आठ सय ५० वर्ष पुरानो गिर्जाघरमा आगलागी

फ्रान्सको राजधानी पेरिसस्थित प्राचीन नोट्र–डाम गिर्जाघरमा आगो लागेको छ। आगोले जलेर सो गिर्जाघरको शिखर र छानो खसेको छ। फ्रान्सका अति प्रख्यातमध्येको एक धरोहर नोट्र–डाम गिर्जाघर आठ सय ५० वर्ष पुरानो हो।