२० मंसिर २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भ्रष्टाचार अनुसन्धानबीच जेलेन्स्कीका सल्लाहकारले दिए राजीनामा

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका चिफ अफ स्टाफ एन्ड्री येर्माकले भ्रष्टाचार विरोधी एजेन्सीको छापा मार्ने क्रममा राजीनामा दिएका छन्।

५४ वर्षीय येर्माक रूससँगको जारी द्वन्द्वको बीचमा जेलेन्स्कीका निकटतम सल्लाहकारहरू मध्ये एक हुन्। तर जेलेन्स्कीका शीर्ष अधिकारीहरू विरुद्ध १०० मिलियन डलरको भ्रष्टाचारको आरोप लागेपछि आलोचकहरूले उनलाई राजीनामा दिन दबाब दिइरहेका छन्।

जबकि जेलेन्स्की वा उनका नजिकका सहयोगी येर्माकलाई अहिलेसम्म संलग्नताको आरोप लगाइएको छैन।

यद्यपि, यसको केही समयअघि नै युक्रेनका भ्रष्टाचार विरोधी एजेन्सीहरूले येर्माकको अपार्टमेन्टमा खोजी सुरु गरेका थिए।

येरमाकले यस विषयमा अनुसन्धान एजेन्सीहरूलाई पूर्ण सहयोग गरिरहेको बताए।

प्रकाशित: १३ मंसिर २०८२ ०७:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App