३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
अन्तर्वार्ता

‘इनरुवाको विकासमा बजेट र दृष्टिकोण अभाव’

तपाईंले नेतृत्व सम्हालेको दुई वर्ष बितेको छ, यो अवधिमा के–के काम गर्नुभयो ?

हामी निर्वाचित भएरआएपछि गरिब, दलित, विपन्नको मृत्यु हुँदा काजकिरियाको समस्या भयो भने त्यस्तो अवस्थामा हामीले खर्च दिने गरेका छौं।दिवंगतका परिवारलाई राहतस्वरूप १० हजार रूपैयाँ दिने गरेका छौं।दलित, गरिब, विपन्न परिवारको २० लाख रूपैयाँ बराबरको स्वास्थ्य बिमा गरिदिने गरेका छौं। त्यसैगरी गरिब, दलितका बालबालिका एसइई पास गरेपछि उच्च शिक्षा पढ्न आर्थिक कारणले समस्या भए शुल्क तिरिदिने व्यवस्था गरेका छौं। सरकारले तोकेका सबै औषधी हाम्रा स्वास्थ्य केन्द्रहरूमार्फत वितरण गर्ने प्रक्रिया निर्धारण गरेका छौं। गरिब, दलितको मृत्यु हुँदा घाटसम्म लैजान पनि समस्या भए घाटसम्म लाने व्यवस्था गरेका छौं ।

विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेका छौं।बर्खामा पानी जमेको खण्डमा मर्मत गरिदिने गरेका छौं।३० वटा सरकारी विद्यालयमध्ये १४ वटामा माटो पुर्ने काम भइसकेको छ।विद्यालय भवन चुहिने, शौचालय नहुने, खानेपानी समस्या, कम्पाउन्ड नहुने, विद्युत् जडान अभाव आदि छन्, ती काममा पनि क्रमशः सुधारगर्दै लगेका छौं। यसैगरी दुर्गा मन्दिरनिर्माणका लागि ५० लाख रूपैयाँ दिएको छौं । त्यो निर्माण चरणमा छ। अर्को शिव मन्दिरलाई ५० लाख रूपैयाँ दिएका छौं ।

इनरुवा– ३ मा दलित मुसहरबस्ती छ। त्यहाँ बर्खाका बेला एक छेउबाट अर्को छेउमा आउजाउ गर्न सक्ने अवस्था थिएन। त्यहाँ झुलुङ्गे पुल निर्माण गरेका छौं। जुनजुन वडामा वडा कार्यालय छैन, ती वडा कार्यालय निर्माण भएका छन्।कतिपय निर्माण हुने क्रममा छन्।दुहबी नगरको टेम्पो स्टेनबाट अस्पतालसम्म जाने बाटो निर्माण भइसकेको छ।इनरुवा– २ को पण्डित टोलको बाटो निर्माण भइसकेको छ।ढलहरू बन्दै छन्।इनरुवा बजारबाट सरकारी वकिल कार्यालय हुँदै हाइवेसम्म जाने बाटो पिच भइसकेको छ।जिल्ला प्रहरी कार्यालयपछाडिको भागको बाटो पिच भइसकेको छ ।

ज्येष्ठ नागरिकका लागि तीन स्थानमा तीनवटा भवन पूरा गरिसकेका छौं।युवाहरूको स्वास्थ्यलाई ध्यानमा दिएर तीनवटा जिमखाना निर्माण गरेका छौं। समयसमयमा स्वास्थ्य जाँच निःशुल्क उपलब्ध गराएका छौं ।

