६ वैशाख २०८१ बिहीबार
अन्तर्वार्ता

समाजवादी केन्द्र बनाउने कुरामा बामगठबन्धनका नेताहरु दृढ नभएपछि अलग्गिएको हुँ : बाबुराम भट्टराई

नयाँ शक्ति पार्टी, नेपालका संयोजनक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा निर्वाचनका प्रत्यासी छन् । भट्टराईसँग उनकै पूर्व सहयात्री नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ बाम गठबन्धनका तर्फबाट प्रतिस्पर्धी छन् । यी दुई पूर्व सहयात्रीको प्रतिस्पर्धालाई रोचक रुपमा हेरिएको छ । प्रस्तुत छ, भट्टराइसँगको कुराकानी ।

प्रधानमन्त्री भइसकेको तपाईँलाई फेरि किन चुनाव जिताउनु पर्ने ?
पहिलो कारण हो, म छोटो समय प्रधानमन्त्री भएँ र छोटो समय अर्थमन्त्री बने । संविधान बनाउने, संविधान लेख्ने जिम्मेवारी संवाद समितिको सभापतिको हैसियतले पूरा गरेँ, त्यसैले ।
दोस्रो कारण हो, छोटो समय अर्थमन्त्री छँदा गोरखामा मैले रणनीतिक पूर्वाधारका आधार बसाले। त्यसले गोरखाको विकासको आधार तयार गर्यो । यी दुईवटा मुख्य कारणले गर्दा र मेरो लगनशिलता, प्रत्येक महिना जिल्लामा जाने प्रवृति र इमान्दारिताका आधारमा मलाई गोरखाली जनताले अत्यधिक मतले जिताउँछन् भन्ने विश्वास छ ।

हिजो वर्ग शत्रु भन्दै कारबाही गर्न आदेश दिएका कांग्रेस कार्यकर्ताहरुसँग भोट माग्दा ग्लानी महसुस भइरहेको छ कि गर्व ?
कांग्रेस मात्र होइन । वर्गीय भनेको त सबै पार्टी भित्र भएका सामान्तहरु, सुदखोरहरु जनतालाई शोषण गर्ने एउटा बर्ग भनेको हो । एउटा कुनै पार्टी विशेषलाई त्यसो भनिएको होइन । व्याक्तिगतरुपमा हानी नोक्सानी हुनु दुखद घटनाहरु थिए । हामी वर्गीय संघर्षमा थियौं । अव राजतन्त्रको अन्त्य, सामान्तबादको अन्त्यपछि त्यो टुंगिइसकेको छ । १२ बुँदे समझदारी देखि यता नेपाली कांग्रेस हाम्रो सहयात्री हो त्यसैले नेपाली कांग्रेससँग सहकार्य गर्नु स्वभाविक हो ।

 

संविधान निर्माणको चरण पूरा भइसक्यो, अर्को विकास निर्माणको कुरा रह्यो । तपाईँ एक जना सांसदमात्रै भएर विकास निर्माणमा के योगदान दिन सक्नुहोला र ?
पहिला त सबै सांसद नै हुने हो । सांसद भएपछि अरु ढोकाहरु खुल्ने हुन् । महत्वपूर्ण कुरा यो निर्वाचन पछि संविधान कार्यान्वयन हुन्छ कि हुँदैन, देशमा शान्ति स्थायित्व हुन्छ की हुँदैन भन्ने कुरामा जनताको चासो र चिन्ता छ । त्यसैले नेपाली कांग्रेस र नयाँ शक्ति पार्टीको जुन समीकरण बनेको छ त्यसले शान्ति र स्थिरताको सन्देश दिन्छ । दोस्रो कुरा अवको मुख्य एजेण्डा भनेको विकास र समृद्धि हो, त्यसको निम्ती मेरो जुन दक्षता छ त्यसले सदनमा पनि सरकारमा पनि एजेण्डा तय गर्न भूमिका निर्वाह गर्छ ।
तपाईका प्रतिद्धन्दी नारायणकाजी श्रेष्ठ रहेको वाम गठवन्धनको सरकारको सम्भावना दर्शाइदै छ । विकासको लोभले नै भोट दिने हो भने त तपाईंलाई किन रोज्ने ?
नारायणकाजी श्रेष्ठको गोरखामा कहिल्यै कार्यक्षेत्र रहेन । उहाँ यहाँ जन्मनु भएको हो र सँधै काठमाडौंमा बस्नुभयो, गोरखा कहिल्यै फर्कनु भएन र गोरखाली जनताले उहाँलाई राम्रोसँग चिन्दा पनि चिन्दैनन्, जनताले उहाँलाई टिभिमा मात्र देखेको भन्छन् ।

