मोदीले पाए सिओल शान्ति पुरस्कार
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सिओल शान्ति पुरस्कार प्रदान गरिने भएको छ। ‘मोदीनोमिक्स’ (मोदी अर्थतन्त्र) मार्फत भारत र विश्वको अर्थतन्त्र उकास्न योगदान गरेको भन्दै मोदीलाई यो पुरस्कार प्रदान गरिएको हो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सिओल शान्ति पुरस्कार प्रदान गरिने भएको छ। ‘मोदीनोमिक्स’ (मोदी अर्थतन्त्र) मार्फत भारत र विश्वको अर्थतन्त्र उकास्न योगदान गरेको भन्दै मोदीलाई यो पुरस्कार प्रदान गरिएको हो।
अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा सोमबार बनाउँदै गरेको एउटा बम अकस्मात पड्किदा बम बनाउने व्यक्तिकै श्रीमती र दुई छोराछोरीको मृत्यु भएको छ। उक्त बम एकजना तालिबान लडाकूले बनाउन लगेका बताइएको छ। तर सो बम बनाउँदा बनाउदै अकस्मात पड्किन पुगेको बताइएको छ। फर्याब प्रान्तको एक गाउँमा उक्त दुर्घटना हुन पुगेको अधिकारीहरुले जानकारी दिएका छन्।
पत्रकार जमाल खशोग्गीको हत्यारा जो भएपनि उसलाई कडा कानूनी सजाय हुने साउदी अरबले जनाएको छ। मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “पत्रकार खशोग्गीको हत्यामा सम्लग्न जो कोही भएपनि उसलाई कानूनी दायरामा ल्याइनेछ।”
चीनका राष्ट्रपति सि चिनफिङले विश्वको सवभन्दा लामो ‘मेगा ब्रिज’ को मङ्गलबार औपचारिक उद्घाटन गरेका छन्। सामुद्रिक पुलले हङकङ, मकाउ र चीन जोड्ने भएको छ। चीनका ती स्वशासित क्षेत्रहरुसँगको सम्बन्धलाई चीनले पछिल्लो समयमा कडा गरिरहेका बेला चीनले यो पुल निर्माण गरेको छ।
ताइवानमा मङ्गलबार मध्यान्ह ५.७ म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ। ताइवानको पूर्वी तटीय सहर हुवालीन नजिक गएको उक्त भूकम्पको धक्का राजधानी ताइपेइमा समेत अनुभव गरिएको थियो।
दुई कोरिया र अमेरिकी नेतृत्वमा रहेको संयुक्त राष्ट्रसंघीय सुरक्षा कमाण्डबीच सीमाक्षेत्रको केही भागलाई निशस्त्र गर्न सहमति भएको छ। कोरियाली प्रायद्वीपलाई निशस्त्रीकरण गर्ने प्रयासमा भएको सफल कुटनीतिक प्रयासबाट कोरियाली प्रायद्वीपलाई विभाजित गरेको व्यापक सुरक्षाकर्मी तैनाद रहेकोे उक्त सीमा क्षेत्रलाई निशस्त्रीकरण गर्ने सहमति भएको हो।
साउदी अरबले पत्रकार जमाल खसोग्गीको हत्या भएको स्वीकार्दै त्यसका लागि ‘छाडा एजेन्टहरु’ जिम्मेवार भएको बताएको छ।
करिब ३० बर्ष पहिले अर्थात् शीतयुद्धकालीन समयमा अमेरिका र रूसबीच भएको आणविक हतियार सम्झौताबाट पछि हट्नु पहिले अमेरिकाले ‘दोहोराएर सोच्नुपर्ने’ चीनले सोमबार जनाएको छ।
भारतमा मि टु अभियानले ठूला कलाकारदेखि राजनीतिज्ञसम्मको यौन दुर्व्यवहार घटना बाहिर ल्याइरहेका बेला मेन टु आन्दोलनको सुरुवात गरिएको छ। १५ जनाको एक समूहले कर्नाटक राज्यको बेंगलोरबाट सुरु गरेको यो अभियानले महिलाबाट पुरुषमाथि भएको यौन शोषणका घटनालाई बाहिर ल्याउने र पीडित पुरुषहरु खुलेर बोल्न सक्ने बताइएको छ।
नाइजेरियाली अधिकारीहरुले कडुनामा इसाई र मुस्लिम युवाबीच हिंसा भड्किएपछि २४ घण्टे निषेधाज्ञा (कर्फ्यू) जारी गरेका छन्। हिंसाका कारण कम्तीमा ५५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। गभर्नर नासिर एल–रुफाईले एक वक्तव्य जारी गर्दै परिस्थितिलाई काबुमा ल्याउन कडुना महानगर क्षेत्रमा राज्य सरकारले कर्फ्यू जारी गरेको बताए। उनले शान्ति कायम गर्न सबै स्थानीयबासीसँग आग्रह गरेका छन्।
