईरहेको छु ,उहाँहरु म प्रति सकारात्मक हुनुहुन्छ। र अर्को कुरा म युवा भएको नाताले पनि युवाले केहि गर्छ भन्ने आशा पनि मतदाताहरुमा जागेको छ। र मैले फेरी पनि भन्छु , म बोली मा मात्रै हैन, कर्ममा बिश्वास राख्ने मान्छे हुँ। र यो कर्म गर्ने ठूलो अवसर मेरा अगाडी छ। काम गर्ने यो अवसर मैले पाउनै पर्छ र पाउँछु पनि।

तपाईले जित्ने आधार?  

मूलतः हिँजो पटक पटक संविधान मास्ने प्रयास भयो। यो तितो घटना देखि हामी सबै जानकार नै छौँ। यो संविधान जोगाउनका लागि दलहरु बिच गठबन्धन निर्माण भयो। यो गठबन्धन राष्ट्र हितका पक्षमा निर्माण भएको गठबन्धन हो भन्नेमा पनि हामी सबै जानकार छौँ। पहिलो कुरा त म राष्ट्र हितका लागि बनेको गठबन्धनको साझा उम्मेदवार भएकाले पनि मतदाताहरुले यो राष्ट्रबादी गठबन्धनको उम्मेदवार भनेर मलाई चिन्नु हुन्छ, मन पराउनु हुन्छ र राष्ट्रहितका पक्षमा मतदान गर्नु हुन्छ। अनि दोस्रो कुरा अहिले मतको आँकलन गर्ने हो भने गठबन्धनको मत संख्या पनि बिपक्षी दलहरुको भन्दा बढि नै छ। हिँजोको स्थानीय तहको निर्वाचन मत परिणामले पनि त्यो देखाएको छ। यसर्थ गठबन्धन प्रति बिश्वास जागेको छ भन्दा फरक पर्दैन। र तेस्रो कुरा म युवा समूहबाट चुनिएको उम्मेदवार हो। अब बिकास, समृद्धिका लागि युवाको खाँचो छ भन्ने बहुमत भीडको प्रतिनिधिको रुपमा म मैदानमा उत्रिएको छु। अहिले मेरो चुनावी अभियानका क्रममा पनि यो युवाले केहि गर्न सक्छ भन्ने दृढ बिश्वास जागेको मैले पाएको छु। मतदाताहरुमा देखिएको यहि बिश्वासले नै मलाई जिताउनेमा म ढुक्क छु।

गठबन्धन कार्यान्वयनको पाटो बलियो बन्ला?  

हिँजो स्थानीय तहको निर्वाचनमा थोरै समस्या भयो कि भन्ने आशंकाका स्वरहरु नसुनिएका हैनन्। एउटा कुरा स्थानीय तहको निर्वाचनमा आकांक्षीहरु धेरै हुने भएकाले पनि टिकट नपाउनेहरुको असन्तुष्टि पनि स्वाभाविकै रुपमा बढ्छ नै। तथापी समग्र देशभरको स्थानीय तहको नतिजालाई हेर्ने हो भने गठबन्धन त सफल भएको छ नि। यसर्थ गठबन्धन कार्यान्वयनको पाटो गठबन्धनमा रहेका सबै दलहरुबाट ईमानदारी रुपमा कार्यान्वयन भएको हो नै। त्यो बेला सामान्य रुपमा देखिएका छिटफूट असन्तुष्टिहरु अबको निर्वाचनमा देखिने कुरा हुँदैन। एक त अहिलेको निर्वाचन स्थानीय तहको निर्वाचन हैन। उपल्ला संसदहरुको निर्वाचन भएकाले गठबन्धन कार्यान्वयनका लागि यसमा आवद्ध दल र मतदाताहरु जिम्मेवार भएर लाग्नु हुन्छ नै। अनि अर्को कुरा अहिलेको लडाईँ भनेको संविधान मास्न खोज्ने र बचाउन खोज्नेहरु बिचको लडाईँ हो। यो लडाईमा संविधान जोगाउन खोज्ने गठबन्धन ठिक कि संविधान मास्न खोज्ने अरु शक्ति ठिक ? भनेर पार्टीका आम नेता कार्यकर्ता मात्रै हैन, आम मतदाताहरुले सहजै बुझेको कुरा हो नि। फेरी स्थानीय तह देखि अहिले सम्मको गठबन्धन कार्यान्वयनको शिशिलामा फरक सिद्धान्त बोकेका दल र हामी नेता कार्यकर्ताहरु बिचको अन्तरघुलन मजवुत बनिसकेको छ। अब एकले अर्को दलको अस्तित्वलाई स्वीकार गरेर मतदान गर्नका लागि कुनै शंकोच छैन। र यो हुनु पनि हुँदैन। अब हुने मतदान यो गठबन्धनमा रहेका दलहरुको जीत मात्रै भन्दा पनि संविधान जोगाउने र राष्ट्र जोगाउनका निम्ती हो भनेर गठबन्धनमा आवद्ध दलका नेता र कार्यकर्ता संगै आममतदाताहरुले महशुस गर्नै पर्छ। 

प्रकाशित: १ कार्तिक २०७९ १३:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App