३२ असार २०८३ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भेनेजुएला भूकम्प : एक हजार ९४३ जनाको मृत्यु, १० हजार भन्दा बढी घाइते

भेनेजुएलाको महाभूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या  एक हजार ९४३ जना पुगेको छ।

राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिग्जले भेनेजुएलामा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एक हजार ९४३ जना पुगेको पुष्टि गरे। यस्तै, दश हजार ५०० जना भन्दा बढी घाइते भएका छन्।

प्रेस विज्ञप्ति मार्फत रोड्रिगेजले अहिले सम्म १५ हजार भन्दा बढी प्रभावित मानिसहरु दर्ता भएको र राहत तथा उद्धार कार्य सुरु भए देखि छ हजार ४६१ जनालाई उद्धार गरिएको बताए। उनका अनुसार भूकम्पमा परी हजारौ मानिसहरु अझै बेपत्ता रहेका छन्।

संयुक्त राष्ट्र सङ्घको तथ्याङ्क अनुसार लगभग ५० हजार मानिसहरू अझै बेपत्ता छन् भने उनीहरुको खोजी तथा उद्धार कार्य जारी छ।

प्रकाशित: १७ असार २०८३ १४:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App