२२ पुस २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इजरायली समुद्रमा अचानक किन बग्यो रातो पानी?

इजरायलको प्रसिद्ध 'ग्यालिल सागर' को पानी अचानक रातो भएको छ। यो अनौठो दृश्य देखेर मानिस डराए, तर अधिकारीहरूले यो विश्वव्यापी तापक्रम वृद्धिको कारण भएको बताए।

अनुसन्धानपछि अधिकारीले पानीको रंग परिवर्तनको कारण बोट्रिओकोकस ब्राउनी नामक हरियो शैवाल भएको पत्ता लगाए। विश्वव्यापी तापक्रम वृद्धिका कारण बढ्दो तापले यो शैवाल छिटो बढिरहेको छ। यो शैवालमा सूर्यको किरण पर्नासाथ रातो रंगद्रव्य बन्छ, जसले ताल रातो देखिन्छ।

अधिकारीले यो पानी मानिसका लागि सुरक्षित भने पनि शैवालका कारण सूर्यको किरण समुद्रको गहिराइमा पुग्न सक्दैन, जसले माछालाई खतरामा पार्छ। यस्ता घटना अहिले विश्वभर सामान्य बन्दै गएका छन्। एजेन्सी

प्रकाशित: २८ श्रावण २०८२ १३:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App