१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन दोस्रो पटक आमा बन्दै

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले आफू दोस्रो सन्तानकी आमा बन्न लागेको बताएकी छिन्।

उनीसँगै उनका श्रीमान निकोलस रिकियोले मे २०२६ मा छोरी जन्माउने अपेक्षा गरेका छन्।

‘हामीले माग्न सक्ने सबैभन्दा ठूलो क्रिसमस उपहार-मे २०२६ मा आउँदै गरेकी छोरी,’ २८ वर्षीया लेभिटले शुक्रबार आफ्नो इन्स्टाग्राममा अल्ट्रासाउन्ड तस्बिर राख्दै लेखेकी छिन्।

‘मेरो श्रीमान् र म हाम्रो परिवार बढाउन पाउँदा रोमाञ्चित छौं। हाम्रो छोरा ठूलो दाइ बनेको हेर्न उत्सुक छौं। मेरो हृदय मातृत्वको आशीर्वादको लागि भगवानप्रति कृतज्ञताले भरिएको छ, जुन म साँच्चै विश्वास गर्छु कि पृथ्वीमा स्वर्गको सबैभन्दा नजिकको कुरा हो,’ उनले थपेकी छिन्।

उनीहरूले पहिलो सन्तान (छोरो) लाई डोनाल्ड ट्रम्प दोस्रो पटक राष्ट्रपति हुनुभन्दा केही महिना अघि (जुलाई २०२४) मा स्वागत गरेका थिए।

लेभिट र ६० वर्षीय श्रीमानको भेट २०२२ मा भएको थियो।

‘उनी अविश्वसनीय छन्। उनी मेरो सबैभन्दा ठूलो समर्थक हुन्। उनी मेरो सबैभन्दा मिल्ने साथी हुन्। उनी मेरो चट्टान हुन्,’ लेभिटले एक पोडकास्टमा भनेकी थिइन्।

‘मेरो करियरमा मेरो सफलता दिलाउन उनी पूर्ण रूपमा सहयोगी छन्,’ उनले थपेकी थिइन्।

लेभिटले ट्रम्पको चुनावी अभियानमा राष्ट्रिय प्रेस सचिवको रूपमा काम गरेकी थिइन्। ट्रम्प निर्वाचित भएलगत्तै उनलाई ह्वाइट हाउसको प्रेस सचिव बनाइयो। जनवरीदेखि उनी सो पदमा कार्यरत छिन्।

आफ्नो पोस्टमा उनले लेखेकी छिन्, ‘म राष्ट्रपति ट्रम्प र हाम्रा चीफ अफ स्टाफ सुसी वाइल्सलाई उनीहरूको साथको लागि र ह्वाइट हाउसमा परिवार-मैत्री वातावरण प्रवर्द्धन गरेकोमा अत्यन्तै आभारी छु। २०२६ एक उत्कृष्ट वर्ष हुन गइरहेको छ र म एक केटी आमा बन्न पाउँदा धेरै उत्साहित छु!’

छोरी जन्मिएपछि उनले मातृत्व बिदा लिने कि नलिने भन्नेबारे ह्वाइट हाउसले कुनै जवाफ दिएको छैन। एजेन्सी

प्रकाशित: १२ पुस २०८२ ०७:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App