१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कोरियामा ट्रम्पले चिनियाँ समकक्षी सीलाई भेट्ने

दक्षिण कोरियामा हुने एपेक शिखर सम्मेलनका क्रममा चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।  

‘हामी केही हप्तामा भेट्नेछौँ,’ फक्स न्यूजको कार्यक्रम ‘सन्डे मर्निङ फ्युचर्स’सँगको अन्तर्वार्तामा ट्रम्पले भनेका छन्, ‘हामी दक्षिण कोरियामा राष्ट्रपति सी र अन्य व्यक्तिसँग पनि भेट्ने कार्यक्रम तय गरेका छौँ ।’

उनले भनेका छन्, ‘राष्ट्रपति सीसँग हाम्रो छुट्टै बैठक छ ।’

एपेक शिखर सम्मेलन अक्टोबर ३१ देखि नोभेम्बर १ सम्म दक्षिण कोरियाको ग्योङजुमा हुँदैछ ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्रका रूपमा चिनिने चीनसँगको व्यापार युद्धमा जोखिम बढेपछि ट्रम्पले बैठक रद्द गर्ने चेतावनी दिएका थिए।  

उनले दुर्लभ खनिजहरूमा नयाँ चिनियाँ निर्यात प्रतिबन्धको ‘असाधारण आक्रामक’ जवाफमा करवृद्धिको चेतावनी जारी गरेका थिए ।

त्यसपछि ट्रम्पले एक सामाजिक सञ्जाल पोस्टमा भनेका छन्, ‘अमेरिका चीनलाई मद्दत गर्न चाहन्छ, उसलाई चोट पुर्याउन चाहन्न!!’

गत जनवरीमा ट्रम्प सत्तामा फर्किएपछि दुई नेताबीचको यो पहिलो भेट हुनेछ ।

 

प्रकाशित: ३१ आश्विन २०८२ २१:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App