शीतयुद्धकालमा रूससँग अमेरिकाले गरेको आणविक हतियार सम्झौताबाट पछि हट्नु संयुक्त राज्य अमेरिकाका लागि ‘खतरनाक कदम’ हुने रूसी उप विदेशमन्त्री सर्गेइ र्यावकोभले बताएका छन्।
ताइवानमा आइतबार भएको रेल दुर्घटनामा परी कम्तीमा १७ जनाको मृत्यु भएको ताइवानी अधिकारीले जनाएका छन।
मालदिभ्सको सर्वोच्च अदालतद्वारा गत महिना भएको राष्ट्रपतीय निर्वाचन परिणामलाई रद्द गरी नयाँ निर्वाचन गर्नका लागि वर्तमान राष्ट्रपति अब्दुल्ला यमीनले गरेको निवेदनलाई आइतबार खारेज गरिदिएको छ। अदालतको उक्त निर्णयसँगै यमीनको पराजय पुष्टि भएको छ।
साउदी अरबले पत्रकार जमाल खशोग्गीको मृत्यु टर्कीस्थित आफ्नो दूतावासभित्र भएको पुष्टि गरेको छ। घटनाको पुष्टि भएसँगै उच्च गुप्तचर अधिकारी अहमद अल असिरी र राजपरिवारका वरिष्ठ सल्लाहकार साउद अल कतानीलाई बर्खास्त गरिएको छ। १८ जनालाई गिरफ्तार गरिएको छ।
भारतमा रेलले किच्दा ६२ जनाको मृत्यु भएको छ भने १५० भन्दा बढी घाइते छन्। बीबीसी हिन्दीका अनुसार विजयादशमीका अवसरमा पञ्जाबको अमृतसरमा लागेको दशहरा मेलाअन्तर्गत शुक्रवार साँझ रावणको पुत्ला दहन हेरिरहेका मानिसहरुको भीडमाथि रेल गुडेको थियो।
अफगानिस्तानमा हत्या, हिंसा चलाइरहेका तालिबानले अफगानिस्तानको कान्दाहार प्रान्तका प्रान्तीय प्रहरी प्रमुखको हत्या गरेका छन्।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनसँग आफ्नो देश थप सहयोग र समन्वय विकासका लागि तयार रहेको बताएका छन्। रुस र चीनका साझा चासोका विषयहरूको प्रवर्धनका साथै अन्य साझा हितका क्षेत्रहरूको विस्तार र विकासका लागि रुसले चीनसँग थप सहयोग र समन्वय विस्तार गर्ने धारणा राष्ट्रपति पुटिनले राखेका हुन्।
भारतीय विदेश राज्यमन्त्री एमजे अकबरले पदबाट राजीनामा दिएका छन्। हलिउड हुँदै भारत आइपुगेको मि टु अभियानअन्तर्गत २० जना महिला पत्रकारले यौन दुर्व्यवहारको आरोप लगाएपछि अकबरले बुधवार पदबाट राजीनामा दिएका हुन्।
मलेसियाली नेता अन्वर इब्राहिमलाई यहाँका नागरिकले अबको प्रधानमन्त्रीका रुपमा हेर्न थालेका छन्।
उत्तर कोरियाली नेता किम जोङ अनलाई मङ्गोलिया भ्रमणका लागि निमन्त्रणा गरेको मङ्गोलियाका एक उच्च अधिकारीले बताएका छन्। मङ्गोलियाले नेता किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच दोस्रो शिखर बैठकका लागि यो आमन्त्रण गरेको हो। दुवै नेताबीच गत जुनमा सिंगापुरमा पहिलो ऐतिहासिक शिखर बैठक भएको थियो। दोस्रो शिखर बैठकको स्थान र मिति अझै तय भइसकेको छैन।
पत्रकार जमाल खसोग्गी बेपत्ता प्रकरणको अनुसन्धान गरिरहेको टर्कीले सोमबारपछि इस्तानबुलस्थित साउदी अरबको वाणिज्य दूतावासमा खानतलासी गर्ने विवरण बाहिरिएको छ।
दक्षिण अफ्रिकाको सानो सहर सोवेतोका कक्षाकोठामा आजभोलि बालिका ध्यानपूर्वक सुनिरहेका भेटिन्छन्। उनीहरु यहाँ दिनहुँका बलात्कारका घटनामा कसरी प्रतिरक्षा गर्नुपर्छ भन्ने सिक्दैछन् । थाबिसाङ स्कुलमा आत्मरक्षा र बलात्कारबाट जोगिन अभ्यास सिकाइने गरिएको छ।
सुरक्षाको कारण देखाउँदै इजरायलका प्रमुख मानिने केही विमान कम्पनीले सन् २०१९ को जनवरी १ देखि उडान नगर्ने चेतावनी दिएको इजरायली स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
बेलायती राजकुमारी मेघान मर्केल गर्भवती भएको घोषणा गरिएको छ। राजकुमार ह्यारीकी श्रीमती मेघानले अर्को बर्षको बसन्त ऋतुमा शिशु जन्माउने बेलायती राजदरबारले सोमबार जनाएको हो। “राजकुमार र राजकुमारीलाई आउँदो सन् २०१९ को बसन्तमा सन्तान लाभ हुने भएको छ,” बेलायती राजदरबार केन्सीङ्टनद्वारा जारी वक्तव्यमा उल्लेख छ।