इनरुवामा रहेका छाँडा कुकुर नियन्त्रण गर्ने काममा एन्टि रेबिज भ्याक्सिन लगाउने कार्यक्रम चलिरहेको छ। बेरोजगाररहेका युवाका लागि लोकसेवा कक्षा सञ्चालन गर्ने तयारी अवस्थामा रहेका छौं। विना सिप नै विदेश गएरदुःख पाएका नेपालीको सुविधाका लागि हेभी सवारी चालक तालिमका लागि सूचना आह्वान गरेका छौं।आप्रवासी नेपाली जो विदेशमा गएरदुःख पाएका छन्, उनीहरूका निम्ति सामी संस्थाले काम गर्दै आएको छ। सामीले विदेशमा गएरदुर्घटनामा परेरघाइते भएकाको उपचाररमृत्यु भएका मानिसको लास ल्याउन सहयोग गर्ने गरेको छ। विदेश जाँदा ठगी भएका मानिसको पैसा फिर्ता गराइदिने काम गरिरहेका छौं।त्यसैगरी अपांगता क्षेत्रमा पनि पहिले करुणा फाउन्डेसन भन्ने संस्थाले सहयोग गरेको थियो।अहिले उसले आर्थिक सपोर्ट घटाएका कारणले हामीले आफ्नै नगरको बजेटबाट दृष्टिविहीन रअपांगता भएकाहरूका लागि सहायता सामग्री वितरण गरिदिने गरेका छौं।उहाँहरूको स्वास्थ्य बिमा पनि गरिदिने गरेका छौं।उनीहरूको नियमित स्वास्थ्य परीक्षण गराएका छौं। यसैगरी बौद्धिक विकास क्षेत्र, सामाजिक विकास क्षेत्र, शैक्षिक विकास क्षेत्र रकृषि विकास क्षेत्रमा पनि काम गरिरहेका छौं ।

कृषिमा के–के गर्नुभएको छ  ?

इनरुवा नगरपालिका– १० कृषि विद्युतीकरणमा बजेट छुट्याएका छौं।अब त्यसको सर्भे भएर ठेक्का प्रक्रिया अगाडि बढेको छ।त्यसैगरी कृषि औजारहरू जस्तो– हाते पम्प, हाते ट्याक्टररकिटनाशक औषधी छर्ने मेसिनलगायतका सामग्री बाँडेका छौं।केही बिउविजन वितरण गरेका छौं।गहुँ, च्याउ, घाँसका बिउहरू वितरण जारी छ ।

स्वरोजगारको सिलसिलामा तालिमको व्यवस्था गरेका छौं।जुत्ता सिलाइ बनाउने तालिम दिएकालाई जुत्ता सिलाउने मेसिन दिएका छौं। बंगुररबाख्रापालन गर्नेलाई बिउ पुँजी दिएका छौं। माछा पाल्छु भन्नेलाई त्यस किसिमको तालिम दिएर माछाका भुरा उपलब्ध गराएका छौं।कुखुरा–हाँस पाल्नेलाई पनि तालिम दिएका छौं। मुख्य कुरा जीविकोपार्जन गर्ने हिसाबले कृषिको खण्डीकरण गरिएको छ, त्यसले समस्या पारेको छ। किसानसँग जग्गा कम छ, राज्यले के भन्यो भने ३० बिघा जग्गा लिएर आऊ अनि मात्रै तिमीलाई म कार्यक्रम दिन्छु भन्ने खालका नीति बनाएको हुन्छ।धेरै जग्गा भेटिए किसान समूह बनाएर काम गर्ने गरेका छौं । मलहरू पनि समयमा उपलब्ध गराउने प्रयत्न गरेका छौं।कृषि विद्युतीकरणलाई पहिलो प्राथमिकता दिएका छौं।कृषि एटियम कार्डको पनि सोच बनाएका छौं।यस विषया छलफल चलिरहेको छ ।

चुनावताका गरेका वाचाहरू कति पूरा भए ?

लगभग ३५ प्रतिशत पूरा भएको अवस्था छ। त्यसको कार्ययोजना सुरु भएको छ। म पनि त्यति सन्तुष्ट हुन सकेको छैन।किनभने आर्थिक मन्दीका कारण योजनाका काम अगाडि बढाउन सकिएको छैन।जस्तो– अघिल्लो आर्थिक वर्षमा गरिब, दलित, विपन्न परिवारका छोरीले एसइई उत्तीर्ण गरिसके पछाडि सबैलाई उच्च शिक्षा अध्ययन गर्न सजिलो होस् भनेर साइकल वितरण गर्‍यौं।आगामी आर्थिक वर्षमा पनि बाँड्ने चाहना छ, तर बजेट अभाव छ ।

संघ र प्रदेश सरकारबाट अपेक्षा गरे अनुसार सहयोग पाउनुभएको छ त ?

