सन् २००५ मा हाई स्कुल सिध्याएर म्यागी नेपाल आएकी थिइन् । अमेरिका, न्युजर्सीकी स्थायीबासी उनले सुर्खेतमा सन् २०१० कोपिला विद्यालय स्थापना गरी गरिब तथा असहाय बालबालिकालाई अध्ययनको अवसर दिएकी छन्। उक्त विद्यालयमा सुरुमा २ सय ५० भन्दा बढी विद्यार्थी अध्ययनरत थिए ।
सिएनएन हिरो–२०१५ छनोटअन्तर्गत अन्तिम १० मा परेका प्रतिस्पर्धीमध्ये भोटिङका आधारमा म्यागीले एक लाख अमेरिकी डलर बराबरको अवार्ड जितेकी हुन्। सिएनएन हिरो घोषित भएपछि उनले रिपब्लिका अंग्रेजी दैनिकका सम्पादक सुभाष घिमिरेलाइ संक्षिप्त अन्तरवार्ता दिएकी थिइन्।
सिएनएन हिरो–२०१५ हुन पाउँदा कस्तो अनुभव भइरहेको छ ?
म एकदम उत्साहित छु । यो मेरो जीवनको उत्कृष्ट दिन हो । मेरो नाम अनुराधा कोइराला र पुष्पा बस्नेतसँग आउँछ भनेर विश्वास लागेको थिएन ।
पहिलोपटक समाचार सुन्दा तपाईंको दिमागमा के आयो ?
मैले विश्वास नै गर्न सकिनँ । मेरा बालबालिकालाई म धेरै माया गर्छु । कहिल्यै नबिर्सनु, म तिमीहरूलाई असाध्यै माया गर्छु । नेपाललाई धन्यवाद दिन्छु जसले मलाई छोरीको रुपमा स्विका¥यो र स्वागत ग¥योे । मसँग दुई छोरी साथमा थिए । उनीहरू हाल अमेरिकामा अध्ययरत छन् ।
तपाईंले अभिभावकसँग कुरा गर्ने अवसर पाउनुभयो ?
छैन । मलाई आशा छ, उहाँहरू ममाथि गर्व गरिरहनुभएको छ ।
हाल नेपालको परिस्थिति नाजुक भएको अवस्थामा तपार्इंले हजारौं नेपालीको अनुहारमा खुसी ल्याइदिनुभएको छ ?
मेरा छोराहरू सुर्खेतमा खाना पकाउने ग्यासको लाइन बसिरहेका छन् । हामी सबैले दुःख पाइरहेका छौं । यो पुरस्कारले नेपालको परिस्थितिलाई अन्तर्राष्ट्रिय स्तरमा पुरायाएर जनचेतना फैलाउनेछ भन्नेमा आशावादी छु ।
नेपालीलाई केही भन्न चाहनुहुन्छ ?
नेपालीले यति धेरै साथ दिनुहुन्छ भन्ने विश्वास लागेको थिएन । सबैको साथले सफलता मिलेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सुरक्षाकर्मीले मलाई चिनेर तपार्इंलाई भोट गरेको छु भनेका थिए । ट्याक्सी ड्राइभरले समेत त्यस्तै प्रतिक्रिया दिए । नेपालीले मलाई दिएको माया देखेर सिएनएन र सिएनएन टप १० मा सहभागी आश्चर्यमा परेका थिए । यो मेरो लागि उत्कृष्ट अनुभव हो । सुर्खेतमा हामीसँग काम गर्ने सबैले गर्व महसुस गरिरहनुभएको होला ।
तपार्इंका तर्फबाट नेपालका लागि अब के हुन्छ ?
म आशा गर्छु, नेपालले शान्तिको मार्गलाई निरन्तरता दिनेछ। म आशा गर्छु, हामी हाम्रा बालबालिकालाई माया र शिक्षा दिन्छौं । सुर्खेतमा रहेको कोपिला भ्याली स्कुलको निर्माणका लागि काम गरिरहनेछु । नेपाली बालबालिकाको सुनिश्चित भविष्य निर्माणमा काम गरिरहनेछु।
प्रकाशित: २ मंसिर २०७२ १९:४२ बुधबार





-600x400-wm.jpg)