किम भेटेर ट्रम्प मङ्गलबार नै अमेरिका फर्कने
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँगको शिखर वार्ता लगत्तै अमेरिका फर्किने भएका छन्।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँगको शिखर वार्ता लगत्तै अमेरिका फर्किने भएका छन्।
अफगानीस्तानमा भएको आत्मघाती बम विष्फोटमा परी १३ जनाको मृत्यु भएको छ भने २५ भन्दा बढी घाईते भएका छन्।
बढ्दो नेपाली मुलको संख्यासंगै अमेरिकी मुलधारको राजनीतिमा पनि प्रवेश हुनेको संख्या बढ्न थालेको छ। स्थानीय राजनीतिमा जसरी नेपाली मुलका व्यक्तिहरु प्रवेश पाएका छन त्यो भन्दा माथिल्लो स्तरको अर्थात राज्यसभाको लागि एक जना नेपाली मुलका ह्यारी भण्डारी प्रतिनिधित्व गर्ने अन्तिम कसरतमा जुटेका छन्।
क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसले चर्च यौन प्रकरणमा आरोपित चिलीका तीन धर्मगुरूले पदबाट दिएको राजिनामालाई सोमबार स्वीकृत गरेका छन्।
सिङ्गापुरका प्रधानमन्त्री लि हसिन लोङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार भेटवार्ता गरेका छन्। उनीहरुबीच सोमबार बिहान सिङ्गापुरका राष्ट्रपतिको कार्यालयमा भेटवार्ता भएको चिनियाँ समाचार समिति सिन्ह्वाले जानकारी दिएको छ।
भारतको उत्तरपूूर्वी राज्य आसाममा सोमबार भूकम्प गएको समाचार छ। सो भूकम्प ५.१ म्याग्नीच्युडको रहेको अधिकारीले सोमबार जानकारी दिएका छन्।
उत्तर कोरियाली नेता किम जोग उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकाे बहुप्रतिक्षित शिखर वार्ताकाे सम्पूर्ण व्यवस्थापन खर्च सिंगापुर सरकारले व्यहोर्ने भएकाे छ।
इराकको सवैभन्दा ठूलो मतपत्र भण्डारण गृहमा आइतबार आगलागी भएको छ । उक्त केन्द्रमा पूर्वी बग्दादका जिल्लाहरूका मत्रपत्रहरू भण्डारण गरिराखिएको थियो।
विश्वका प्रमुख छ औद्योगिक राष्ट्रहरुको समूका ‘जी सेभेन’को शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देखाएको रिसलाई फ्रान्सले कडा शब्दमा निन्दा गरेको छ।
उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बहुप्रतिक्षित शिखर वार्तामा सहभागिता जनाउन आइतबार सिङ्गापुर आइपुगेका छन्।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग जुनसकै समयमा पनि भेट्न तयार रहेको बताएका छन्। “अमेरिकाले चाहेमा म जुनसुकै बेला पनि भेट्न तयार छु”, आइतबार उनले भने।
विश्व चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो विश्वकप फुटबल प्रतियोगिताका लागि रुस आइपुगेका छन्। पोर्चुगलका खेलाडी रोनाल्डो विश्वकप प्रतियोगितामा सहभागी हुन शनिबार रुस आइपुगेको समाचारमा जनाइएको छ।
उत्तर कोरियाली नेता किम जोङ उन सिंगापुर आइपुगेका छन्।
विश्वका प्रमुख औद्योगिक राष्ट्रहरु र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच विद्यमान गहिरो फरकपन समाधान गर्न क्यानडामा आयोजित ‘जी सेभेन’ शिखर सम्मेलनमा भएको वार्ता असफल भएको छ।
इदका लागि यसै महिनाको अन्त्यतिर अफगान सरकारको फौजसँग तीन दिने युद्धविराम गर्ने तालिबानले घोषणा गरेको छ।
युरोप र एसियाली महादेशका प्रभावशाली नेताहरु १८औं सांघाई सहयोग संगठन (एससिओ) का लागि चीनको तटीय जिङदाओ सहरमा भेला भएका छन्।
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले कोरियाली प्रायद्वीपको विषयमा चीनको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।
अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा तालिवान समूहले शनिवार बिहानै सुरक्षा शिविरमा प्रवेश गरी आक्रमण गर्दा भएकोे झडपमा परी कम्तीमा १९ जना प्रहरीले शाहदत प्राप्त गरेका अफगानी अधिकारीले जनाएका छन्।
रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले आफूले अमेरिकी राष्ट्रपतिसँग ‘रचनात्मक भेट’को अपेक्षा गरेको बताएका छन्।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षा प्रति सरकार गम्भीर रहेको गृहमन्त्री राजनाथ सिंहले बताएका छन्।प्रधानमन्त्री मोदीको विद्रोही माओवादीले हत्या गर्ने षडयन्त्र गरिरहेको विवरण आएपछि गृहमन्त्री सिंहले शुक्रबार यस्ताे बताएका हुन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू ‘कानूनभन्दा माथि नभएको’ बताएका छन् ।तर अमेरिकी राष्ट्रपतिका रूपमा सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचन अभियानमा भएको भनिएको हस्तक्षेपबारे आफूलाई क्षमा याचना गर्ने ‘पूर्ण अधिकार’ भने आफूमा निहीत रहेको उनले दाबी गरेका छन् ।
बेलायतका चर्चीत पूर्व फुटबल खेलाडी डेभिड बेकह्याम र उनकी श्रीमती भिक्टोरीयाले गत महिना बेलायतका राजकुमार ह्यारीको बैबाहिक समारोहमा सहभागी हुँदा लगाएको पहिरन एक परोपकारी कोषलाई उपलब्ध गराउने भएका छन्।
अमेरिकी राष्ट्रपति डोल्नाड ट्रम्प क्यानाडाबाट सिधै सिङ्गापुर जने ह्वाइट हाउसले जनाएको छ। क्यानाडामा हुन गइरहेको जि ७ को सम्मेलनमा भाग लिनको लागि क्यानाडा जान लागेका राष्ट्रपति ट्रम्प सिधै त्यहाँबाट सिङ्गापुर जान लागेका हुन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोग उनलाई अमेरिका भ्रमणका लागि निमन्त्रणा दिने बताएका छन्।