त्यो क्षेत्रबाट प्रतिनिधित्व गरेपछि तपाईको भन्दा सम्भावना उहाँको भयो ?
अहिले हाम्रो जुन शासकिय स्वरुप र निर्वाचन प्रणाली छ यसमा कसैको पनि बहुमत आउँदैन । त्यसैले नयाँ शक्तिले पनि सम्मानजनक राष्ट्रिय पार्टीको रुपमा नीति एजेण्डा तय गर्नमा सरकारमा पनि भूमिका निर्वाह गर्छ ।

तपाईले अघि पनि भन्नुभयो, पहिले सांसद नै हुने हो त्यसपछि अरु ढोका खुल्ने हो, फेरी पनि तपाई कार्यकारी तहमा पुग्ने सम्भावना छ ?
संसदमा भएपछि त सँधै सम्भावना खुला रहिरहन्छ ।

भनेको तपाईलाई नेपाली कांग्रेसले प्रधानमन्त्री बनाउँछ ?
नेपाली कांग्रेसको मात्रै मैले कुरा गरिरहेको छैन । कसैको पनि बहुमत नभएको अवस्थामा त्यहाँ नयाँ खालका समीकरण बन्दै जान्छन् । त्यसो हुनाले अनेक सम्भावना रहन्छन् । फेरी पनि बाबुराम भट्टराई कार्यकारी पदमा नरहे पनि पूर्व प्रधानमन्त्री हुनुको हैसियतले मन्त्री सरहको स्ट्याटस सँधै भैरहन्छ । त्यसले गर्दा उसले संसदमा रहेरमात्रै पनि अरु एभरेज मान्छेले भन्दा धेरै भूमिका खेल्न सक्छ ।

मन्त्री सरहको स्ट्याटसको कुरा गर्नुभयो, संसद नभएर पनि तपाईले काम गर्न सकिहाल्नु हुन्थ्यो नि । किन लोभ गर्नुभयो ?
संसदमा रहेर विकास निर्माण, नीति निर्माणमा ठूलो भूमिका हुन्छ । म आफै एक जना संविधानको मूख्य निर्माता हुँ । देशको आर्थिक विकास र समृद्धिको योजना बनाउन आवश्यक नीति नियम निर्माण गर्न मैले सबैभन्दा बढी भूमिका खेल्न सक्छु भन्ने मलाई विश्वास छ ।

त्यसो भए तपाई भन्न सक्नुहुन्छ, म सांसद मात्रै भएर पनि बस्न सक्छु, शक्तिको होडमा दौडिन्न भनेर ?
देशको निम्ती आवश्यक जिम्मेवारी निर्वाह गर्न म सँधै तयार रहन्छु तर व्यक्तिगत स्वार्थमा कहिल्यै पनि लाग्दिन ।  

प्रधानमन्त्री बन्ने अझै इच्छा छ त्यसो भए ?
इच्छाको कुरा होइन, देशले आवश्यक ठान्यो भने कुनै पनि जिम्मेवारी बहन गर्न म तयार छु। तर व्यक्तिगत पद, प्रतिष्ठा र स्वार्थको लागि म कहिल्यै पनि आकांक्षी थिइन र भविश्यमा पनि हुन्न ।

तपाईले माओवादी छोडेर नयाँ शक्ति बनाउनु भयो, पछि स्थानीय निर्वाचनमा संघीय समाजवादी फोरमसँग घाँटी जोड्न पुग्नुभयो फेरी वामपन्थी गठवन्धनमा पुग्नु भयो । लगत्तै छाड्नु भयो फेरी कांग्रेससँग जोडिनु भयो । त्यत्तिले पनि नपुगेर राजावादी राप्रपासँग गाँसिनुभयो । कतिपयले तपाईलाई वैचारिक राजनीतिकरुपमा विचलन भएको आरोप लगाउँछन् ?
त्यो अत्यन्त गलत बुझाई हो । बाबुराम भट्टराईले सबभन्दा पहिले विकास र समृद्धिको लागि राजतन्त्र अन्त्य गर्ने गणतन्त्र ल्याउने लक्ष्यका साथ राजनीति सुरु ग¥यो र संविधान सभाबाट संविधान बनाउनु पर्छ भन्ने उसको जोड थियो र उसले त्यो पुरा ग¥यो । आर्थिक विकास र समृद्धिको निम्ती २१ औं शताब्दी सुहाउँदो नयाँ विचार सहितको नयाँ शक्तिको निर्माण गरेको छ । चुनावी तालमेल हुने कुरा बेग्लै हो । लोकतन्त्रको मुद्दामा र संविधान कार्यान्वयनको विषयमा कतिपय निकटता छन् । त्यसैले हामीले सहकार्य गरेका हौं । व्याक्तिगत स्वार्थको निम्ती अवसरवादी राजनीति हिजो पनि गरेनौं, भोली पनि गर्दैनौं र हाम्रो विचारमा हामी सँधै दृढ रहन्छौं ।