सपोर्ट गरेको छैन भनौं भने केही रकम आएको छ।नीतिगत रूपमा आउने रकम आएको छ, जो सबै पालिकालाई आउने हो।देखिने गरी केही योजना आएको छैन । 

इनरुवामा रहेका अस्पताल भने अनुसार सञ्चालन हुन सकेको छैन, किन त्यस्तो भइरहेको छ ?

स्वास्थ्य क्षेत्रमा बढी राजनीतीकरण गरिनु हुँदैन भन्ने मेरो मान्यता छ, तर त्यहाँ बढी चलखेल हुने गरेको देखियो। जस्तो– एकजना चिकित्सक जो सामाजिक अभियन्ता हो, सामाजिक मान्छे हो, जसको काम उपचार गर्नु हो तर उनीहरू राजनीतिकरणमा प्रयत्नरत भएकाले पनि इनरुवाको अस्पताल विवादमा भएको हो। यसमा सुधारगर्न मेरो प्रयत्न रहने छ ।

इनरुवालाई पाँच वर्षभित्र कस्तो बनाउने लक्ष्य छ रु त्यसका निम्ति केकस्ता योजना छन् ?

बनाउन त सुन्दर इनरुवा बनाउन खोजेका हौं। यसका लागि कार्यपालिकाबाट केही नीतिहरू पास भइसकेकाले लागु हुने क्रममा छन्। शिक्षा हब अन्तर्गत सुनसरी बहुमुखी क्याम्पसलाई २५ लाख र बलाहा बहुमुखी क्याम्पसलाई  २५ लाख रूपैयाँ सहयोग दिएका छौं। यहाँका विद्यार्थीलाई यहाँकै शिक्षालयमा पढाउने योजना सफल हुन सके शिक्षामा परिवर्तन आउने छ। तरपनि बजेट अभाव नै प्रमुख समस्या बन्न पुगेको छ । स्वास्थ्यमा इनरुवा– ५ मा थेरापी सेन्टर र बर्थिङ सेन्टर छन् तर स्रोतसाधन हुनुपर्ने हो, त्यो पूरा हुन सकेको छैन।स्रोत र साधनले सम्पन्न बनाउने योजना छ। साथै, जनताका चाहना र परिवर्तित समय अनुसार विकासका काम अघि बढाउँदै लैजाने योजना छ ।

इनरुवाको विकासका निम्ति के–के चुनौती देख्नुभएको छ ?

चुनौती नै चुनौती छन्। खुद्रे काम गरेर विकास हुने सम्भावना छैन।मुख्य चुनौतीका रूपमा सडक रहेको छ।आफ्नै वडामा एक ठाउँबाट अर्को ठाउँमा जाने सडक छैन।अस्पताल जाने बाटाहरू छैनन्। इनरुवामा रहनुभएका विद्वान्हरूसँग छलफल गरेर इनरुवाको विकासका योजना बनाएका छौं। सबैसँग समन्वय गर्नु जनप्रतिनिधिहरूको दायित्व भएकाले त्यस अनुसार सामूहिक रूपमा अपनत्व गराएर योजना लैजान सकिएको छैन, जुन सामूहिक र दूरदृष्टिकोणको अभाव हो ।

सुशासनको हकमा के–कस्ता काम भएका छन् ?

सेवा लिन आउनेहरूलाई धेरै समय बस्नु नपर्ने वातावरण सिर्जना गरेका छौं।धेरैजसो काम सफ्टवेरप्रणालीबाट हुने गरेको छ।यसमा कर्मचारीहरूको पनि भरपूर मद्दत प्राप्त भइरहेको छ। कार्यालय अवधिभर बस्ने र जनताको सेवा गर्ने कार्य भएको छ।यो सुशासनको एउटा नमुना हो ।

प्रकाशित: १२ कार्तिक २०८१ ०८:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App