२४ जेष्ठ २०८३ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

युद्ध अन्त्यका लागि प्रत्यक्ष वार्ता गर्न पुटिनलाई जेलेनस्कीको आह्वान

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई रूस र युक्रेन वीचको चार वर्षभन्दा लामो द्वन्द्व अन्त्य गर्नका लागि प्रत्येक्ष वार्ता गर्ने आह्वान गरेका छन्।

खुला पत्रमा जेलेन्स्कीले युद्ध अन्त्य गर्ने प्रस्ताव इमानदारीपूर्वक, मर्यादाका साथ र पुनः युद्ध नहुने ग्यारेन्टीका साथ गरिनु पर्नेसमेत बताएका छन्।

जेलेन्स्कीले प्रस्तावित बैठक परम्परागत रूपमा अन्तर्राष्ट्रिय वार्ताका लागि मध्यस्थताको भूमिका निर्वाह गर्दै आएका स्विट्जरल्याण्ड, टर्की, वा अरबका कुनै देशहरूमा हुन सक्ने उल्लेख गरेका छन्।

उनले आफ्नो देश वार्ता प्रक्रियाको अवधिमा पूर्ण युद्ध–विराम लागू गर्न तयार रहेको बताउँदै संयुक्त राज्य अमेरिकासहितका अन्य अन्तर्राष्ट्रिय साझेदारहरूले युद्धविरामको पालनाको निगरानी गरेर मद्दत गर्न सक्ने बताए।

यदि रूसले युद्ध–विराम प्रस्ताव अस्वीकार गरेमा किएभले आफ्नो अस्तित्वका लागि लडाँइ जारी राख्ने कुरामा जेलेन्स्कीले जोड दिए।

प्रतिक्रियामा क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रूसले युद्ध–विराम प्रस्तावलाई स्वागत गरेको उल्लेख गर्दै जेलेन्स्कीले कुनै पनि समयमा मस्कोको यात्रा गर्न सक्ने बताए।

पेस्कोभले राष्ट्रपति पुटिनले अझै पनि उक्त खुला पत्रको समीक्षा नगरिसकेको बताउँदै चाँडै यसको बारेमा जानकारी दिइने बताए।

द्वन्द्व समाधानका लागि कूटनीतिक प्रयासहरू रोकिएका कारण खुल्ला पत्र आदान–प्रदान भएको जनाइएको छ।

यसैबीच पुटिनले कुनै पनि दीर्घकालीन सम्झौताले रूसको सुरक्षा चिन्ता सहित युद्धको 'मूल कारण' को रूपमा वर्णन गरेको विषयलाई सम्बोधन गर्नुपर्ने बताएका छन‍्। क्युएनए

प्रकाशित: २२ जेष्ठ २०८३ १३:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App