आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा चिनियाँ राष्ट्रपति सी जिनपिङले ड्र्यागन र हात्ती एकसाथ अघि बढ्नु महत्त्वपूर्ण भएको बताएका छन्।
जिनपिङले भने, ‘विश्व परिवर्तनतर्फ अघि बढिरहेको छ। चीन र भारत विश्वका दुई पुराना सभ्यता हुन्। हामी दुवै धेरै जनसंख्या भएका देश हौँ र ग्लोबल साउथको हिस्सा हौँ।’
उनले थपे, ‘दुवै देशका जनताका लागि साथी बन्नु, असल छिमेकी बन्नु र ड्र्यागन र हात्ती एकसाथ अघि बढ्नु महत्त्वपूर्ण छ।’ यसअघि सोही भेटमा मोदीले भारत र चीनबिचको सम्बन्ध सकारात्मक दिशामा अघि बढेको बताएका थिए।
सांघाई सहयोग संगठनको बैठक अगस्ट ३१ (आज) देखि सेप्टेम्बर एक सम्म चीनको तियानजिनमा हुँदैछ।
प्रकाशित: १५ भाद्र २०८२ १२:२४ आइतबार