वामपन्थी गठबन्धन घोषणा हुँदाका दिन तपाईले व्यक्त गरेका भनाईलाई उद्धृत गर्ने हो भने, ‘देशको सार्वभौमसत्ता र स्वाधिनताको रक्षा २१ औं शताब्दीको आवश्यकता अनुसार एउटा नयाँ विकसित विचार निर्माण गर्दै देशलाई समुन्नत समाजवादको दिशामा लैजाने आवश्यकता पुरा गर्न कम्युनिष्ट वामपन्थी प्रगतिशिल शक्तिहरुबीच एकता भएको हो’ भन्नुभएको थियो । गोरखाको निर्वाचन क्षेत्र नदिने वित्तिकै तपाईको त्यो ठूलो आकांक्षा किन लत्याउनु भयो त ?
त्यो गलत कुरा हो । कम्युनिष्ट आन्दोलनको रुपान्तरण हुनुपथ्र्यो । त्यतिबेला पनि मैले भित्रिरुपमा कुराकानी गर्दा दलहरुका बीचमा कम्युनिष्ट केन्द्र बनाउने होइन समाजवादी केन्द्र बनाउनु पर्छ भनेको थिए । व्यक्तिगत रुपमा नेताहरुले छुट्टाछुट्टै मलाई समाजवादी केन्द्र बनाउने हो भन्नु भएको थियो । त्यसमा उहाँहरु दृढ नभएपछि नयाँ शक्ति अलग ढंगले अगाडि बढेको हो ।

प्रचण्ड केपी ओली कम्युनिष्ट बिचारधारा छोड्न तयार थिए ?
हो । उहाँहरु व्यक्तिगतरुपमा मसँग भन्दा तयार हुनुहुन्थ्यो दुवैजना (प्रचण्ड पनि, ओली पनि) । पछि चैं पुरानै एउटै स्टालिनवादी कम्युनिष्ट घेराभन्दा बाहिर निस्कन चाहनुभएन । नयाँ ढाँचाको समाजवादी केन्द्र बनाउने मेरो सोच हो । त्यसमा उहाँहरु सहमत नभएपछि हामी आफ्नै बाटो अगाडि बढेका हौं ।

तपाईको नयाँ ढाँचाको समाजवादी केन्द्र कांग्रेससँग लागेर पनि पुरा हुन सक्छ र ?
नेपालको सन्दर्भमा वामपन्थ भन्ने बित्तिकै कम्युनिष्ट भन्ने बुझियो । वामपन्थ र लोकतन्त्र भनेका एक अर्का विरोधी होइनन् । हामी वाम लोकतान्त्रिक शक्ति हौं । मुलतः हामी लोकतान्त्रिक हौं । जनताले आफ्नो भाग्यको फैसला आफै गर्ने शैलीलाई हामी लोकतन्त्र भन्छौं । वामपन्थ भनेको अग्रगमन, प्रगतिशिलता र जनपक्षीयताको पक्षधरता हो । त्यसो हुनाले हामी वामलोकतान्त्रीक शक्तिको विकास गर्न चाहन्छौं । यहाँ लोकतान्त्रिक भन्ने बित्तिकै पुँजीवादलाई मान्ने, नवउदारवादलाई मान्ने र वामपन्थी भन्ने बित्तिकै स्टालिनवादी राज्य केन्द्रीत कम्युनिष्ट व्यवस्था मान्ने जुन प्रवृति नेपालमा देखियो यो वेठिक छ । हामी यी दुईबीचका सकारात्मक पक्षहरु जोडेर वामलोकतन्त्र हुँदै  सम्मुन्नत समाजवादमा जान हामी चाहन्छौं । हाम्रो सिद्धान्त सोच र कार्यदिशा त्यो हो ।

