१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

राष्ट्रसंघले भन्याे – 'लिबियाबाट नेपाली सैनिक फिर्ता गर्ने योजना छैन'

काठमाडाैं -  संयुक्त राष्ट्रसंघले लिबियाबाट नेपाली शान्ति सैनिक फिर्ता गर्ने कुनै योजना रहेको स्पष्ट पारेको छ। संचारमाध्यममा आएजस्तो लिबियाबाट नेपाली सेना फिर्ता गर्ने कुनै योजना नभएको राष्ट्रसंघका प्रवक्ताले समाजिक संजालमा ट्वीट गर्दै स्पष्ट पारेका हुन्।

नेपाली सेना फिर्ता नगर्ने विषयमा नेपाली अधिकारीहरूसँग निरन्तर सम्पर्क भइरहेको राष्ट्रसंघको भनाइ छ। गृहयुद्ध चर्किएको अफ्रिकी मुलुक लिबियाको राजधानी त्रिपोलीमा खटिएका नेपाली सैनिक तत्काल फिर्ता नहुने नेपाली सेना प्रवक्ता विज्ञानदेव पाण्डेलेसमेत बताएका छन्।

लिबियामा २ सय ३२ जना नेपाली शान्ति सैनिक छन्। उनीहरू त्रिपाेलीस्थित राष्ट्र संघीय मिसनको सुरक्षामा छन्। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेससँग चैत २२ गते भएको वार्ता असफल भएलगत्तै राजधानी त्रिपोली कब्जा गर्न विद्रोही समूहका नेता खलिफा हप्तरले आफ्ना लडाकुलाई निर्देशन दिएका थिए। त्यसपछि राष्ट्रसंघका समर्थन प्राप्त सरकार र लडाकुहरूबीच संघर्ष हुँदै आएको छ। 

लिबियामा एक सातादेखि संघर्ष जारी छ। त्यस क्रममा कम्तीमा ५६ को मृत्यु भएको छ भने साढे दुई सय जनाभन्दा बढी घाइते भएका छन्।

प्रकाशित: २९ चैत्र २०७५ ०५:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App