लुम्बिनी प्रदेश: राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि पाण्डे र खड्काको उम्मेदवारी
राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशमा दुईजनाको उम्मेदवारी परेको छ।
राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशमा दुईजनाको उम्मेदवारी परेको छ।
हप्ता दिन अघि जिल्लामा ‘रेम्डिसिभिर’ औषधिको अभाव भयो । कोरोनाका बिरामीहरुलाई दिईँदै आएको यो औषधिको अभाव भएपछि बिरामीका आफन्त नेपालगन्जसम्म यहि औषधिका लागि भौँतारिए ।
चिया गफमा ब्यस्त एउटा युवा समूह। चिया छलफलकै क्रममा उनीहरुले एउटा सोँच बनाए ‘कोरोनाको यो महाबिपत्तिमा हामीहरुले के गर्न सक्छौँ?’ कोरोना महामारीमा मानवता जगाउन उनीहरु हरेकले एक एक नयाँ योजना ल्याए। उनीहरुको चिया छलफलले एउटा निष्कर्ष निकाल्यो ‘कोरोना संक्रमितहरुलाई पौष्टिक आहार खुवाउने।’
घोराहीका भोजराज अधिकारीले तीनवटा हल कोठा सहित २३ कोठाका दुईवटा भवन आइसाेलेसनका रुपमा निःशुल्क प्रयोग गर्न दिएका हुन् । ‘मान्छे उपचार नपाएर मर्नु पर्ने अवस्था आउन थाल्यो, यो बेला हामी सबैमा मानवता जाग्नु पर्छ,’ अधिकारीले भने ‘यो बेलामा कोरोना संक्रमितहरुको उपचारमा सहजता ल्याउनका लागि घर उपलब्ध गराएको हुँ ।’
जिल्लाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अन्य रोगका बिरामीको उपचारसंगै कोरोनाका बिरामीहरुको समेत उपचार गर्दै आईरहेको छ । तीन दर्जन बढी कोरोनाका बिरामीको उपचार गरिरहेको प्रतिष्ठानसंग आफ्नै अक्सिजन प्लान्ट छैन । फलतः कोरोना संक्रमितहरुको उपचारमा असहज भैरहेको छ ।
निर्माण व्यवसायि महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष बलिभद्र रानाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अक्सिजन उपलब्ध गराएका छनन्। उनले २५ सिलिण्डर अक्सिजन खरिद गरेर प्रतिष्ठानलाई हस्तान्तरण गरेका हुन्।
जिल्लामा कोरोना संक्रमितहरुको उपचारमा सहजता ल्याउन दाङ जिल्ला उद्योग बाणिज्य संघ अक्सिजनको जोहोमा लागेको छ ।
अभियानमा लागेका युबाहरुले प्रत्यक दिन यसैगरि कोरोना संक्रमितहरुलाई पौष्टिक आहार उपलब्ध गराउने बताएका छन् । कोरोना संक्रमितहरुलाई पौष्टिक आहारले रोग संग लड्न सक्ने क्षमता प्रदान गर्ने भएकाले मानवीय नाताले पनि यो अभियान थालिएको अभियानका संयोजक सञ्जिब पछाईँले जानकारी दिए ।
जिल्लामा कोरोना संक्रमण रोकथामका लागि ढिला गरी तातेका स्थानीय तहहरूले बिरामीको उपचारलाई प्राथमिकता दिएका छन्। फलतः बिरामीहरूको उपचारका लागि आइसोलेसन निर्माण भए। तर आइसोलेसन निर्माण गरिए पनि अक्सिजन अभावमा बिरामीको उपचार भने गर्न सकिएको छैन।
अक्सिजन अभावमा उपमहानगरपालिकाले बनाएको आइसोलेसन सञ्चालनमा नआएको हो। उपमहानरका मेयर घनश्याम पाण्डेले आइसोलेसन तयार रहे पनि अक्सिजन नहुँदा बिरामी राख्न नसकिएको बताए।
दैनिक ५ सय सिलिण्डर अक्सिजन खपत भैरहेको यो अस्पतालले १ हजार सिलिण्डर अक्सिजनको माग गरिरहेको छ । अस्पतालमा आयात हुने अक्सिजन अस्पतालमा पुगिरहेकै छैन । फलतः दिनहुँ केहि घण्टा बिरामीहरुले अक्सिजन पाउँदैनन् ।
चारै दलका प्रमुख सचेतक तथा सचेतकहरुले अल्पमतमा परेका मुख्यमन्त्री पोखरेललाई नैतिकताका आधारमा राजीनामा दिएर मार्गप्रशस्त गरिदिन माग गरेका छन् ।
अल्पमतलाई बहुमत सदर गराएर प्रदेश प्रमुखबाट मुख्यमन्त्रीको सपथ खाएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल आफ्नो हठका कारण थप कमजोर बन्दै जान थालेका छन्। अल्पमत हुँदा हुँदै पनि संसद छलेर मुख्यमन्त्री बनेका पोखरेलदेखि बिपक्षीहरु क्रुद्ध छन्। उनिहरुले मुख्यमन्त्रीलाई बहिष्कार गरेर अघि बढ्ने रणनीति बनाईसकेका छन्।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आईतबार बिहान एकाएक राजीनामा दिएपछि प्रदेशको राजनीति तरंगित बन्न पुग्यो । राजीनामासंगै मुख्यमन्त्री पोखरल प्रदेश छोडेर उपल्लो (केन्द्रीय) राजनीतिमा सकृय हुन खोजेको केही लख काटिए । तर उनको राजीनामा पद छोड्ने मनस्थितीले आएको भने थिएन । यो राजीनामाले उनको ‘सत्ता लालसा’ को उच्चतम् नमुनालाई उदांगो पार्दै थियो । संसदमा अविश्वासको प्रस्ताव टेवल भैसकेको थियो ।
उक्त कंकाल संगै ज्याकेट,घडी, जुत्ता भेटिएका छन् । ज्याकेट, घडी र जुत्ता भने देवेन्द्रकै हुन सक्ने आशंका परिवारले गरेको छ ।
