अव साउदीका महिला पनि सवारी चालक
साउदी अरबका महिलाहरुले आफै सवारी साधन हाँक्न पाउने भएपछि आइतबार खुशी मनाएका छन्। शनिबार मध्यरातमा शाही घोषणामार्फत् महिलाले पनि सवारी साधन चलाउन पाउने अधिकार दिइएको हो । महिलाहरुलाई सवारी साधन चलाउन अहिलेसम्म बन्देज लगाउनेमा विश्वको एउटा मात्र मुलुक साउदी अरब बाँकी थियो।

