२२ पुस २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रूसको न्यूक्लियर प्लान्टमा युक्रेनको आक्रमण

रूसको कुस्र्क क्षेत्रमा रहेको न्यूक्लियर पावर प्लान्टमा युक्रेनले आक्रमण गरेको रूसी मिडियाले जनाएको छ। यो घटना युक्रेनले आफ्नो ३४औं स्वतन्त्रता दिवस मनाइरहेको बेला शनिबार राति भएको हो। रूसले आरोप लगाउँदै भनेको छ कि आक्रमणपछि न्यूक्लियर प्लान्टमा आगलागी भएको थियो।

रूसी अधिकारीहरूका अनुसार रातभरमा धेरै बिजुली र ऊर्जा प्लान्टहरूमा पनि आक्रमण भए। तर, न्यूक्लियर प्लान्टमा लागेको आगो छिट्टै निभाइएको र कुनै मानिस घाइते नभएको जनाइएको छ। आक्रमणबाट मात्र एक ट्रान्सफर्मर क्षतिग्रस्त भएको हो।

रूसको रक्षा मन्त्रालयले दाबी गरेको छ कि रातभरमा ९५ भन्दा बढी युक्रेनी ड्रोन नष्ट गरिएका छन्। अर्कोतर्फ, युक्रेनले भनेको छ कि रूसले रातभरमा ७२ ड्रोन र एउटा क्रुज मिसाइल प्रहार गरेको थियो, जसमा ४८ ड्रोन खसालिएको हो।

रूसमाथि यो आक्रमण युक्रेनको स्वतन्त्रता दिवसकै दिन भएको हो। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेंस्कीले स्वतन्त्रता दिवसको अवसरमा राष्ट्रलाई सम्बोधन गर्दै भने,’ ‘युक्रेन तबसम्म आफ्नो स्वतन्त्रताको लागि लडिरहनेछ, जबसम्म उसको शान्तिको अपील सुन्ने हुँदैन।’

प्रकाशित: ९ भाद्र २०८२ ०७:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App