त्यो हो भने तपाईको समाजवादी केन्द्र अहिले बनेको वामपन्थी गठबन्धन भन्दा नेपाली कांग्रेससँग नजिक देखिन्छ ?
लोकतन्त्रको मुद्दामा हामी नेपाली कांग्रेससँग नजिक छौं । सुशासन, सदाचार र समाजवादको विषयमा हामी स्वतन्त्र ढंगबाट अघि बढ्दै छौं । लोकतन्त्रको मुद्दामा अहिले संविधान कार्यान्वयनको निम्ती नेपाली कांग्रेससँगको सहकार्य आवश्यक छ भन्ने हाम्रो स्पष्ट बुझाई हो ।

भनेपछि समाजवादी केन्द्र निर्माणको लागि भोलीका दिनमा तपाई वामपन्थी गठवन्धनसँग अगाडी बढ्ने सम्भावना पनि जीवितै छ ?
उहाँहरु रुपान्तरित भएर आउनु प¥यो । अहिले उहाँहरुको ढाँचा ढर्रा हेर्दा त्यस्तो लाग्दैन । उहाँहरु जुन तिकडम गरिरहनु भएको छ, ‘तरवार बेचुवा र घिउ बेचुवा’ को खेल जस्तो गरेर एक अर्कालाई ठग्ने जस्तो गरिराख्नु भएको छ त्यसले गर्दा सहजै उहाँहरु रुपान्तर हुनुहुन्छ जस्तो मलाई लाग्दैन ।

त्यति पनि थाहा नपाउने अल्पदृष्टी भएको नेतालाई कसरी दुरगामी राजनीति गर्नुहुन्छ भनेर भन्ने ?
अल्पदृष्टी होइन । तर एउटा सदासयता इमान्दारीताको कुरा हुन्छ । मान्छेले एउटा बचन दिएपछि विश्वास पनि गनुपर्ने हुन्छ । सादय सहज विश्वास गर्नु मेरो कमजोरी रह्यो होला ।

हिजो वर्ग शत्रु भन्दै कारबाही गर्न आदेश दिएका कांग्रेस कार्यकर्ताहरुसँग भोट माग्दा ग्लानी महशुस भइरहेको छ की गर्व ?
कांग्रेस मात्र होइन । वर्गिय भनेको त सबै पार्टी भित्र भएका सामान्तहरु, सुदखोरहरु जनतालाई शोषण गर्ने एउटा बर्ग भनेको हो । एउटा कुनै पार्टी विशेषलाई त्यसो भनिएको होइन । व्याक्तिगतरुपमा हानी नोक्सानी हुनु दुखद घटनाहरु थिए । हामी वर्गीय संघर्षमा थियौं । अव राजतन्त्रको अन्त्य, सामान्तबादको अन्त्यपछि त्यो टुंगिइसकेको छ । १२ बुँदे समझदारी देखि यता नेपाली कांग्रेस हाम्रो सहयात्री हो त्यसैले नेपाली कांग्रेससँग सहकार्य गर्नु स्वभाविक हो ।


कहिल्यै पनि कार्यकर्ता मार्ने नीति थिएन । राज्यसत्ताका विरुद्ध विद्रोह गर्ने क्रममा स्थानीय स्तरमा भएका घटनाहरु थिए । गैर मानविय ढंगले मुलभुत सिद्धान्त विपरित हत्या हिंसा भएका छन् भने ती बेठिक छन् तिनको छानविन गरेर निरुपण गर्ने जिम्मा सत्य निरुपण तथा मेलमिलाप आयोगलाई दिइसकिएको छ । त्यसको निर्णयलाई हामी मानेर जान्छौं । अप्रिय घटनाहरु प्रति हामी दुःखी छौं क्षमाप्रार्थी छौं भनेर पटक पटक भनिसकेका छौं । त्यसको नैतिक जिम्मेवारी लिन्छु भन्ने कुरा मैले घोषणा गरिसकेको छु र लिन्छु पनि ।     
(बीबीसी नेपाली सेवाको बुधबारको नेपाल सन्दर्भमा शरद केसीले डा. भट्टराइसँग गरेको कुराकानीमा आधारित)

प्रकाशित: ७ मंसिर २०७४ ०७:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App